शहिद म !!


किरण पौड्याल, कुवेत


छाती तिम्रा टेक्ने पाईला, हिंडे काटी म
बनि सैनिक राष्ट्र सिङ्गै, हिंडे लडी म
भूमि युद्ध, मैदान क्रान्ति, हिंडे दौडी म
आँखा काला, नियत खराब, हिंडे फोडी म !

काटी मुण्डा, बनि चण्डी, हिंड्थें गर्जी म
खुँडा, भाला, कर्द गर्जन, सिंहनादै म
बाण तिखा, गोलि ताता, थाप्थें छाति म
बिछ्याई लहु भेल सरि, बढ्थें उर्ली म !

निर्मित नेपाल लडी मैले, भएँ धुलो म
बलिदानै उपहास, भएँ पात्र म
युद्ध मेरा बिलिन कता, देख्छु आज म
पुछ्ने सिन्दुर छोरो आफ्नै, जल्छु भित्र म !

हाँसी खुसि बेच्छन आमा, गरूँ कसो म
रुन्छिन आमा कोक्याउँदै,  हुन्छु पिडित म
छैन कोहि सुन्ने रोदन, तड्पिई बस्छु म
मलामी छन् खुशी सारा, अबोध भएँ म !

कुलंघार, कलंक नै, बुझ्छु हावि म
रगत मेरो शहिदको, भएँ पानी म
इतिहासमा धमिराको, भएँ धुलो म
पन्छ्याईएको, बिर्सिएको, भएँ शहिद म !!

रचना: २१ अगष्त २०११

Posted by: Jay Ale

Advertisements

2 responses to “शहिद म !!

  1. देशभाबले ओतप्रोत हजुरको कबिता ज्यादै राम्रो लाग्यो किरण सर…

  2. देश प्रती समर्पित साह्रै मिठो कबिता । हजुर को कलम बाट सदैब यस्तै रचना हरु निस्किरहुन मेरो शुभकामना ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.