तपाईं कुन धर्म मान्नुहुन्छ ?


– बुद्धि सुवेदी,

म हिन्दु धर्मी अरे आमाले भन्नुभाको । तर मलाई हिन्दु धर्म कस्तो छ भनेर थाहा छैन । नेपालमा करिब ३ करोड जनता छन् । हिन्दु धर्ममा ३३ करोड देवता छन् । अब म कसलाई पूजा गरौं । ३३ करोड देवतामा एउटालाई माने अर्का देवता रिसाउलान् कि भन्ने डर । फेरि देवताले गरेको खराब कामहरू खराब होइनन् रे । हामीले गरेका काम भने खराब रे । ईन्द्र देवता सत्ययुगका पालामा अगाडि परिहरू राखेर लीला गर्दथे रे उनले गरेका त्यस्ता खराब काम भने गलत होइन रे । कृष्ण भगवान्का १६०० गोपिनी ।

एउटाले भन्थ्यो, तँ कुन धर्म मान्छस् यार, जुन धर्ममा ढुंगालाई देवता मानिन्छ । मेरा विभिन्न धर्माबलम्बीका साथीहरू छन् । उनीहरू मलाई आफ्नो धर्ममा आइज भन्छन् । तर मलाई धर्म नै किन चाहियो र ? तैपनि मैंले सोचें, ‘भएन अब धर्म परिवर्तन गर्नुपर्छ ।’ आमालाई यो कुरा भनें, आमा त रुन पो थाल्नुभो । मेरो छोरो बिग्रिएछ, धर्म परिवर्तन गर्ने कुरा गर्छ भनेर ।

अब आमाले नथापाई धर्म परिवर्तन गर्नु पर्‍यो भनेर मेरा साथीहरूलाई एक एक गरेर सोधें । म मेरो मुस्लिम साथी मेहबुबकहाँ पुगें । उनलाई सोधें धर्मका ’boutमा । मुस्लिम धर्ममा कुरानको नियम पालना गर्नुपर्छ अरे । नबाज पढ्नुपर्छ । अनि मैंले उत्सुक भएर सोधें । त्यसपछि मेरा दसैं तिहार, छठ पनि मान्न पाउछु नि होइन ? होइन अरे, कहाँ पाउनु ? मुस्लिम भएपछि त इमान्दार बन्नुपर्‍यो । यो मेरा लागि ठीक भएन, यो थाहा पाउनु भो भने त मेरी आमा झनै रुन्छिन् । अनि म मेरा क्रिश्चियन साथीकहाँ पुगे । उनले हिन्दु धर्ममा तथानाम गाली गरे । हिन्दु धर्म पौराणिक धर्म हो । यहाँ कुरीति, कूसंस्कारले भरिएको छ । उनले भने, ‘ढुंगालाई पनि कहिं देवता मान्दा हुन्छ ।’ ‘ए बाबा मैंले निन्दा गर्न भनेको होइन त यार’, मैंले भने । अनि उसले आफ्ना धर्मका ’boutमा बतायो । ‘बाइबल पढ्नुपर्छ, चर्च जानुपर्छ ।’ मेरो समाजले, मेरा साथीभाइले, मेरा परिवारले मान्दै आएको क्वाँटी पूर्णिमा, छठ मान्न नपाइने । भयो बाबा भयो, यो विदेशी धर्म पनि मलाई चाहिएन ।

अनि म बौद्ध धर्मी मेरा साथीकहाँ गएँ । उसको धर्मको नियम अत्यन्तै कडा । हत्या हिंसा गर्नुभएन, कतै गलत कार्य गर्नुभएन । कस्तो कडा यार मान्छे भएपछि त्यति पनि गरिएन भने के मान्ने धर्म । म दोधारमा परेँ । मैंले सबै साथीलाई मेरो घर बोलाएँ । मैंले तिनै साथीलाई मैंले कुन धर्म परिवर्तन गर्ने भनेर सोधें । म मिलनसार थिएँ, कसैलाई घृणा गर्दैनथेँ । म मेरा तिनै साथीलाई मान्थेँ । लौ अब त तिनै साथी एकापसमा झगडा पो गर्न थाले । मेरो धर्म राम्रो भनेर ? र सबैले मलाई आफ्नो धर्ममा आउन आग्रह गरेँ । उनीहरूले आफ्नो धर्मका ’boutमा सबै विवरण दिएँ । सबै धर्मले हत्या गर्नु हुन्न, कसैलाई निन्दा गर्नुहुँदैन, राम्रो, असल कार्य गर्नुपर्छ, कसैलाई हेला गर्नुहुन्न । र, गलत कार्य गर्नुहुन्न भनेको पाएँ ।

