एनआरएनए कुवेतलाई माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले ७ बुंदे ज्ञापन-पत्र बुझायो


जय आले, कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतको १९ अगष्त २०११ मा बसेको कार्यसमितिको १४५औं मासिक बैठकले पारित गरे बमोजिम, आगामी १२ देखी १४ अक्टोबर २०११ मा काठमाण्डौमा सम्पन्न हुन गईरहेको गैर-आवासिय नेपाली सँघ -एनआरएनए) को पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रिय समन्वय परिषद, कुवेतले गहन रुपमा उठाउनु पर्ने ७ (सात) बुँदे मुद्दाहरुको “ज्ञापन-पत्र” क्लवले २० अगष्त २०११ का दिन, एनआरएनए कुवेतका अध्यक्ष श्री राजेन्द्र तामाङ्लाई बुझाएको छ ।

खासगरी, क्लवले उठाएका मुद्दाहरुमा; मध्यपूर्व लगायत अफ्रिकन राष्ट्रहरुमा कार्यरत बृहत नेपालीहरुको चासोका बिषय तथा सामुहिक मुद्दाहरुमा सुनुवाई; हालसम्मकै एनआरएनए’को टड्कारो तथा एक्लो प्राथमिकताको रुपमा देखिएको “दोहोरो नागरिकता” को मुद्दामा सम्पूर्ण शक्ति तथा श्रोत खर्चिनु नहुने सुझाव; गैर-आवासिय नेपालीका लागि सुरक्षित रोजगार एवं आर्थिक गतिबिधिका मूलधारमा सरिक गराउन सक्ने खालका कार्यक्रम तथा परियोजनाको थालनी; पसिनाको कमाईले आफ्नो प्रयोगको लागि लगिएका सम्पूर्ण सामानहरुको भन्सारमा पूर्ण छुटको व्यवस्था; नेपाल सरकारले हालै लागू गरेको अन्यायपूर्ण र विवादित पुन: श्रम-स्वीकृति लिनुपर्ने ब्यबस्थाको तत्काल खारेजी; नेपालको वायुसेवा, पर्यटन प्रवर्धन, बाणिज्य तथा व्यापार प्रवर्धन एवं पूर्वाधार निर्माणका आयोजनाहरुमा बिदेशी तथा गैर-आवासीय नेपालीको पूँजी लगानी  र बैदेशिक रोजगारीको सिलसिलामा ठगिन वा पीडित हुन पुगेका नेपालीहरुको उद्वार तथा क्षतिपूर्तिको लागि रोजगार प्रवर्धन समितिसँग अविलम्ब पहल गर्नुपर्ने जनाईएको छ ।

यसैगरी, जहाँ ५,००० भन्दा बढी नेपालीहरु छन ति राष्ट्रहरुमा तुरुन्त नेपाली दूताबास वा कन्सुलेट कार्यालयको स्थापना; दूताबास स्थापित राष्ट्रहरुमा ऐन बमोजिम तत्काल श्रम सहचारीको नियुक्ति/पदस्थापन; समय-समयमा नेपाल सरकारको सम्बन्धित निकायले नेपाली दूतावासहरुको अनुगमन गर्दै दूताबासलाई बिबादमूक्त बनाउन, स्थानीय नेपाली सँघ-संस्थाहरुसँग सहकार्यको वातावरण तर्जूमा गर्न तथा दूताबासलाई श्रोत र साधन सम्पन्न बनाई नेपालीहरुलाई प्रदान गरिने सेवा सरल, सहज र स्तरिय खालको बनाउन सरकारले बिशेष भूमिका निर्वाह गर्नुपर्ने जस्ता मुद्दाहरुलाई एनआरएनए कुवेतले पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनमा जोड्दारका साथ उठाउनु पर्ने सुझाव सहितका ७ बुँदे “ज्ञापन-पत्र” क्लवले -क्लवका अध्यक्ष धर्मराज गिरी, उपाध्यक्ष जय आले, सचिव ईन्द्र भूषाल, सदस्य/पूर्वाध्यक्ष किरण पौड्याल र सदस्य सरिता पौड्यालको उपस्थितिमा एनआरएनए कुवेतका अध्यक्ष श्री राजेन्द्र तामाङ्लाई बुझाएको हो ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले बुझाएको ७ बुँदे ज्ञापन पत्र हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्…

110820_Letter of Memorandum from MESC to NRNA, Kuwait

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.