नेपाली चाडपर्वहरु नजिकिंदै, कुवेतको नेपाली समाज पनि ब्यस्त हुन थाल्यो


ईन्द्र भूषाल, कुवेत

“सेप्टेम्बर ३० मा राजेश पायल राइले कुवेत तताउने”

२१ अगष्त । आज ‘कृष्ण-जन्माष्टमी’ नेपालीहरुको चाडपर्व आएको संकेत गर्ने दिन अनी भगवान कृष्णले जन्म लिएको दिन । हुन त नागेपञ्चमी गईसकेको छ । आजको दिनबाट नेपालमा चाडपर्वको चहल-पहल शुरु हुन्छ । लामो समय माईत जान नपाएका चेलीहरु आज माइत जान्छन भने फर्केर आउने भाका सासुले तिजपछी दिए हुन्थ्यो भनेर आश गर्ने गर्छन् । किनकी अब नेपाली नारिहरुको महान पर्व हरितालिका तिज पनि नजिकिदै छ ।

नेपालको परिवेश हेर्ने हो भने खेतीपाती लगाएर सकियो, मकै पनि पाक्दैछन, गोड्मेल सकियो अब त माइत जाने हो । शहरी जीवन यापन गर्ने सानो संख्याका नारिहरुलाई यो जानकारी नभए पनी अधिकांश नेपाली नारिहरुलाई यस्तै परिवेशले बाँधेको छ । तिज पछी बडा दसैं, नेपालमा लामो बिदा हुन्छ भने दसैंमा देश बिदेशबाट नेपालीहरु घर फर्कने क्रम तिब्र हुन्छ । दसैं लगत्तै भाईटिका हिन्दूहरुको दोश्रो ठुलो पर्व अनी माघे सक्रान्तीसम्म चाडले चिथोरेको याद रहन्छ ।

नेपालमा मात्र होईन अब नेपालीहरु बिदेशमा पनि आफ्नो चाडपर्व र रितिरिवाजलाई पक्ष्याउँदै रमाइलो गरेर प्रवासको ब्यत पनलाई केही राहत र खुशी प्रदान गर्ने तयारीमा छन । खेलकुदलाई हेर्ने हो भने अस्ती मात्र कालीगण्डकीले भलिबल फ्रेन्डली म्याच गर्‍यो । नारीहरुको महान पर्वमा नारीहरुलाई नै लछित गरेर नेपालकुवेत साँस्कृतिक पञ्चले २ सेप्टेम्बरमा तिजे कार्यक्रम गर्दैछ, जस्को लागि मञ्च तयारीमा जुटेको छ । अर्को तर्फ लालीगुराँस साँस्कृतिक परिवार ३० सेप्टेम्बरमा बिजया दशमीको सेरोफेरोमा गर्ने साँस्कृतिक कार्यक्रम सफल पार्न आफ्ना कलाकारहरुलाई प्रशिक्षण दिएको छ हरेक शुक्रबार भनें कलाकारहरु आफै पनि तयारीमा जुटेका छन ।

साँस्कृतिक परिवारले साथमा घरदैलो कार्यक्रम पनि गर्दै आएको छ सहयोग जुटाउनको लागि । खेल तर्फ पनि अब सिजन शुरु भएको छ । १६ सेप्टेम्बरमा कुवेतको सबैभन्दा पुरानो र बलियो संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले फेरी एसीयुक्त हलमा अन्तर नेपाली भलिबल प्रतियोगीता गर्ने निर्णय गरिसकेको छ । समग्रमा हेर्दा कुवेतको नेपाली समाज अब चाडपर्व र खेलकुद गतिबिधिले रमाईलो बन्ने पक्का छ ।

राजेश पायल राइले कुवेत तताउने:
नेपाली संगितिक क्षेत्रमा आफ्नो वर्जस्व जमाएका लाखौं संगीतप्रेमी नेपालीका मुटुका धडकन चर्चित गाएक राजेश पायल राई लालीगुराँस साँस्कृतिक परिवारको ३० सेप्टेम्बरको कार्यक्रममा प्रमुख अतिथी कलाकारको रुपमा कुवेत आउने पक्का भएको छ । यो खबर सँगै कुवेतबासी नेपाली युवा-युवती लगायत सम्पूर्ण संगीतप्रेमीहरु खुशीले गदगद छन चाडपर्वको बेलामा नेपाल जान नपाए पनि कुवेतमै रमाइलो गर्नको लागि ।

सयौं गीत गाएर श्रोताको मनमा बस्नु भएका गायक राई सदैब हसिंलो मुद्रामा देखिनु हुन्छ भनें उहाँको गीतमा संगीतप्रेमिहरु लठ्ठिने गर्छन् । दर्शन नमस्ते, मैले त्यही भएर मन पराको जस्ता नेपाली युवा-युवतीहरुले अतिनै मन पराएका गितहरु गाएर संगीतको चुचुरोमा पुग्न सफल गायक राजेश पायल राईको कुवेत आगमनको लागि भिसा समेत निक्लिसकेको परिवारका अध्यक्ष बि.बि. मल्लले जानकारी दिनु भएको छ । स्थानिय स्तरमा पनि लोक गायक राजेन्द्र बिरही, पप गायक चन्दन लिम्बु र न्रित्यतर्फ मनिषा रसाईली जस्ता कलाकारहरुले पनि धमाल मच्याउने कुरामा कुनै शंका छैन ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.