कुवेतमा कता हराईन नेपाली महिला ‘बिना सुनार’ ?


जय आले, कुवेत

बैदेशिक रोजगारिको सिलसिलामा अक्टोबर २०१० मा कुवेत आएकी, सौराहा-८, बर्दियाकी ३४ वर्षिया बिना सुनार -फोटोमा) १ महिनादेखी कुवेतमा हराई रहेकी छिन । बिना एक घरेलु कामदारको रुपमा कुवेत आएकी हुन ।

श्रोतका अनुसार, स्पोंसरले बच्चाहरुको छुट्टीमा बिनालाई साउदी अरब लगेको र उनी सिकिस्त बिरामी परेको तर स्पोंसरले कुनै स्वास्थ्योपचार नगरि बन्दी बनाएको टेलिफोन मार्फत उनले नेपाल आफ्ना पति चन्द्र सुनारलाई जानकारी दिंदै आफुलाई बचाउन अनुरोध गरेको र अहिले करिब १ महिनादेखी बिना सम्पर्क बिहिन भएको नेपालदेखी उनका पति चन्द्र सुनारले बताएका छन ।

पति सुनारले तत्काल कुवेतमा बिनाको खोजीगरी उद्वार गरिदिन बिभिन्न नेपाली समुदायलाई अनुरोध गरेका छन भनें ‘नेपाली मिग्रान्ट युनिटी नेट्वर्क’ले समेत चासोकासाथ यस बिषयलाई लिंदै एनआरएनए कुवेतका अध्यक्ष राजेन्द्र तामाङ् समक्ष खोजतलासको लागि अनुरोध गरेको छ ।

श्री तामाङ्का अनुसार, बिना हराएको खबर पाउनासाथ आफुले नेपाली राजदूतावास कुवेत र एनआरएनए साउदी अरबलाई जानकारी गराई, खोजनीति गरी उद्वारको लागि पहल गरिदिन अनुरोध गरिसकेको बताउँदै, कुवेतमा कसैले पनि बिनालाई फेला पारेमा नेपाली दूतावासलाई खबर गरिदिन अनुरोध गर्नु भएको छ ।

बिनाको पूर्ण विवरण तल:

नाम: बिना सुनार, पासपोर्ट नं.: ५२२०९६८
जन्म मिति: २५ जुलाई १९७७
नेपालको ठेगाना: सौराहा-८, बर्दिया
पतिको नाम: चन्द्र सुनार
कुवेत एजेन्सी: हाबिब करम इम्प्लोईमेन्ट, हवाली

Advertisements

One response to “कुवेतमा कता हराईन नेपाली महिला ‘बिना सुनार’ ?

  1. bina ko khojniti garna ulleket bibaranle dherai ramro tewa pag6 jasto malai lag6. main (PASSPORT NO ra EMPLOMENT OFFICE) address bhay pa6i. it not intricate! herau nepal embassy ko action!!!

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.