चटपटे बेचेरै ३० लाखको घर


“श्रमलाई हेला नगरी कुनै पनि काममा आफु लाग्ने हो भने पैसा कमाउन कै लागी विदेश जानु पर्दैन”

मासिक १० हजार रुपैयाको तलब, ५ हजार बसाई मै सकिने २ हजार यताउता , बचत ३ हजार भन्दा कम । यति सानो रकमको लागि पनि हाम्रा धेरै नेपालीहरु आफ्नो परिवार, समाज र देश छाडि परदेशीएका छन् । ‘नेपालमा बसेर के नै गर्न सकिएको छ र ? न काम छ, न पैसा नै’ यसो भनि बेरोजगारी समस्याबाट पन्छिन खोज्ने धेरैका लागि तिखो उत्तर बनेका छन् विराटनगरको छिमेकी गाविस टंकि सिनवारीका एक चटपटे व्यापारी मुन्ना साह ।


टंकि सिनवारी चौकमा चटपटे व्यवसाय गर्ने मुन्नाले यहि व्यवसायको आमदानीबाट दुई सन्तानलाई बोर्डिङ्ग स्कुलमा पढाउनुको साथै २ तले बिल्डिङ्ग पनि ठड्याएका छन् । ३२ वर्षे मुन्नाले यो व्यवसायमा लागेको २२ वर्ष भई सक्यो । उनको अनुसार उनी दश वर्षको उमेर देखि नै चटपटे बेच्दै आएका हुन् । ‘घरको आर्थीक समस्याको कारण ३ कक्षा पढ्दा पढ्दै काम गर्नु पर्ने अवस्था आयो’ परिवारको पाँच जना दाजु भाई मध्येका जेठो छोरो मुन्नाले आफ्नो दुखेसो पोखे ‘सुरुमा फ्याक्ट्रीमा केहि महिना काम गरे तर आम्दानी चित्त बुझ्दो र पर्याप्त नभएकाले कुनै व्यवसाय गर्न मन लाग्यो, अनि आमालाई भनेर चटपटे बेच्न थाले’ । आँफुले पढ्न नपाएको भए पनि उनले आफ्ना ६ वर्षे छोरा राशन र ९ वर्षे छोरी रोश्नीलाई स्थानीय अंग्रेजी माध्यमका स्कुलमा पढाएका छन् । ‘छोरा भन्दा छोरी पढाईमा जान्ने छे , जिउले साथ दिए उनिहरुलाई तिनिहरुले चाहेअनुसार जति पनी पढाउने छु’ मुन्नाले हौसीएर सुनाए ।

अहिले मुन्ना विहानै उठेर चटपटेको ठेला र डब्बाहरु सफा गर्छन, २ घण्टा नियमित त्यसमा लागे पछि सामान किन्नका लागि बजार पुग्छन् । बजारबाट भुजा, कागती, खोर्सानी लगायतका सामाग्री खरिद गरिसके पछि घर आई पुरी लगायतका सामग्री तयार गर्न भान्सा पस्छन् । यस काममा उनलाई श्रीमती प्रमिलाले पनि साथ दिने गर्छिन । उनले २०५० सालमा विवाह गरी सोनापुर सुनसरीबाट भित्र्याएका प्रमिलाले उनलाई हरेक समस्यामा साथ दिएको बताउछन् उनी । ‘रोजी रोटी र कमाई राम्रैसँग चलेको छ, खासै समस्या छैन त्यसैले पनि श्रीमान्को काम प्रति केहि आपत्ती छै्रन ।’ प्रमिलाले भनिन् । करिब ६ वर्ष अघि परिवारबाट अलग्गीएर बसेका भए पनि आफुले आमा बुबा र भाईहरु प्रतिको जिम्मेवारी पुरा गरी रहेको बताए । ‘मेरो दुई भाई विदेशमा काम गर्दैछन् अनि दुई जना प्रहरीमा लागेका छन् ।’ विदेश गएका भाईहरु प्रति असन्तुष्टि जनाउदै उनी भन्छन् ‘फर्केर आउन भनी रहेको छु , सुन्दैनन् ।’ उनी काम सानो ठुलो नभनी मिहिनेत गरे यहि पनि विदेश भन्दा बढि कमाउन सकिने कुरा बताउछन् । दैनिक १४ घण्टा चटपटे व्यवसायमा लगाउने उनी अहिले मासिक ३० हजार भन्दा बढि आम्दानी गर्ने बताउछन् । ‘घरायसी खर्च कटाएर मासिक २० हजार बढि बचत गर्ने गरेको छु । यसरी दशौ वर्ष मिहिनेत गरी अहिले घर बनाएको हुँ । अहिलेसम्म पच्चिस लाख यो घरमा खर्च गरिसँके , पुरै निर्माण गर्न ३० लाख लाग्ला । ’
सप्रेको व्यापार, राम्रै आम्दानी विच पनि उनलाई समस्याले भने छाडेको छैन ‘केहि दिन अघि घर निर्माणका लागि राखेको ५० हजारको छड चोरी भयो ’ आफ्नो पसिनाप्रतिको मायामा उनले सुनाए ‘स्वास्थ्य पनि ठिक छैन, केहि समय अघि विरामी पर्दा पनि ७० हजार भन्दा बढि खर्च भयो । विरामी भएकाले ठेला तान्न समस्या हुन्छ ।’

‘मेरा लागि त मेरो ग्राहक सबै देवता हुन, ’emको मायाले नै आज मुन्ना चटपटेवाला भनेर चिनिन पाएको छु ।’ आफ्नो छुट्टै अस्तित्व प्रति गर्व व्यक्त गर्छन उनी । हुन पनि आधा दर्जन बढि चटपटे व्यापारीले व्यापार गर्ने टंकी सिनवारी चौकमा मुन्ना चटपटेवाला भनी धेरै उनको ठेला मै झुम्मिन्छन् । किन त ग्राहकले तपाईलाई नै खोजेको ? भन्ने प्रश्नमा उनी भन्छन् ‘मुन्नाले ग्राहकसँग मिठो बोल्छ, कहिले काँही ग्राहकले भने जस्तो चटपटे नभए फेरी पनि बनाएर दिने गरेको छु , स्थानिय भएकैले पनि धेरैले माया गर्नु हुन्छ’ । ‘तर जस्तो भए पनि अहिले पहिलेको जस्तो व्यवसाय गर्न सजिलो भने छैन’ उनी भन्छन् ‘सामान महङ्गो भएको छ, फाइदा कम हुन्छ अझ प्रतिस्पर्धा पनि बढेको छ’ । ५–६ वर्ष अघिसम्म पनि टंकि चौकमा एक्लै चटपटे बेच्ने मुन्नाले अहिले आफ्नो व्यवसाय झण्डै आधा दर्जन व्यापारीसँग बाड्नु परेको छ । प्रतिस्पर्धा बढेकोमा भने उनलाई कुनै चिन्ता छैन भन्छन् ‘सबैले गरी खाउन्, मिहिनेत गर्न लजाउनु हुन्न’ ।
जागीर नपाई बेरोजगार भई बसेका युवालाई उनी भन्छन् ‘ मैले जस्तो चटपटे नै बेच्नु पर्छ भन्ने छैन तर श्रमलाई हेला नगरी कुनै पनि काममा आफु लाग्ने हो भने पैसा कमाउन असम्भव छैन , कमाउन कै लागी पनि विदेश जानु पर्दैन ।’

Posted by: Raju Gurung

Advertisements

One response to “चटपटे बेचेरै ३० लाखको घर

  1. slow and steady wins the race’ bhneko yahi ho……

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.