ओईलिएर झरेको फूल (वियोगान्त मेरो प्रेमकथा – भाग ३) अन्तिम


राजन “कल्पित” कुवेत

कोपिलामै झरे सबै जवानीका फूलहरू… बीच बाटोमै टुटे सबै जीवन तर्ने पूलहरु…

उसले बोलेको यी अन्तिम शब्दहरु “मेरो मुटु” यदि मेरो माया लाग्छ भने त्यहिँ हाम्रो पहिलो मिलन भएको ठाँउ समुन्द्रको किनारमा आउनु यदि म मानबरुपी राक्षको पन्जाबाट बाँचिछु भने हजुरलाई कुरिरहेकी हुनेछु अन्यथा मेरो मृतुमा आँसु नबगाउनु, एउटी राम्री जीवनसाथी चुन्नु म माथि आकाशबाट हजुरको खुशी हेर्दै पर्खीरहेकी हुनेछु । उर्फ मेरो कानमा एउटा अघोषित मृतुको आवाज बनेर गुन्जी रहयो ती शब्दहरु… मेरो बोलि रोकियो, मस्तिष्कमा शुन्यता छायो मैले फेरी आकाश तर्फ हेरिरहें, आकाशमा कालो बादल मड़ारी रहेको थियो तर म बादल बनेर उड्न सकिन मात्र केवल अनिर्णयको बन्दि बनेर पिडानै पिडाले झेलियाको दु:ख र समस्यानै समयले जेलियको जीन्दगीको कठघरामा उभिरहें, सारा रात आकासको ताता गनेरै बिताए, मुस्लो बनेर मडारिएको बादलमा उसलाई खोजीरहें, ऊसले अन्तिम चोटी मलाई गुहारेको भान अनुभूत हुन्थ्यो..! एउटा मानब भएर अर्को मानवलाइ विपत्ती पर्दा सहयोग गर्न नसके के मानव ! एउटा मानवियताको नाताले भएपनि उसलाई मृतुको मुखदेखी चुडाउनु मेरो जीवनको सबैभन्दा ठुलो चुनौती थियो म जस्तोसुकै चुनौती संग पनी पौठेजोरी खेल्न तयार थिएं किनकि ऊ बिनाको जीवन भन्दा मृतुको आवाज मलाई प्यारो थियो त्यहि आवाजले मलाई त्यो समुन्द्री तटसम्म पुर्‍यायो जहाँ ऊ मृतु र मेरो बाटो कुरिरहेकी थिई ।

