Daily Archives: 24/08/2011

एनआरएनए कुवेतद्वारा पीडित अमृता तामाङ्लाई कानूनी उपचार र पिडक अफगानीलाई सजायँको माग


जय आले, कुवेत

कुवेतमा नेपाली युवती अमृता तामाङ्लाई महिनौंदेखी बन्धक बनाई जबर्जस्ती अनैतिक सम्बन्ध कायम राख्दै आएका अफगानी नागरिकलाई केही दिन पहिला एनआरएनए कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्को अपिल र नेपाली राजदूतावास कुवेतको सकृयतामा कुवेत पुलिसले महबुल्लास्थित निज अफगानीको निवासबाटै पक्राउ गरी अनुसन्धानको निम्ती पीडित, पिडक दुवैलाई लगेको थियो । तर, हप्ता दिनमै पिडक अफगानी सामान्य धरौटीमा छुटेको र पीडित अमृता न्याय पाउनुको सट्टा उल्टो डिर्पोटेशन सेन्टरमा बन्दी बनाईएको समाचारले नेपाली समाज कुवेतमा सनसनी मच्चिएको छ भनें सारा कुवेतवासी नेपालीहरु आक्रोशित भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

नयाँ भारतीय राजदूत भोलि नेपाल आउने


७ भदौ, काठमाण्डौ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत जयन्तप्रसाद भोलि नेपाल आउने भएका छन् । सन् १९७६ मा भारतको परराष्ट्र सेवाबाट जागिरे जीवन सुरु गरेका प्रसाद यसअघि अफगानिस्तानका लागि भारतीय राजदूत थिए । ५८ वर्षीय प्रसादले न्युयोर्क, ब्रसेल्स, पेरिस, जेनेभा लगायत करिब आधा दर्जन मुलुकमा बसेर कुटनीतिक अनुभव संगालिसकेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएन जापानको नयाँ कार्य समिति चयन


गैरआवासीय नेपाली संघ जापान राष्ट्रिय समन्वय समितिको नयाँ कार्यसमिति सहमतिमा चयन गरिएको छ । नयाँ कार्यसमितिका नवनिर्वाचित कार्यसमति सदस्यहरुको नामावली भने आज सार्वजनिक गरिएको छ । गत अगष्ट १४ गतेसम्म उपाध्यक्षमा ६, सचिवमा ३, कोषाध्यक्षमा ३ र सदस्यमा १७ जनाले उम्मेदवारी दिएकोमा उम्मेदवारी फिर्ता लिने मितिको एक दिनपछि अर्थात आइतवार आपसी सहमतिका आधारमा नयाँ कार्यसमितिमा चयन गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

विश्वको सेरोफेरो (फोटो फिचर)


जित हाम्रै हो…

लिबियाको राजधानी त्रिपोली छिर्ने पूर्वी नाकास्थित चेकप्वाइन्टमा रहेका विद्रोहीहरु । श्रोतकाअनुसार, लिबियामा विद्रोहीहरुले त्रिपोलीको ९५ प्रतिशत भाग कब्जा गरेको दाबी गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

संविधानसभाको कार्यकाल ३ महिना बढाउन प्रस्ताव, माओवादीद्वारा वहिष्कार


काठमाण्डौ, भदौ ६ । सरकारले संबिधानसभाको म्याद थपको प्रयोजनकालागि संविधानको दशौं संशोधन विधेयक संसदमा दर्ता गराएको छ । उपप्रधानमन्त्री भरतमोहन अधिकारीको नेतृत्वमा गएको मन्त्रीहरुको टोलीले संसद सचिवालयमा विधेयक दर्ता गराएको हो । सामान्यतया कानून मन्त्रीले संविधान संशोधन विधेयक दर्ता गराउने प्रचलन रहेपनि माओवादी मन्त्रीले मन्त्रीपरिषद बैठक बहिस्कार गरेका कारण अर्थमन्त्रीको नेतृत्वमा प्रस्ताव दर्ता गराइएको हो, पढ्नेक्रम जारी राख्नुहोस्

एकै महिनामा ४५ हजार युवा बिदेशिए


चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा उच्च वृद्धि भएको छ । गत वर्षको सोही महिनाको तुलनामा ५२ दशमलव १५ प्रतिशतको वृद्धि भई साउनमा ४५ हजार १ सय ६५ जना बिदेशीए । यो संख्या गत आ.व.को साउनको भन्दा १५ हजार ४ सय ८० ले बढी हो ।

वैदेशिक रोजगार विभागका अनुसार एक महिनामा बिदेसिएको यो संख्या हालसम्मकै उच्च हो । पढ्नेक्रम जारी राख्नुहोस्

‘के-के हुन लाग्यो पर्वतमा ?’ दाजुले भाईको लिंग काटे !


– पर्वत संवाददाता,
पर्वत जिल्ला देशका चार साना जिल्लाहरुमा पर्दछ । राजनीतिको थलो मानिने पर्वत जिल्ला सानो भएर के गर्ने केहि दिन यता यस जिल्लामा बिभत्स हत्या र काटकुटका ठुला अपराधिक घटनाहरु घटेका छन् । यतिबेला जघण्य अपराधका घटनाहरुले पर्वत निकै चर्चामा रहेको छ । एकपछि अर्को हत्याका श्रृङ्खलाबद्ध घटनाहरु घटित भैरहेकाले स्थानीयवासीहरु भन्ने गर्छन- ‘के के हुन लाग्यो यो पर्वतमा ?’ पढ्नेक्रम जारी राख्नुहोस्

बढ्दैछ साइबर अपराध नेपालमा


– सुरेन्द्र पौडेल

“नबिल बैंकले नयाँ वेबसाइट बनाएको छ । इन्टरनेट बैंकिङका पासवर्ड परिवर्तन गरिएका छन् । कृपया आफ्नो पुरानो युजर नेम र पासवर्ड हामीलाई पठाउनू ।”

नबिल बैंकको नामबाट केही महिना अगाडी आएको इमेलको बेहोरा हो यो । गैरखातावालहरु समेत आफ्नो इन्बक्समा बैंकको सन्देश देखेर छक्क परे । खाता हुनेहरु धेरै झुक्किए । नबिलको नाममा आए पनि यस्तो इमेल बैंकले पठाएकै थिएन । अनुसन्धानबाट थाहा भयो साइबर अपराधीहरुले नबिल बैंकको लोगो प्रयोग गरेर यस्तो कर्तुत गरेका रहेछन् । ‘धन्न कसैले इमेलमा मागेअनुसार विवरण पठाएनन् नत्र ठूलो नोक्सानी बेहोर्नु पर्थ्यो,’ बैंकका आइटी प्रमुख राजेशकुमार उपाध्यायले भने । पढ्नेक्रम जारी राख्नुहोस्