Daily Archives: 19/08/2011

राशिअनुसार पत्थर ग्रहण


पृथ्वीको सतहमा पाइने मूल्यवान, कडा तथा प्राकृतिक खनिज पदार्थ नै रत्न हो, जुन आभूषण अथवा गरगहनाका लागि प्रयोग हुन्छ । ज्योतिष विज्ञान अर्थात् ज्योतिषीय सिद्धान्तका आधारमा रत्न मानिसको जन्ममिति, जन्म समूह, राशिफल चिह्न र लुनार क्यालेन्डरको आधारमा प्रयोग गरिएका हुन्छन् । ज्योतिष शास्त्रअनुसार पृथ्वीमा जन्मिने प्रत्येक मानिससँग उसको जन्म कुण्डलीको आधारमा राम्रो तथा नराम्रो दुवै ग्रह हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले भलिवल प्रतियोगिता खैतान स्टेडियमको एअर कन्डिसनयूक्त हलमा गर्ने


जय आले, कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतको आयोजनामा आगामी १६ सेप्टेम्बर २०११ का दिन, हुन गईरहेको वार्षिक अन्तर नेपाली भलिवल प्रतियोगिता कुवेतको खैतानस्थित स्टेडियमको कभर्ड हलमा बिहानको ठीक ८.०० बजेदेखी हुनेछ । सधैं कुवेतको प्रचण्ड गर्मी र धुले ग्राउण्डमा खेल्न विवश आप्रवासी कुवेतवासी नेपाली खेलाडीहरु यस वर्ष पनि गत वर्ष झैं एअर कन्डिसनयूक्त हलमा खेल्ने छन भनें दर्शकहरुले पनि धुलो र गर्मिको सास्ती भोग्नु पर्ने छैन । पढ्नेक्रम जारी राख्नुहोस्

आलुको राम कहानी…


– चित्रन्द प्रतिक्षा
‘आलु’ शब्दको अर्थलाई नेपाली शब्दसागरमा ‘अन्न, तिउन, तरकारी र अचारमा मिलेर वा सट्टामा भोजन बन्ने कन्द विशेष, कासकन्द, कासालु, पेचक’ भनेर उल्लेख गरिएको पाइन्छ । नेपालीमा खासै राम्रो अर्थ दिँदैन ‘आलु खाने’ भन्ने शब्दले । ‘आलु खाइस्’ भनेर कसैले भन्यो भने जो कसैको पनि कन्सिरी तातेर आउँछ । नेपालमा हरेक वर्ष गोबर्द्धन पूजाको दिन आलु कवि महोत्सव मनाइने गरिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

काठमाडौं आउने जहाजको कमाइ ७५ अर्ब


काठमाडौं, ३० साउन

काठमाडौं उडान भर्ने विभिन्न २६ अन्तर्राष्ट्रिय विमान कम्पनीले बर्सेनि झन्डै ७५ अर्ब रुपैयाँभन्दा बढी कमाउने गरेका छन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको कमाइ भने वार्षिक साढे ३ अर्बको हाराहारीमा छ । निगमले दुई वटा पुराना जहाजबाट अनियमित रूपमा सेवा दिने गरेको र निजी क्षेत्रका अन्तर्राष्ट्रिय नेपाली विमान कम्पनी नभएकाले काठमाडौं उडान गरिरहेका दुई दर्जनभन्दा बढी कम्पनीले यो रकम कमाउने अनुमान विज्ञहरूको छ । पढ्नेक्रम जारी राख्नुहोस्