एपेकबाट पूर्वयुवराज पारसको नाम हटाइयो


 लुम्बिनी विकासका लागि तीन अर्ब अमेरिकी डलर सहयोग घोषणा गर्ने चिनियाँ संस्था एसिया प्यासिफिक एक्स्चेन्ज एन्ड कोअपरेसन फाउन्डेसन (एपेक) मा सहअध्यक्ष रहेका पूर्व युवराज पारस शाहको नाम हटाइएको छ । संस्थामा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित ९ सहअध्यक्ष थिए । फाउन्डेसनको आधिकारिक वेबसाइटमा उल्लेख भएका पदाधिकारीमा अहिले शाहको नाम भने छैन । उनको नाम किन हटाइयो भन्ने जानकारी समेत कतै उल्लेख छैन ।

संस्थाको आधिकारिता र विश्वनियता’bout विभिन्न टिकाटिप्पणी हुन थालेपछि शाहले नै आफ्नो नाम हटाउन लगाएको हुनसक्ने एक विश्लेषकले दाबी गरे । दुई विपरीत धारका माओवादी अध्यक्ष दाहाल र पूर्वयुवराज एउदै पदमा हुनुलाई विश्लेषकहरूले रहस्यमय बताउँदै आएका थिए । पूर्वयुवराजले आफू उक्त संस्थामा रहेको वा नरहेको भन्ने’bout अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । अघिल्लोपटक नेपाल भ्रमणका क्रममा फाउन्डेसनका उपाध्यक्ष जियाओ उनान लगायतको चिनियाँ टोलीले पूर्वयुवराज पारसलाई समेत भेटेको थियो । चिनियाँ टोलीले शाहसँग खिचाएको वेबसाइटमा उपलब्ध तस्बिरसमेत अहिले हटाइएको छ ।

हालै मलेसियामा आयोजित एपेकको बैठकमा सहभागी भएर नेपाल र्फकने क्रममा अध्यक्ष दाहाललाई पूर्वयुवराजको सदस्यता’bout पत्रकारहरूले राखेको जिज्ञासामा कसलाई राख्ने नराख्ने भन्ने जिम्मा संस्थाकै भएको बताएर उनी पन्छिएका थिए । फाउन्डेसनले शाहलाई आफ्नो वेबसाइटमा नेपालका युवराजकै रूपमा चिनाएको थियो । ज्ञानेन्द्र शाह पूर्वराजा भनिए पनि नेपालको संविधानअनुसार पारस राष्ट्र प्रमुख हुने लेखिएको थियो । दाहाललाई भने नेपालमा क्रान्तिकारी परिवर्तन ल्याउने ठूलो पार्टीको अध्यक्ष र विदेश भ्रमण चीनबाट सुरु गर्ने पहिलो नेपाली प्रधानमन्त्रीका रूपमा परिचय गराइएको छ । यसअघिका प्रधानमन्त्रीले पहिले भारत भ्रमण गर्ने परम्परा दाहालबाट तोडिएको समेत उल्लेख छ ।

फाउन्डेसनमा अब ८ सहअध्यक्ष मात्र छन् । अध्यक्ष दाहालसँगै संस्थामा कोलिन हेसल्टिन, ज्याक रोजेन, कोर्न डबरान्सी, लियोन चार्नी, राम्जी सन्बार, स्टीभन क्लार्क, चियोन हिउ किङ छन् । हालै लुम्बिनीको भ्रमणमा आएका कोलिन वरिष्ठ अस्ट्रेलियन कूटनीतिज्ञ  र डबरान्सी थाइल्यान्डका पूर्वउपप्रधानमन्त्री हुन् । रोजेन, लियोन र क्लार्क अमेरिकी, हिउ किङ मलेसियाली र सन्बार बेलायती व्यवसायी हुन् । फाउन्डेसनमा उपाध्यक्ष जियाओ उनानबाहेक सबै गैरचिनियाँ छन् । एपेकले आफ्नो भनी उल्लेख गरेको टेलिफोन र फ्याक्स नम्बर हङकङ प्रहरी लाइसेन्स विभागको पुष्टि भएपछि बिहीबार हटाएको थियो ।

Posted by: Dambar Rimal                                                                Source:ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.