जय आले, कुवेत
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतको आयोजनामा आगामी १६ सेप्टेम्बर २०११ का दिन, हुन गईरहेको वार्षिक अन्तर नेपाली भलिवल प्रतियोगिता कुवेतको खैतानस्थित स्टेडियमको कभर्ड हलमा बिहानको ठीक ८.०० बजेदेखी हुनेछ । सधैं कुवेतको प्रचण्ड गर्मी र धुले ग्राउण्डमा खेल्न विवश आप्रवासी कुवेतवासी नेपाली खेलाडीहरु यस वर्ष पनि गत वर्ष झैं एअर कन्डिसनयूक्त हलमा खेल्ने छन भनें दर्शकहरुले पनि धुलो र गर्मिको सास्ती भोग्नु पर्ने छैन । क्लवले गत वर्ष पनि आफ्नो ११औं वार्षिकोत्सवको अवसर पारेर सोही खैतान स्टेडियमको कभर्ड हलमा अन्तर नेपाली भलिवल प्रतियोगिताको आयोजना गरेको थियो भनें उक्त प्रतियोगितामा ११ नेपाली भलिवल टिमहरुले सहभागीता जनाएका थिए ।
कुवेतमा नेपालीहरुको खेल क्षेत्रको इतिहासलाई हेर्दा खेलाडी एवं दर्शकहरुले सदा तातो हावा र गर्मिको सास्ती भोग्नु परेको कुरालाई ध्यानमा राखी क्लवले फेरिपनी एअर कन्डिसनयूक्त स्टेडियमको कभर्ड हलमा यो प्रतियोगिताको आयोजना गर्न लागेको हो । कभर्ड हलभित्र निश्चित तापक्रम, पर्याप्त प्रकाशको ब्याबस्था र दर्शकहरुको निम्ती खुल्ला मेचको व्यवस्था हुने भएकोले खेलाडी र दर्शक दुवैले भरपुर मनोरञ्जन लिने कुरामा आयोजक विश्वस्त रहेको छ ।
आयोजक समितिद्वारा प्राप्त जानकारी अनुसार प्रतियोगितमा सहभागी हुनको निम्ती टिम दर्ताको मिति र स्थान निम्न बमोजिम रहेको छ ।
१) टिम दर्ता गराउने अन्तिम मिति: ०९ सेप्टेम्बर २०११, अपरान्ह ४ बजे सम्म ।
२) टाई सीट घोषणा गरिने मिति: ०९ सेप्टेम्बर २०११, साँझ ५ बजे (मालिया सिटी)
३) टिम दर्ता शुल्क: २५ कुवेती दिनार ।
३) खेल मैदान: खैतान स्पोर्ट्स क्लवको कभर्ड हल ।
५) खेल खेल्ने मिति र समय: १६ सेप्टेम्बर २०११, बिहानको ठीक ८.०० बजेदेखी ।
प्रथम पुरस्कार : कप, मेडल, प्रमाण पत्र र नगद पुरस्कार
दित्तिय पुरस्कार : कप, मेडल, प्रमाण पत्र र नगद पुरस्कार
उत्कृष्ट टिम : कप र प्रमाण पत्र
उत्कृष्ट खेलाडी : कप र प्रमाण पत्र
प्रतियोगिता सम्बन्धी नियमावलीहरु:
१) खेलाडीहरुले कभर्ट हलमा खेल्दा केबल स्पोर्ट्स जुत्ता मात्र लगाएर खेल्नु पर्नेछ ।
२) पैतलामा गोटी भएका र कलर जाने खालका जुत्ताहरु लगाएर खेल खेल्न र हल भित्र जान मनाही गरिएको छ ।
३) खेल मैदान भित्र केबल ८ जना खेलाडीहरु र १ जना टिम मेनेजर मात्र प्रवेश गर्न सकिने छ । बाँकी दर्शक एवं बुद्दिजिबी वर्गहरु आ-आफ्नै स्थानमा आसिन रही बिना कुनै उछ्रिङ्खल गतिविधि र हो-हल्ला बेगर खेल हेर्न सकिने छ ।
४) सो अवसरमा उपस्थित सबैले कभर्ट हल बाहिर क्यान्टिनमै बसेर जलपान गर्न सकिने छ । तर कभर्ड हल भित्र लगेर खान, पिउन कसैलाई पनि मनाही गरिएको छ । जलपानको लागि क्याटेरिङ्गको व्यवस्था सुपथ मुल्यमा आयोजक समितिले गर्नेछ ।
५) धुम्रपान, मध्यपान सेवन गर्न कभर्ट हल भित्र कसैलाई पनि मनाही गरिएको छ ।
६) सबै टिमका खेलाडीहरु खेल मैदानमा बिहानको ७.०० बजे पुगेर आयोजक समितिलाई सूचित गराउनु पर्नेछ ।
७) प्रतियोगिता बिहानको ठिक ८.०० बजे देखी शुरु हुनेछ । समयको हेलचक्र्याईं गरी कथं-कदाचित तोकिएको समयपश्चात सरिक हुन आउने टिमहरुलाई प्रतियोगितामा समावेश गराउन आयोजक समिति असमर्थ रहने छ र क्षतिपूर्तीको भागीदार समेत स्वयं टिमलाई नै गराईने छ ।
प्रतियोगिता स्थल खैतान स्टेडियममा जानको लागि निम्न रुट र बस नं. हरु उपलब्ध रहेको थप जानकारी गराईन्छ ।
– बाटो खैतानको रोड नं. २१० । बसहरु KPTC: १३, १६, ३१, २०, ३९, ३६, ४०, ४१, १०५ र ९९ । सिटी बसहरु: १३, १६, ४४ र ९९ । यसैगरी KGL को १६ नं. बस पनि जानेछ ।
– यदी ट्यक्सीमा जान चाहेको खण्ड्मा खैतान स्टेडियम अथवा नादी खैतान भन्ने र पहिलो गेटबाट छिर्न साथ दाहिने पट्टिको घर नै भलिबल खेल्ने कभर्ट हल भएको जानकारी गराईन्छ ।
यस सन्दर्भमा थप तथा अधिक जानकारीको लागि आयोजक समितिका निम्न व्यक्तिहरुलाई सम्पर्क समेत गर्न सकिने छ ।
धर्मराज गिरी – ६६०६८९२५, किरण पौड्याल – ६६१०६९९०, जगत मगर – ९९२८८३२०, ईन्द्र भूषाल – ६५७४८८६२, अमर गुरुङ, ६५८४१२६३, जितेन थिङ् – ९७४७३७५५, नवराज श्रेष्ठ – ६६४२०१९१
आयोजक समिति,
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत ।
good job mesc !