खेलकुदमै सिमित नभई, सामाजिक सेवादेखी बौद्धिक बिकासको मार्गमा पनि माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब..


ईन्द्र भूषाल, कुवेत

कुवेतको नेपाली सँघ-संस्थाहरुको इतिहासमा सबैभन्दा पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेत समय, परिस्थिती अनी प्रवासी नेपालीहरुको चाहनाअनुसार आफ्नो संस्थालाई अझै दरिलो, आत्मबिश्वासी र सबैको लागि टेवा पुग्ने काम गर्दै अगाडि बढी रहेको छ । सन् १९९९ को डिसेम्बरमा क्लवका वरिष्ट सल्लाहाकार एवं वर्तमान एनआरएनए अध्यक्ष राजेन्द्र तामाङ्, प्रमुख संरक्षक बाल कुमार गुरुङ्, बरिष्ट सल्लाहाकार मित्र सिंजाली र स्थापना कालदेखी हालसम्म पनि क्लब कार्यसमितिमै आवद्द रहनुभएका संस्थापक सदस्यहरु जगत मगर, राम बस्नेत, महिला सल्लाहाकार गीता तामाङ् र अन्य अग्रजहरुले स्थापना गर्नु भएको संस्था समयक्रममा आफ्नो काम गर्ने क्षेत्र पनि फराकिलो बनाउँदै गएको छ ।

यस क्लवले कुवेतमा नेपालीहरुलाई बिगत १२ साल देखी खेलकुदको क्षेत्रमा त मनोरन्जन गराएको छ नै, हिजो कुवेतमा नेपाली दूतावास नहुँदाको अवस्थामा साउदी दूतावाससँग सहकार्य गर्दै नेपालीहरुको हितको लागि क्लबले सामाजिक सेवाका कामहरु पनि गर्दै आएको छ । यो भन्दा अघिल्लो पटकको एम्नेस्टी खुल्दा त क्लबकै पहलमा दूतावासको जानकारीअनुसार ५०० भन्दा बढी नेपालीहरुलाई पासपोर्ट बनाउन तीन दिनसम्म कार्यसमितिका साथीहरु खटेका थिए । समयको मागसँगै कुवेतमा दूतावास स्थापनाको लागि क्लबले कुवेतमा नेपालीहरुको हस्ताक्षर अभियान चलाएर परराष्ट्र मन्त्रालयमा समेत बुझाएको थियो भनें समय-समयमा श्रम बिभाग देखी सरकारका हरेक निकायमा घच्घचाउने काम गर्दै आएको थियो ।

दूतावास स्थापना पश्चात क्लबले आफ्नो कार्यक्षेत्रलाई सामाजिक कार्यमा बढाउँदै लगेको छ भने पीडित नेपालीलाई गर्ने सहयोग र सहयोग जुटाउनको लागि बातावरणको निर्माण गर्ने काम गर्दै आएको छ । यसैगरी क्लवको प्रतिनिधित्वमा खेल्दा खेलको दौडानमा हुनसक्ने सम्भाबित दुर्घटनालाई ध्यानमा राख्दै क्लबले खेलाडी संरक्षण कोषको स्थापना गरी घाईते खेलाडीहरुलाई सहयोग गर्दै आएको छ भनें अन्य संस्थाहरुको कार्यक्रमलाई सफल पार्न गर्नुपर्ने सहयोग गर्नमा पनि क्लवले कुनै कसर बाँकी राखेको छैन । समग्रमा क्लबले समयअनुसार आफ्नो कार्यक्षेत्रलाई ब्यापक फराकिलो बनाउँदै गएको छ भने सूचना र सञ्चारको क्षेत्रबाट पनि कुवेतनेपाल डटकम सन्चालन गरी नेपाली समाजलाई सुसूचित बनाएको छ ।

क्लवको बौद्धिक कार्यको पहिलो श्रींखला पूर्णरुपमा सफल:
यसैगरी आफ्नो कार्यक्षेत्र फराकिलो बनाउने क्रममा क्लवका अध्यक्ष धर्मराज गिरीको मञ्जुरी र पूर्वाध्यक्ष एवं कुवेतको नेपाली समाजमा बैद्धिक ब्यक्तित्वको नामले परिचित किरण पौड्यालको बिशेष पहल एवं उहाँद्वारा नै आन्तरिक ब्यक्ती बिकास श्रींखला अन्तर्गत ‘एकाउन्टिङ्ग प्याकेज टली’ सम्बन्धी ४ हप्ते नि:शुल्क तालिम भर्खर मात्र सम्पन्न भएको छ । क्लबका बरिष्ट फोटोग्राफर बिक्रम थापा संयोजक रहनु भएको उक्त तालिममा क्लब कार्यसमितिका सात सदस्यहरुले भाग लिनुभएको थियो भनें परिक्षामा सबै सदस्यहरु ६० देखी ८०% अंक ल्याई उतिर्ण हुन सफल हुनुभएको छ ।

किरण पौड्याल र बिक्रम थापाको संयुक्त निवासमा सन्चालित बौद्धिक कार्य सफल भएकोले अब उहाँहरुकै संयोजकत्वमा पब्लिक ईस्पिकिङ्ग कोर्स पनि सन्चालन हुँदैछ । आगामी दिनहरुमा क्लबले क्लब परिवारलाई मात्र नभएर इच्छुक अन्य प्रवासी नेपालीहरुलाई पनि यस्तो किसिमको सुनौलो अबसर उपलब्ध गराउने सोंच बनाएको सम्पूर्ण प्रवासी नेपालीहरुलाई जानकारी समेत दिन चाहन्छौ । आफुले जानेको ज्ञान अरुलाई दिंदैमा सकिंदैन र आफु सानो पनि भईंदैन तर अरुले लिन सकेको खण्डमा ज्ञानको सदुपयोग हुने कुरामा प्रशिक्षक किरण पौड्याल पूर्ण विश्वस्त हुनुहुन्छ ।

Posted by: Jay Ale

One response to “खेलकुदमै सिमित नभई, सामाजिक सेवादेखी बौद्धिक बिकासको मार्गमा पनि माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब..

  1. Great! Great!! Great!!! I love this. Thanks Kiran ji and Bikram ji. You two have done the great job and thanks for the news Indra ji.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.