सुर्यको पहिलो किरणले धर्तीमा नचुम्दै जो पहिला पुग्छ ऊसले नै जित्ने छ । म हार्न होइन जीत्न चाहन्थे, अघोषित मृतुको मुखबाट उसलाई चुडाउन चाहन्थे त्यसैले अन्धेरिमै पुगें म त्यो समुन्द्री तटमा जहाँ ऊ पहिलानै पुगिसकेकी थिई सिर्फ मृतुको पर्खाइमा सायद उसको मनमा रत्तिपनी विस्वास थिएन होला मृतुलाई जित्ने कोहि छ भनेर… त्यसैले आश्चर्य हुँदै ऊ एकोहोरो मलाई हेरी रही ऊसमा कुनै डर र भय थियन । ऊ बारबार आकाशमा हेरिरहन्थी त कहिले समुन्द्रतिर ऊसको यो उदासी पन देखि मलाई सहि नसक्नु भयो अनायसै केहि शब्द्दहरु निस्किएछन् -“सिमा काली के भयो तिमीलाई ? किन यसरी उदासिएकी मृतुलाई चुनौती दिन म आई पुगेनी हेर त ! मेरा यी शब्द्दहरु उसको कानमा नपुग्दै ऊ मलाई गर्लम्म अंगालो हालेर रुन थाली र बर्बराऊन थाली- “मेरो मुटु” मलाई माफ गर्नुहोला मेरो कारणले हजुरलाई धेरै पिडा भयो अब झनै पिडा दिन चाहन्न मेरो कारणले हजुर समाजमा उपेक्षित भएको हेर्न चाहन्न, अन्तिम चोटी हजुरलाई देख्न्ने ईच्छा थियो त्यसैले यहाँ बोलाएकी मेरो अन्तिम ईच्छा पुरा भयो अब मलाई मृतुको काखमा छाडेर फर्कनुहोस समाजमा उपेक्षित भएर शारीरिक तथा मानसिक रुपमा घाइते भई जीउदो लाश सरि बच्नुको पिडा हजुरलाई बाँडेर झन दुखि बनाउन चाहन्न । उसका यिनै अन्तिम शब्द्दहरुले कता कता मेरो कोमल ह्रुदयामा तिर बनेर प्रहार भयो र उसलाई अंगालोमा बेरेर निकै बेर आँशु बगाएं । साच्चै भन्नुपर्दा हामी संगै धेरै बेर रुँदारुँदै रात बिताएछौ समय बितेको पत्तै भएनछ । ऊज्यालो निकै भैसकेको थियो, मैले अब जानुपर्छ भन्दा कहाँ जानी भनेर मुखमा हेरिरही उसको यो अबोधपन देखेर मलाई करुणा जाग्यो र मैले भने अब कति बेर बस्ने यो समुन्द्री तटमा दुस्मनले चाल पाउन सक्छन फेरी हाम्रो जीवनमा सुनामी आउन सक्छ मेरो कुरा सुनेर ऊ मैले देखाएको बाटो हिड्न खोजि तर अफसोस ऊसका पाइलाहरु आगाडी बढ्न सकेनन ऊ बालुवामा थचक्कै बसी बिचरी !! मैले सोधे सिमा काली के भयो तिमीलाई ? उसले रुँदै भनि- हिजो रातिको सबै कुराकानि साहुले सुनेछ त्यसपछि को हो ? को संग फोन गरेकी ? आदि इत्यादी सवालहरुको म संग कुनै जवाफ थिएन । उसले मलाई शारीरिक तथा मानशिक यातना दिदै कोठामा थुनेर गयो म चार दिवारको बिचमा बन्दि बने न त प्रतिकार नै गर्न सक्थे, न त भाग्न नै । म संग अरु कुनै विकल्प बाँकी थिएन केवल आत्म हत्या बाहेक । मेरो दिमाखले केहि सोच्न सकेन दिमाखमा सुन्यता छायो, मृतुको आवाज नै मिठो लाग्न थाल्यो म सरासर कोठाको झ्याल खोले बाहिर बेस्सरी हावाहुरी र धुलो चलिरहेको थियो, आकाशमा कालो बादल मडारी रहेको थियो, मेघा गर्जी रहेको थियो, क्षितिजमा गड्याङ् गुडुङ्ग आवाज संगै बिजुली चम्की रहेको थियो, बिजुली चम्काई संगै म मृतुको काखमा हाम्फालें तर अफसोच… मृतुले मलाई छाडेर स्वार्थी बन्यो म अभागी चाहेर पनि मर्न सकिन, कालले म माथि अन्याय गर्‍यो म मर्न सकिन, आधिहुरी भई उड्न सकिन, न त मेघ भई गर्जिन नै, मेरो जीवनमा फेरी अर्को बज्रपात भयो । म शारीरिक रुपमा घाइते बनें मेरो दाहिने खुट्टामा चोट लागेको छ, तातै भएर होला हिजोराति त त्यति दुखेको पिडा अनुभब भएन, अहिले भने निकै… दुखिरहेछ । मैले उसलाई बोकेर सडक पेटीसम्म ल्याए र हामीहरु दुवै ट्याक्सी चढेर गन्तब्यहिन यात्रा तय गर्‍यौं । मेरो काँधमा एउटा जिम्मेवारी र चुनौती थपिएको अनुवभ हुन्थ्यो, फेरी कताकता डर भय अनि रोमान्टिक पनि । ऊ भने शरीरिक रुपमा असक्त घाइते थिई, मनका पिडा लुकाएर भए पनि रुखो हाँसो हाँस्ने असफल प्रयास गर्दै थिई भने ओठमा मन्ध मुस्कान…!!

विधिको विडम्बना भनौ या भाग्यको खेल दुखियाको जीवन जहाँ गएपनि आफ्नो कर्म संगै जादो रहेछ भने झैँ फेरी एकचोटी उसलाई नियतिले ठग्यो, भगवानले अन्याय गरे ऊ माथि, अचानक ऊ बिरामी भई रातभरि सुख्खा खोकी खोकिरहंथी, उसको दाहिने खुट्टा लगायत दाहिने हर नै नचल्ने अवस्थामा थियो भने शरिरभरी काला र निला डामहरुले पुरै शरीर ढाकेको थियो । यस्तो अवस्थामा पुर्याउने आफुलाई सभ्य र सम्भ्रान्त सम्झने उसको मालिकलाई दण्ड र ऊसलाई न्याय दिलाउनु मेरो लागि फलामका चिउरा चपाउनु भन्दा कम थियन । ऊ दिन प्रति दिन नाजुक र कम्जोर बन्दै थिई, अचानक ऊसका खुट्टाहरु सुनिन पुगे कतै सडके मर्केको होकी भन्ठानेर मैले तोरीको तेल तताएर मालिश गरिदिएं तर बिसको उन्नाईस हुन सकेन झनझन पुरै शरीर फुलेर सोलोडोलो भयो, उसले हलचल गर्न सकिन एकोहोरो मलाई मात्र हेरी रहन्थी बोल्न खोज्थी तर… के गर्ने ? साथमा पैसा पनि छैन मेरो तलब आउन महिना मरेको छैन, ऊसको कुरै नगरौ विचरी एक बर्षदेखि साहुले तलब दिएको छैन भन्दै थिई त्यसमाथि यो हालत बनाइ दिए पापिष्ट दुश्मनहरुले । मैले साथीभाई संग सरसापट गरेर भएपनि उसलाई निजी अस्पतालमा लगेर गएं । अस्पतालले रिपोर्ट आनुसार उसको दुवै मृगौला खराब भएको र खोकीको मात्रा ज्यादा भई शरीरमा पानी गलत दिशातर्फ बगेकाले प्रतक्ष फोक्सो लागायत दिमाखमा समेत पानीको मात्रा पुगेकोले शरीर पुरै सुन्निन पुगेको र छिटो भन्दा छिटो बिरामीलाई अप्रेशन गरि दुवै मृरौलाको प्रत्यारोपण गर्नु पर्ने अन्यथा बिमारीको ज्यान जोखिममा पर्ने र त्यसको टोटल खर्च निकै महँगो हुने कुरा पनि डाक्टरको रिपोर्टमा उल्लेख थियो र तत्कालको लागि सुन्निएको केहि मात्रामा घटाउने साथै दुखाइ केहि कम गर्ने औषधिहरु थिए  भने अर्को तर्फ ऊ भागेको दिनदेखि नै उसको व्यापक खोजीनिती भएको थियो भने दुस्मनले ऊ माथि चोरी गरि भागेको केश प्रहरीकोमा दर्ता गरिसकेको थियो । पत्रपत्रिकामा व्यापक उसको फोटो सहित खबर गर्नेलाई पुरस्कारको घोषणा गरेको थियो भने नेपाल दुताबासले पनि आफ्नो प्रेश बिज्ञप्ति मार्फत खोजि गरि संबन्धित व्यक्तिलाई बुझाउने र कोहि कसैले भगाएको पुष्टि भएमा हदैसम्मको कारवाही गरिने जानकारी उल्लेख थियो । तर पनि मैले हिम्मत हारिन, कुवैतमा रहेका नेपाली संघ-सस्थालाई गुहारें, सबैबाट आश्वासन मात्र आउने गर्थ्यो तर…

