नौ नेतालाई नौ अर्ती…


संविधानसभाको निर्वाचन भएको ४० महिना बितिसक्दा पनि दलहरुले संविधानको पहिलो मस्यौदासमेत ल्याउन सकेका छैनन् । शान्ति र संविधानमा भन्दा दलहरु सत्ताकेन्दि्रत भइरहेको गुनासो प्रतिदिन बढ्दो छ । प्रमुख दलका नेताहरुको असफलताले नै देश असफल बन्दै गएको विश्लेषण पनि हुन थालेको छ । ठूला दलका ठूला नेताले अब के गर्नु उपयुक्त हुन्छ ? प्रमुख तीन दलका तीन मुख्य नेतालाई हास्यअभिनेता मनोज गजुरेलको ‘गाईजात्रे’ सुझाब!!!

पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रचण्ड तिम्रो ‘पथ’ हो कि ‘पद’ हो,  भनन !
आफन्तकै जालमा परी घुम्यौ फनन !
कुम हल्लाई, औँला घुमाई- नेता हो कि योगी !!!
सधैं तनाब कति बोक्छौ, बरु बन जोगी !!!!

मोहन वैद्य ‘किरण’

माक्र्सवाद र माक्र्स’वेद’ तिम्रो, बुझ्न भयो गाह्रो !
प्रचण्डलाई ‘पथ’मा पुग्न कस्तो पार्‍यौ साह्रो  !!
‘वैद्यजी’लाई जंगलतिरै फर्के राम्रो होला !!!
जडीबुटी खोज्नलाई बोकी रातो झोला !!!!

डा. बाबुराम भट्टराई

डाक्टर भएर के गर्छौ र, पार्टी तिम्रो रोगी !
सिद्धान्तका कुरा धेरै, व्यवहार भयो ढोंगी !!
‘पेलान क्षेत्र’ घोषित भयो, तिम्रा लागि पार्टी !!!
पार्टी छाडी ‘कन्सल्टेन्सी’ चलाए हुन्थ्यो जाति !!!!

झलनाथ खनान

माओवादीको बैसाखीले प्रधानमन्त्री खायौ !
पार्टीभित्रै खेदो खने, पाउनु दुःख पायौ !!
छोड बरु राजनीति, नयाँ बनाऊ ‘नलेज’ !!!
पूर्वशिक्षक तिमी पनि खोल एउटा ‘कलेज’ !!!!

माधव नेपाल

‘वर्तमान परिप्रेक्षमा’ सधैँ एउटै नारा !
भूत-भविष्य केही भन्दैनौ, के हो तिम्रो पारा !!
पारो तिम्रो ‘पावर’को थाल्यो तल झर्न !!!
रौतहटतिरै झरौँ सब्जी खेती गर्न !!!!

सुशील कोइराला

यो पाराले किन चल्थ्यो सुशीलदाको पार्टी !
पार्टी तिम्रो सफल हुन्न, युवाहरुले नआँटी !!
असीवर्षे जोवन तिम्रो, अझै बन्छौ युवा !!!
राम नाम जपी, बस्नुहोस् हजुरबुबा !!!!

शेरबहादुर देउवा

देउवालाई ‘खाउ बा’ भन्ने कोही भेटिएन !
प्रम खाने त्यो तिर्सना अझै मेटिएन !!
यसपालि नि पर्लाजस्तो छैन माछी जाल !!!
आरजु भाउजूसँग मिली बरु ‘एनजिओ’ थाल !!!

Posted by: Raju Gurung

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.