राशिअनुसार पत्थर ग्रहण


पृथ्वीको सतहमा पाइने मूल्यवान, कडा तथा प्राकृतिक खनिज पदार्थ नै रत्न हो, जुन आभूषण अथवा गरगहनाका लागि प्रयोग हुन्छ । ज्योतिष विज्ञान अर्थात् ज्योतिषीय सिद्धान्तका आधारमा रत्न मानिसको जन्ममिति, जन्म समूह, राशिफल चिह्न र लुनार क्यालेन्डरको आधारमा प्रयोग गरिएका हुन्छन् । ज्योतिष शास्त्रअनुसार पृथ्वीमा जन्मिने प्रत्येक मानिससँग उसको जन्म कुण्डलीको आधारमा राम्रो तथा नराम्रो दुवै ग्रह हुन्छ । कमजोर तर राम्रो ग्रहका लागि औषधिको रूपमा यदि रत्न प्रयोग गरियो भने त्यसले राम्रो जीवनशैलीका लागि ग्रहको आयु लम्ब्याउन मद्दत गर्छ । यहाँ केही फरक–फरक प्रकारका रत्नका ’boutमा सामान्य प्रकाश पार्न खोजिएको छ, जसले जन्म कुण्डलीको आधारमा सकारात्मक प्रभाव पर्ने गर्छन्:

१.मणिकः मणिक एक मूल्यवान पत्थर हो । जुन मेष राशिफलका मानिसका लागि सकारात्मक मानिन्छ । यो रत्नको धारणले सन्तान प्राप्ति तथा बौद्धिक शक्ति बढ्ने सम्भावना निकै उच्च हुन्छ । यो सिंह राशिफल भएका मानिसका लागि पनि निकै फलदायी मानिन्छ । यसले सिंह राशिफल भएका मानिसलाई सामथ्र्य प्रदान गर्नुको साथै आयु बढाउँछ । यसले धनु राशिका मानिसका लागि धनलाभ गराउँछ । पश्चिमा ज्योतिषीय सिद्धान्तका आधारमा मणिक जुलाईमा जन्मिएका मानिसका लागि अतिउत्तम मानिन्छ । आइतबार जन्म भएकाहरूका लागि पनि मणिक धारण फलदायी मानिन्छ ।

२. मोतीः कर्कट राशि भएका मानिसका लागि मोती धेरै उत्तम मानिन्छ, जसले दीर्घायु तथा समृद्धि ल्याउनेछ । त्यसैगरी यसले वृश्चिक राशि भएका मानिसलाई धन जोड्न सहयोग पुर्याउछ भने मकर राशि भएका व्यक्तिलाई पारिवारिक सुख प्राप्त हुन्छ । यस्तै, मीन राशि भएका मानिसमा ज्ञान वृद्धि गर्न र सन्तान प्राप्तिको सम्भावना उच्च पारिदिन्छ । पश्चिमा ज्योतिष मापदण्डका अनुसार मोती जुन महिनामा जन्मिएका मानिसका लागि धेरै उत्तम मानिन्छ ।

३. मुगाः मेष र वृश्चिक राशि भएका मानिसका लागि मुगालाई जन्म पत्थरको रूपमा लिइन्छ । सिंह र कर्कट राशिका लागि पनि मुगा लाभदायक मानिन्छ । पश्चिमा ज्योतिषशास्त्रका अनुसार जनवरीमा जन्मिएकाहरूका लागि मुगा धारण उपयुक्त मानिन्छ ।

४. पन्नाः पन्ना एउटा त्यस्तो रत्न हो, जसको धारणले वृष राशिका मानिसका लागि धनलाभ एवं ज्ञान वृद्धिमा सहयोग पुग्छ । यो धनु राशिका लागि पनि सामान्य लाभदायक भए पनि अन्त्यमा खर्च बढाउने सम्भावना उच्च रहन्छ तर सिंह राशिका लागि भने राम्रो मानिन्छ । त्यसैगरी धनु र मेष राशिका मानिसको पारिवारिक सुख एवं व्यापार व्यवसाय बढाउन पन्ना धारण उत्तम मानिन्छ ।

५. पुष्पराजः पुष्पराज धनु र मीन राशिका मानिसको उन्नतिका लागि सहयोगी पत्थर हो । यसले यी दुवै राशिफलका मानिसको दीर्घायुमा मद्दत पुर्याउछ । त्यसैगरी प्रेम प्राप्तिका लागि यो रत्न मिथुन र कन्या राशि भएकाहरूका लागि धेरै महत्वपूर्ण मानिन्छ । पश्चिमा ज्योतिषशास्त्रका अनुसार नोभेम्बरमा जन्मिएकाहरूका लागि पुष्पराजलाई जन्म पत्थरको रूपमा लिइन्छ ।

६. हीराः वृष र तुला राशिचक्रमा जन्मिएका मानिसका लागि हीरालाई प्रमुख राशि पत्थरको रूपमा लिइन्छ । यो रत्नको प्रयोगले पारिवारिक सुख बढाउनुका साथै सन्तान प्राप्ति हुने विश्वास छ । हीरा कन्या र कुम्भ राशिका लागि धेरै मूल्यवान मानिन्छ । यसले मकर राशि भएकाहरूका लागि बौद्धिक शक्ति तथा सन्तान प्राप्तिमा महत्वपूर्ण भूमिक खेल्ने विश्वास छ ।

७. नीलमः मकर र कुम्भ राशि भएका मानिसका लागि नीलम बढी उपयुक्त पत्थर हो । यसले लामो आयु प्रदान गर्ने विश्वास गरिन्छ । यसको धारणले वृष र तुला राशिका मानिसको भाग्यवृद्धि हुन्छ ।

८. गोमेडः यो पत्थरले तत्काल कुनै पनि प्रकारका राम्रा वा नराम्रा नतिजा पैदा गर्ने क्षमता राख्छ । यो राहुको पत्थर भएकाले यसको असर प्रयोगकर्ताअनुसार तत्काल पर्ने हुन्छ ।

९. लहसुनिया: अन्य पत्थरको तुलनामा यो एकदमै भिन्न प्रकारको पत्थर हो । यसको प्रयोग गर्नुअघि ज्योतिषशास्त्री र रत्नविज्ञहरूसँग सल्लाह लिनु ज्यादा फलदायी हुन्छ ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.