लगातार औषधि सेवन पछी भने सुनिन केहि कम भएको जस्तो देखिन्थ्यो तर छाती दुखिरहेको छ मात्र भन्थी अरु केहि बोल्ने उपाय थियन । मेरो प्रयास लगातार विभिन्न संघ-सस्था संग सहयोगको भिख माग्ने तर्फ जति थियो भने नेपालकुवैत डटकम एण्ड कुवैतनेपाल डटकमका पत्रकार मित्रहरुले पनि बिरामीको नाम, ठेगाना सहित फोटो उपलब्ध गराएमा पत्र पत्रिकामा छापेर सहयोग जुटाउन सहयोग गर्ने आश्वासन दिनु भएकाले मेरो मन केहि हल्का भएको महसुस भयो । यो कुरा म उसलाई सुनाएं उसको अनुहामा केहि खुशीका धर्साहरु देखिन थाले, उसले सुतिरहँदा खुट्टामा झनै पिडा भएकोले अलिअलि खुट्टा तन्काउने इच्छा ब्यक्त गरि र बकाला (दोकान)सम्म जाने अनुमति दिए र म आफ्नो ड्युटी तर्फ लागें । ड्युटीमा पुगेर फोन गर्दा उसको मोबाइल स्वीच अफ थियो के भयो ? कसो भयो होला किन फोन न…?? आदि ईत्यादीले मरो मन… त्यसै त्यसै  उर्फ…!! म.. ड्युटी सकेर कोठामा जाँदा ऊ त्यहाँ थिइन, कोठा त्यसै लथालिङ्ग र भताभुङ्ग थियो, यो रात मेरो जीवनको सबैभन्दा नरमाइलो क्षण बनेर मेरो मानसपाटलमा रहिरह्यो भनें उसलाई भनेर किनेका लत्ता कपडाहरुले सधै मलाई… झस्काई रहे…!! ऊ कहिल्यै फर्किन, ऊ एउटा ओइलिएर झरेको फुल झैँ झरेर माटोमा बिलिन भई… दुस्मनले लग्यो या कालले यो कुरा सधै मेरो दिमखमा एउटा रहस्य बनेर बल्झी रहयो… ऊ… सधै सधैको लागि मलाई एक्लै एक्लै छाडेर…. त्यो क्षण उजाड मरुभूमिमा एकोहोरो आँधीहुरी चली रहेको थियो, हावाले धुलो र बालुवाका कण संगै उसलाई पनि उडाएको महसुस हुन्थ्यो, म एकोहोरो आकाश तर्फ हेरिरहें, कालो बादल एक आपसमा ठोक्किई रहेका थिए, क्षितिजमा बिजुली चम्किरहेको थियो, त्यही चम्काईको उज्यालोमा मैले ओइलिएर झरेको फुल खोजि रहिको छु । जब मरुभूमिमा हावा चल्छ अनि धुलोले सबै दुनियाँ पोतिन्छ, हरेक रात मेघ गर्जाई संगै म व्युँतिन्छु अनि बिजुली चम्काईको उज्यालोमा उसलाई खोजि रहन्छु, खोजि रहन्छु… जीवन्त अनी अनन्त सम्म….

कोपिलामै झरे सबै जवानीका फूलहरू…
बीच बाटोमै टुटे सबै जीवन तर्ने पूलहरु…. बीच बाटोमै टुटे सबै….. समाप्त !!  

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.