कांग्रेस कार्यकर्ताको प्रहरी गोलीबाटै मृत्यु भएको प्रतिवेदन सार्वजिनिक


कांग्रेसका सक्रिय सदस्य सानु यादवको प्रहरीकै गोली लागि मृत्यु भएको छानबिन समितिले ठहर गरेको छ । समितीले शनिबार इनरुवामा प्रतिवेदन सार्वजनिक गर्दै इलाका प्रहरी कार्यालय हरिनगराका प्रहरी नायव निरीक्षक नगेन्द्र भगतको आदेशमा प्रहरीले चलाएको गोली लागी सानु यादवको मृत्यु भएको उल्लेख गरेको छ ।

गृह मन्त्रालयले गठन गरेको छानबिन समिती प्रति असन्तुष्टी जनाउँदै कांग्रेस सुनसरीले अधिवक्ता रामप्रसाद घिमिरेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त समितिले शनिबार सार्वजनिक गरेको प्रतिवेदनमा स्थिति शान्त भइसकेको अवस्थामा निहथ्था सानुमाथी प्रहरीले गोली प्रहार गरेको उल्लेख छ ।

मानव अधिकारको विश्वव्यापी घोषणा पत्रका विपरित प्रहरीको तर्फबाट गोली प्रहार भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन सार्वजनिक गर्दे छानबिन समितिका संयोजक अधिक्ता रामप्रसाद घिमिरेले इलाका प्रहरी कार्यालय हरिनगराका प्रहरी जवान दानबहादुर घिमिरेले बोकेको गोली कम देखिएको प्रहरी उपरीक्षक राजु मानन्धरले बयान दिएकाले उनकै गोली प्रहारबाट यादबको मृत्यु भएको आशंका गरे ।

गत साउन १३ गते भारततिरहबाट ल्याउँदै गरेको कपास प्रहरीले नियन्त्रणमा लिए पनि उत्पन्न बिबादका क्रममा सुनसरीको देवानगन्जमा प्रहरीले चलाएको गोली लागि कांग्रेस कार्यक्रता यादवको मृत्यु भएको थियो ।

Posted by:Dambar Rimal                                                  Source:ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.