मैंले उनीहरूलाई एकैछिन् शान्त भएर बस्न भनें । मैंले भने, ‘म मेरो समाज, साथीभाइ, परिवार मान्छु, म उनीहरूका सबै कुरा मान्छु । म उनीहरूले मानेको धर्म मान्छु । उनीहरूले भनेका कुरा मान्छु । म कुरान पढ्छु, बाइबल पढ्छु, पाएँ भने म सबै धर्मका ग्रन्थ पढ्छु । म त्यसका ’boutमा धेरैभन्दा धेरै जान्दछु । मेरो साथीले जाने चर्चमा म जान्छु । मेरो समाज जाने गुम्बामा जान्छु । किनकि म मेरा अग्रजलाई मान्छु, उनीहरूले जे भन्छन्, त्यो मेरो आशीर्वाद हो । म मेरा असल मित्रका कुरा सुन्छु । मेरा फटाहा साथीहरूले भनेका कुरा पनि मान्छु , किनकि म भोलि बिरामी भएँ भने अमेरिकामा बसेका हामीभन्दा धेरै अगाडि पुगिसकेका उनीहरूले दबाइ ल्याउँदैनन् तर मेरा लागि फटाहा साथीहरूले दबाइ खरिद गरेर ल्याइ दिन्छन् । म आपद्मा परेका बेला कुनै विदेशमा बसेका धेरै धन भएका मानिसले मलाई सहयोग गर्दैनन्, म मरेँ भने भोलि समाज मेरा लागि मलामी जान्छन् ।

उनीहरूले एक साथ भने, ‘त्यसो भए तपाईं कुन धर्म मान्नुहुन्छ ?’ मैंले भने, म पैगम्बरले दिएको सिद्धान्त मान्छु । म बाइबलमा लेखेका कुरालाई मान्छु । म मसँग छ भने माग्नेलाई सहयोग गर्छु, छैन भने माग्छु । म मोहम्मदका सिद्धान्त मान्छु । बुद्धका बाटाहरूमा हिड्छु, उनले सिकाएका नीतिलाई अंगाल्छु, मेरा फटाहा साथीलाई नै मान्छु, म समाजले भनेको कुरा मान्छु । म दुश्मनै भए पनि मेरा अग्रजलाई मान्छु । मेरो नीतिविपरीत भए पनि मेरो परिवारले भनेको कुरा अंगाल्छु किनकि म मानव धर्म मान्छु ।

Posted by: Raju Gurung

Advertisements

8 responses to “तपाईं कुन धर्म मान्नुहुन्छ ?

  1. Buddi g tapai ko news le mero man sarai nai dukhyo….ra autai sabda ma bhannu parda yaha lai bhat mara bhanna man lagyo….kuwait ko khana ke khayeko ….khabbus le tanera dharma paribartan banaye jasto lagyo…ek sabda ma bhannu parda ma bhat mara bhanu6 ……aba yesto article na leknu hola …jaya hind…

  2. Aasadhyai Ramro Kura Lekhnu Bhayeko Ma Dhanyabad
    I LIKE IT,

  3. timilai aafnai dharamako barema tha narahi6 timi manab hoina danab hau.

  4. dharma bhaneko kunai mahan hoina dharma ta 1ta ramro bato sikaune maadhyam ho.dharma paribartan bhaneko Nepali bhashama dharma chhara bhaneko jastai ho.manchhele jun sukai dharma mane pani antama ssabai marne nai ho tesaile ma bhanchhu.jo sukai le j j dharma mannu hun6a sabai grate 6.

  5. Nirapekcha dharma asrit sabaijanalai anurodh cha din pachadi raat aucha raat pachadi din if there is good thing their will be bad thing if there is bad their is good thing my aspects are neutral

    Joseph menyangbo

  6. मुर्ख मनुवा हिन्दु धर्ममा ३३ करोड होईन, ३३ कोटीका देवीदेवता छन् | जब भगवान सृष्टिको कण-कणमा हुनुहुन्छ भने त्यहि कणबाट बनेको पाषाणलाई एउटा रुप दिएर पुजा गर्दा कुनै फरक पर्दैन |

  7. buddi ji jo sanga dhan 6ena tesko nam dhana bahadur jasko sing 6ena usko nam tikhe vaneko jastai tapaiko nam pani buddi rai6 tapaile kuran padd6u vannu vayo baibal padd6u vannu vayo tara gita padd6u vannu vayena jun dharma tapai manirahaunu vako6 .dharrma kunai pani galat 6ena sabai dharrmako aasaye yeutai ho tapailai aafnai dharmako barema thaha 6ena vannda aachamma lagyo tapai baibal padd6u vannu vo kuran padd6u vannu vo paddnus tara gita pani padd6u vanna nabirrsinus ra paddnuhola ani sochnu hola hamro dharma ma k kura galat rai6 …….ani hindu dharmama dhungako puja gar vanera katai lekheko jasto malai lagdaina yo hamile nai banayeko yeuta chalan matra ho manle pujnus ra samjinus vagwanlai tapailai sahi marga millne 6…

  8. name chai buddi re tara buddi chai chhaina raixa… yeuta kura sarasar jhut lekhexa… christianle tathanam gali garyo!!! jasko siddanta yesto kurabata alag hunu parxa vabera sikauxa… arko kura bible badxu re… teha gali garnu parxa christian dharma mannu parxa baneko xa ra?? christian dharma ho vanera bible vaneko xa ra?? bible ma bato satya ra jibanko barema lekhiyeko xa kunai dharmako khandan bikhandan gariyeko xaina… jhut nabolam yek choti padnus ani thaha hunxa….dhanyabad!

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.