Daily Archives: 22/08/2011

ओईलिएर झरेको फूल (वियोगान्त मेरो प्रेमकथा – भाग ३) अन्तिम


राजन “कल्पित” कुवेत

कोपिलामै झरे सबै जवानीका फूलहरू… बीच बाटोमै टुटे सबै जीवन तर्ने पूलहरु…

उसले बोलेको यी अन्तिम शब्दहरु “मेरो मुटु” यदि मेरो माया लाग्छ भने त्यहिँ हाम्रो पहिलो मिलन भएको ठाँउ समुन्द्रको किनारमा आउनु यदि म मानबरुपी राक्षको पन्जाबाट बाँचिछु भने हजुरलाई कुरिरहेकी हुनेछु अन्यथा मेरो मृतुमा आँसु नबगाउनु, एउटी राम्री जीवनसाथी चुन्नु म माथि आकाशबाट हजुरको खुशी हेर्दै पर्खीरहेकी हुनेछु । उर्फ मेरो कानमा एउटा अघोषित मृतुको आवाज बनेर गुन्जी रहयो ती शब्दहरु… पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

नेपाली चाडपर्वहरु नजिकिंदै, कुवेतको नेपाली समाज पनि ब्यस्त हुन थाल्यो


ईन्द्र भूषाल, कुवेत

“सेप्टेम्बर ३० मा राजेश पायल राइले कुवेत तताउने”

२१ अगष्त । आज ‘कृष्ण-जन्माष्टमी’ नेपालीहरुको चाडपर्व आएको संकेत गर्ने दिन अनी भगवान कृष्णले जन्म लिएको दिन । हुन त नागेपञ्चमी गईसकेको छ । आजको दिनबाट नेपालमा चाडपर्वको चहल-पहल शुरु हुन्छ । लामो समय माईत जान नपाएका चेलीहरु आज माइत जान्छन भने फर्केर आउने भाका सासुले तिजपछी दिए हुन्थ्यो भनेर आश गर्ने गर्छन् । किनकी अब नेपाली नारिहरुको महान पर्व हरितालिका तिज पनि नजिकिदै छ । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा कता हराईन नेपाली महिला ‘बिना सुनार’ ?


जय आले, कुवेत

बैदेशिक रोजगारिको सिलसिलामा अक्टोबर २०१० मा कुवेत आएकी, सौराहा-८, बर्दियाकी ३४ वर्षिया बिना सुनार -फोटोमा) १ महिनादेखी कुवेतमा हराई रहेकी छिन । बिना एक घरेलु कामदारको रुपमा कुवेत आएकी हुन ।

श्रोतका अनुसार, स्पोंसरले बच्चाहरुको छुट्टीमा बिनालाई साउदी अरब लगेको र उनी सिकिस्त बिरामी परेको तर स्पोंसरले कुनै स्वास्थ्योपचार नगरि बन्दी बनाएको टेलिफोन मार्फत उनले नेपाल आफ्ना पति चन्द्र सुनारलाई जानकारी दिंदै आफुलाई बचाउन अनुरोध गरेको र अहिले करिब १ महिनादेखी बिना सम्पर्क बिहिन भएको नेपालदेखी उनका पति चन्द्र सुनारले बताएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

सञ्चितालाई पुत्रलाभ


काठमाडौं, भदौ ५  अभिनेत्री सञ्चिता लुइँटेललाई पुत्रलाभ भएको छ। उनले आइतबार राति सवा १० बजे थापाथलीस्थित नर्भिक अस्पतालमा छोरालाई जन्म दिएकी छिन्। सामान्य प्रक्रियाबाट सुत्केरी नभएपछि सञ्चिताको शल्यक्रिया गरिएको थियो। उनलाई चिकित्सकले दिउँसोदेखि अब्जर्भेसन पिरियडमा राखेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

श्रीमान् विदेशमा हुँदा जन्मिएको बच्चा मार्ने पक्राउ


 खगेन्द्र अधिकारी, ताप्लेजुङ, भदौ ५- ताप्लेजुङको हाङदेवा गाउँ विकास समिति ९ की एक महिलाले अवैध सम्पर्कबाट जन्मिएको बच्चा मारेर फालेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। श्रीमान् विदेशमा रहेको बेला २२ वर्षीय रीता मादेन लिम्बुले फुरुम्बु ९ का सागर लिम्बुसँग अवैध यौन सम्पर्कपछि बच्चा जन्माएको र फालेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

अष्ट्रेलियामा विश्व साइकलयात्रीलाई सम्मान


विश्व साइकलयात्राका क्रममा सिड्नी आएका विश्व साइकलयात्री सौरभ दाहाललाई यहाँ सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले शनिबार दाहालको सम्मानमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा उनले विश्व साइकल यात्राका अनुभव सुनाएका थिए । कार्यक्रममा भेला भएका गैर आवासीय नेपाली, विद्यार्थीसहितका झण्डै तीन सय नेपालीले दाहाललाई शुभकामना दिएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

SDFC कुवेतले ४० बर्षभन्दा माथिका खेलाडिका लागि भलिवल प्रतियोगिता राख्दै,


आदरणीय नेपाली जनसमुदाय, कुवेत

उपरोक्त सम्बन्धमा काउन्सील अफ मिनिष्ट्री (एस.डी.एफ.सी) ले उमेरको हकमा ४० बर्ष भन्दा माथि उमेर भएका कुवैतका विभिन्न नेपाली सँघ–संस्था र क्लबमा आवद्ध नेपालीहरुबीच मैत्रीपूर्ण भलिबल खेलको आयोजना गर्ने भएकोले सो उमेर भन्दा माथिका खेलाडिहरु भएको टिमले सहभागीताको लागि काउन्सील अफ मिनिष्ट्री (एस.डी.एफ.सी) मा आफ्नो टिमको उपस्थितीको ’boutमा अग्रीम जानकारी गराउनु हुनको लागि अनुरोध गर्दछौं । पढ्नेक्रम जारी राख्नुहोस्

विश्व बैंकले नेपाललाई कालो सूचीमा राख्यो


‘अन्तर्राष्ट्रिय ऋण लिने क्षमता जोखिमपूर्ण’

काठमाडौं, ३ भदौ, विश्व बैंकले नेपालको अन्तर्राष्ट्रिय बजारबाट ऋण लिन सक्ने क्षमता सबैभन्दा कमजोर भएको भन्दै कालोसूचीमा राखेको छ । कुल राष्ट्रिय आम्दानी (जीएनआई), कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर, निर्यातको अनुपातमा ऋण, आयातका लागि सञ्चिति, वृद्धिदरको चलायमान, मुद्रास्फीति र कानुन पालनालगायतका सूचकका आधारमा गरिएको मूल्यांकनमा नेपाल सबैभन्दा कमजोर देखिएको भन्दै विश्व बैंकले कालोसूचीमा राखेको हो । पढ्नेक्रम जारी राख्नुहोस्