आलुको राम कहानी…


  • त्रिचन्द्र प्रतिक्षा
    ‘आलु’ शब्दको अर्थलाई नेपाली शब्दसागरमा ‘अन्न, तिउन, तरकारी र अचारमा मिलेर वा सट्टामा भोजन बन्ने कन्द विशेष, कासकन्द, कासालु, पेचक’ भनेर उल्लेख गरिएको पाइन्छ । नेपालीमा खासै राम्रो अर्थ दिँदैन ‘आलु खाने’ भन्ने शब्दले । ‘आलु खाइस्’ भनेर कसैले भन्यो भने जो कसैको पनि कन्सिरी तातेर आउँछ । नेपालमा हरेक वर्ष गोबर्द्धन पूजाको दिन आलु कवि महोत्सव मनाइने गरिन्छ । सहभागी कविले आलुका ५ थरिका परिकार खाएर आलुकै बखान स्वरूप कविता वाचन गरेर ‘आलु कवि महोत्सव’ मनाउँदै आइरहेको धेरै वर्ष भइसकेको छ । तरकारीको प्रमुख नै मानिने आलु विश्वभरि सबैभन्दा बढी उपयोग गरिन्छ । आलुलाई सदाबहार तरकारीमै मात्र दर्जा प्राप्त छैन । यसमा विलक्षण औषधीय गुणसमेत छ । नेपाली खानामा आलुको महिमा अपरम्पार छ । आलुतामा, आलुपरौठा, आलुदम, आलुको अचार, आलुजिरा, आलुचिउरा केमा छैन आलु ? त्यसैले भीमनिधि तिवारीको शब्दमा ‘मध्यम वर्गको श्रीमती’ नै बनेको छ आलु, जे गरे पनि हुने अनि जसरी खाए पनि हुने ।

हामीले आलुले चिनिने वैज्ञानिक नाउँ ‘सोलोनम ट्युवरोसस’ हो । आलुको ’boutमा अनुसन्धान गर्न पेरुमा अन्तर्राष्ट्रिय आलु अनुसन्धान केन्द्र नै स्थापना गरिएको छ । कोलम्बियामा ‘आयोम्जा’ अनि ‘आयो मी’ भनिने आलुले वोलिभियामा नाम पाएको छ- ‘आयोमारा’ । त्यही आलु चिलीमा ‘पौनी’, स्पेनमा ‘पोया’ अनि भारतको गुजरातीमा ‘बटाटा’ को नामले चिनिन्छ ।

संस्कृतको बटाटाबाट ‘पटाटा’ र त्यसैबाट अङ्ग्रेजी शब्द ‘पोटाटो’ बनेको हो । हल्यान्डमा ‘वेल टेरो’ भनिने आलु विश्वकै ठूलो उत्पादक राष्ट्र चीनमा भने ‘अर्थ विन’ तथा ‘ग्राउन्ड नट’ ले चिनिन्छ भने फ्रान्समा भने ‘पम द तेरे’ अर्थात् जमिन मुनि फल्ने स्याउको संज्ञा दिने गरिन्छ ।

आलु पोषक र बलवर्द्धक कासकन्द हो । मध्यम खाले एउटा आलुको डल्लामा ११२ क्यालोरी ऊर्जा हुन्छ । आलुमा २० प्रतिशत स्टार्च, २ प्रतिशत प्रोटिन, १ प्रतिशत खनिज र ८० प्रतिशत पानी हुन्छ । सय ग्राम आलुको खानयोग्य भागमा २२.९ प्रतिशत कार्वोहाइड्रेट, १.६ प्रतिशत प्रोटिन, ७४.७ प्रतिशत पानी, ०.०१ ग्राम बोसो, ०.६ ग्राम मिनरल्स, .०१ प्रतिशत क्याल्सियम, ०.०३ प्रतिशत फस्फोरस पाइन्छ । यस्तै प्रतिसय ग्राम आलुमा भिटामिन ‘ए’ ४० आई.यू. र फलाम ०.७ मिलिग्राम पाइन्छ ।

