क्रिकेट प्रशिक्षकको खोजीः फेरि श्रीलंकालीकै संभावना


 विनोद पाण्डे, काठमाडौं, भदौ ६- क्यानाडामा बस्दै आएका श्रीलंकाका पूर्व टेस्ट क्रिकेट खेलाडी पुबुदु दासानायाके नेपालको प्रशिक्षक बन्ने लगभग पक्का भएको छ। कुनै अन्यथा नभएमा नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बस्ने बोर्ड बैठकले दासानायाकेलाई नेपालको आगामी विदेशी प्रशिक्षकको रुपमा लालमोहर लगाउँदैछ। 
 
क्यानका उपाध्यक्ष श्रीहर्ष कोइरालाको संयोजकत्वमा रहेको प्राविधिक समितिले नेपालको विदेशी प्रशिक्षक बन्न आवेदन परेका मध्येबाट दासानायाकेसहित श्रीलंकाकै चारिथ सेनानायाके र इङ्ल्यान्डमा बस्दै आएका पाकिस्तानी मुलका अफ्ताब हबिबको नाम अन्तिम तीनमा छनोट गरेको थियो। प्राविधिक समितिमा कोइरालासँगै क्यानका महासचिव टंकप्रसाद पनेरु, सचिव तारकमणी दीक्षित, सदस्यद्धय अरुण सत्याल र उत्तम कर्माचार्य छन्।

४१ वर्षे दासानायाकेले श्रीलंकाबाट ११ टेस्ट, १६ एकदिवसीय र १ सय ८ प्रथम श्रेणीको खेल खेलेका छन्। उनी पछिल्लो चार वर्ष क्यानाडाको राष्ट्रिय टोलीका प्रशिक्षक थिए। पूर्व विकेटकिपर ब्याट्सम्यान दासानायाकेले क्यानाडालाई २०११ को विश्वकपमा छनोट गराएका थिए। यसै वर्ष भारतमा सम्पन्न विश्वकपपछि उनले आफ्नो अनुवन्धन नविकरण नगर्ने बताउदै क्यानाडाको प्रशिक्षक पद त्यागेका थिए।

उनले नेपालको प्रशिक्षक बन्नका लागि मासिक १० हजार डलर माग गरेको र पछि ५ हजार डलरमा टुंगो लागेको क्यान सुत्रले नागरिकलाई बतायो। आफुले ४० वर्ष भन्दा माथीको राम्रो हुदैन भनेर बैठकमा आफ्नो धारणा राखेको प्राविधिक समितिका सदस्य सदस्य एवंम क्यान महासचिव टंकप्रसाद पनेरुले बताए। उनले भने, ‘४० वर्ष भन्दा माथिका प्रशिक्षकहरु अलि आउट डेटेड हुन सक्छन्, नया प्रविधिसँग परिचित नहुन पनि सक्छन्।’

श्रीलंकाली प्रशिक्षक रोय लुक डायस ९ वर्षे भन्दा बढीको कार्यकाल सकि डिसेम्बरमा कोलम्बो फर्किएपछि नेपाल विदेशी प्रशिक्षकको खोजीमा थियो। दासानायाके र सेनानायाके मध्ये जो निर्णय भए पनि नेपालको दोस्रो श्रीलंकन प्रशिक्षक बन्ने छ। डायस ओमानको प्रशिक्षक बन्ने निश्चित भइसकेको छ।

सन् १९९३ मा दक्षिण अफ्रिकाविरुद्ध टेस्ट क्रिकेटमा ‘डेब्यु’ गरेका दासानायाकेले १७ इनिङमा १३.०६ को औषतमा १ सय ९६ रन बनाएका थिए। उनले १६ एकदिवसीय खेलमा ८५ रन बनाएका थिए। २००१ मा क्यानाडा लागेपछि केन्डीका दासानायाके त्यही स्थापित भएका थिए। प्रशिक्षक बन्नु उनले क्यानाडाको राष्ट्रिय टोलीबाट निरन्तर खेलिरहे। २००५ मा उनी क्यानाडाको कप्तान पनि बने। २००७ को अगस्टमा क्यानाडाको खेलाडीसँगै कार्यवाहक प्रशिक्षकमा नियुक्त दासानायाकेलाई त्यसको तीन महिनापछि विश्वकपमा छनोट हुने उद्धेश्य बनाई स्थायी प्रशिक्षकको जिम्मेवारी दिइएको थियो।

४९ वर्ष पुग्न लागेका सेनानायाकेले श्रीलंकाबाट ३ टेस्ट र ७ एकदिवसीय खेलेका छन्। १९९१ मा वेलिङटनमा न्युजिल्यान्डविरुद्ध उनले टेस्ट ‘डेब्यु’ गरेका थिए। केन्यामा बस्दै आएका उनलाई २००८ मा श्रीलंकाली टोलीको ब्यवस्थापक बनाइएको थियो।

हबिब नेपालसँग परिचित ब्यक्ति हुन्। उनले इङ्ल्यान्डबाट न्युजिल्यान्डविरुद्ध बर्मिङघम र लर्डसमा गरी २ टेस्ट खेलेका थिए। एसेक्स, लिसेस्टरसायर र मिडलसेक्सबाट काउन्टी क्रिकेट खेलेका उनी २००७ को अक्टोबरमा ३ वर्षका लागि हङकङको प्रशिक्षक बनेका थिए। उनकै प्रशिक्षणमा हङकङले मलेसियामा २००८ मा एसिसी ट्रफी इलाइट कप र २००९ मा कुवेतमा एसिसी यु-१९ इलाइट कप जितेको थियो।

नेपालसँग पहिलो खेलमा ४४ रनले पराजित भए पनि हबिबले हङकङलाई एसिसी ट्रफी विजेता बनाएका थिए। हङकङको ३ विकेट खोसेपछि उनले नेपालका तत्कालिन कप्तान विनोद दास काउन्टी खेल्न योग्य खेलाडी भएको बताएका थिए। एसिसी यु-१९ इलाइट कपको समूह चरणमा हङकङले नेपाललाई ३६ रनले पराजित गरेपछि उनले नेपालसँग त्यसको बदला लिएका थिए, जुन नेपाली यु-१९ को एसिसीमा १९९९ पछिको पहिलो पराजय थियो। २००८ मा नेपालमा भएको एसिसी यु-१७ इलाइट कप दौरान हबिब हङकङ टोलीको खेल हेर्न काठमाडौं आएका थिए।

 Posted by: Shiva Paudel

Source: Nagarik

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.