समथर मैदानी भूभागदेखि चिसो पहाडसम्म एकछत्र उत्पादन हुन्छ आलु । अफ्रिकादेखि एसिया अनि युरोपदेखि अमेरिकासम्म आलु उत्पादन नहुने कुनै क्षेत्र नै बाँकी छैन । आलुको उत्पत्ति दुई हजार वर्षभन्दा पहिला सर्वप्रथम दक्षिण अमेरिकाको पेरुमा भएको कुरो वैज्ञानिक बताउँछन् । त्यसपछि सत्रौं शताब्दीमा स्पेनका नाविकले पेरु जितेपछि आलुलाई स्पेनमा ल्याएको देखिन्छ भने सन् १५८० मा कोलम्बसले स्पेनबाट युरोप लगिएको पाइन्छ । युरोपको जर्मनी, अस्टि्रया, फ्रान्स, पुर्तगाल आदि देशमा फैलिन करिब दुई सय वर्ष लागेको आलुलाई पुर्तगालीले भारतीय उपमहाद्वीपमा प्रवेश गराएको जानकारी इतिहासमा पाइन्छ ।

तर हिन्दूको प्राचीन ग्रन्थ वेदमा एवं आयुर्वेदिक ग्रन्थ चरकसंहितामा पनि आलुकै र आलु एउटै देखिएकोले हाम्रो यहाँ आलुको उपस्थिति त्यो भन्दा निकै पहिले नै भइसकेको देखिन्छ ।

वैज्ञानिक आलुलाई भिटामिन ‘सी’ को महìवपूर्ण स्रोत मानिन्छ । यसको कमी भएमा ‘स्कर्भी’ भन्ने रोग लाग्दछ र त्यसले मृत्युसम्म पनि हुन सक्दछ । सन् १८४७ मा आयरल्यान्ड, सन् १९०४ मा नर्वेमा र सन् १९१६ मा बेलायतमा आलुको सङ्कट परेको थियो र त्यतिबेला ती देशमा ठूलो सङ्ख्यामा मानिसको मृत्यु भएको थियो ।

स्पेनका अनुसन्धानकर्ताका अनुसार जो व्यक्तिले दैनिक आलु खान्छन् उनीहरूमा रोगसँग भिड्ने सामथ्र्य बढ्छ । आलुलाई अनाजमा पूरक आहारको स्थान प्राप्त छ । सबै प्रकारको आलु शीतल, मलरोधक, मल तथा मूत्रलाई उत्पन्न गराउने र रक्तपित्त हटाउने मानिन्छ ।

आलुको ’boutमा शोधकर्ता शैला बिंघम, एडिन केसिदी तथा जोन कमिङ्गस नामक तीन पोषणविद्का अनुसार छातीको क्यान्सर रोक्नका लागि आलुको सेवनले फाइदा पुर्‍याएको कुरा आफ्नो अनुसन्धानको तथ्यलाई पुष्टि गर्दै हालैको बि्रटिस जर्नल अफ क्यान्सर नामक शोधमूलक पत्रिकामा प्रकाशित गरेका छन् । पोषणविद्का अनुसन्धान अनुसार मानिसले सेवन गर्ने आलुमा हुने स्टार्चको मात्रा र छाती, आन्द्रा तथा मलाशयमा हुने क्यान्सरको गहिरो सम्बन्ध हुन्छ ।

त्यसैले जसले खानामा बढी मात्रामा आलुको सेवन गर्ने गर्छ, तिनीहरूमा क्यान्सर हुने सम्भावना कम हुन्छ । उनीहरूले गरेको १२ देशको अध्ययनअनुसार अस्ट्रेलियाका पुरुष र अमेरिकाका महिला प्रतिदिन सय ग्रामभन्दा कम आलुको सेवन गर्ने गर्छन् भने चीनका बासिन्दा सरदर दैनिक ३७० ग्राम आलु भोजनमा सेवन गर्ने गर्छन् । चीनियाँको खानामा स्टार्चको मात्रा बढी हुने हुँदा अस्ट्रेलियन तथा अमेरिकीभन्दा ज्यादै कम क्यान्सर रोग भएको कुरा पुष्टि गरेका छन् । उनीहरूको शोधपत्रमा उसिनेको आलुमा स्टार्चको मात्र बढी हुने भएको हुनाले उसिनेको आलुलाई सेवन गर्न समेत सुझाएका छन् । आयुर्वेदिक ग्रन्थ भाव प्रकाश निघण्टुका अनुसार आलु कफ र वायु गर्ने, बलप्रद, वीर्यवर्धक र अल्प मात्रामा अग्निवर्धकसमेत भनेर उल्लेख गरिएको पाइन्छ ।

वैज्ञानिकका अनुसार आलुको छोक्रा हटाएपछि त्योसँगै केही पोषकतìवसमेत बाहिर गइहाल्छ । आलुलाई उमालेपछि बाँकी रहेको पानीमा भिटामिन रहने भएकाले त्यो पानीलाई फ्याँक्नुको सट्टा तरकारी वा दालमा मिसाएर खानुपर्ने सल्लाह दिन्छन् । स्तनपान गराउने आमाले आलु सेवन गर्दा दूधमा वृद्धि हुने गरेको तथ्य फेला पारेको छ ।

यस्तै आयुर्वेदिक प्रयोगका अनुसार आँखाको तल कालो घेरालाई हटाउन आलुलाई पिँघेर आँखाको चारैतिर लगाउँदा यसले कालो घेरा समाप्त हुन्छ । आलुमा पाइने पोटासियम साल्ट अम्लपित्त रोक्ने काम गर्छ । मिर्गौलाको पत्थरीमा आलुको सेवनले थुप्रै लाभ भएको पाइन्छ । चोट लाग्दा रगत जमेर हुने नीलो दागमा काँचो आलु पिँघेर लगाउनाले फाइदा पुग्छ । यस्तै तीव्र घाम वा लुले डढेको छालामा काँचो आलुको रस लगाउनाले छालामा निखार आउँछ । कालोपोतो, चाउरी परेको छाला आदिमा पनि आलुको रस लगाउँदा फाइदा पुग्ने कुरा आयुर्वेदिक ग्रन्थ चरकमा उल्लेख भएको पाइन्छ । यस्तै ज्वरो आएकोलाई आगोमा पोलेको आलु खुवाउँदा फाइदा गर्छ । छाती पोलेको बेलामा रोगको स्थितिअनुसार काँचो आलुको रस दिनहूँ नियमितले पिउनाले आराम हुन्छ भने दाँतको गिजा सुन्निने र गिजाबाट रगत आएमा तारेको आलु वा बोक्रासमेतको आलुको पातको सुप बनाएर पिउनाले फाइदा हुन्छ । विशेषगरी उच्च रक्तचापको बिरामीलाई साँझ बिहान काँचो आलुको रस २/२ चम्चा नियमित महिना दिनसम्म खुवाउने हो भने निकै लाभ गर्दछ ।

आलुको महिमा नेपालमा मात्र हैन विश्वभरि नै व्याप्त छ । बलौटेदेखि ओसिलो जस्तोसुकै माटोमा पनि फल्ने भएको कारण यसलाई भविष्यको खाद्यान्नको रूपमा चिनाउन थालिएको छ । ‘ग्लोबल प्रडक्ट’ को रूपमा लिने गरिएको आलुको ठूलो उत्पादकका रूपमा उभ्याएको थियो चीनले ।

बर्सेनि १० करोड दरमा जनसङ्ख्या बढ्ने अनुमान गरिएको विश्वका जनताको पेट भराउन सकिने कुनै उपाय देखिएको छ भने त्यो आलु नै हो । विश्वको ठूलो जनसङ्ख्या कुपोषणमा बाँचिरहेको र विस्तारै खाद्यान्न सङ्कट भित्रिरहेको अवस्थामा आलुलाई भविष्यको भरपर्दो खाद्यान्नको अर्थात् ‘ग्लोबल फुड’ को रूपमा लिन थालेको छ ।

Posted by: Raju Gurung

2 responses to “आलुको राम कहानी…

  1. त्रिचन्द्र

    मेरो लेखलाई साभार गर्नुभएको रहेछ तर नाम गलत लेख्नुभएछ हुनुपर्ने त्रिचन्द्र प्रतीक्षा

  2. कुवेतनेपाल एडमिन

    त्रिचन्द्र ji correction gariyeko xa name, dhanyawad yehako sujhab ko lagi

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.