.. कसोगरी चुकाउँ म ??


आचार्य प्रभा, अमेरिका


जिन्दगीको हिसाब किताब कसोगरी चुकाउँ म ?
ब्यथा बढ्यो मनभरी कसोगरी लुकाउँ म ?

संसारको रित नै हो सुख-दु:ख भोग्नु पर्ने
मनभित्रका सारा पीडा कसोगरी फुकाउँ म ?

सफलतालाई हात पार्न सधैं प्रयास गर्दैछु म
उठाई राख्ने ठाडो शिरलाई कसोगरी झुकाउँ म ?

कालो बादल आँधीहुरी सधैं-सधैं चलिरहँदा
सुनामी झैं बग्ने आँशु कसोगरी सुकाउँ म ?

आशामुखी होइन म सधैं आशे बनिरहने
“प्रभालाई” आश्रित बनाई कसोगरी ढुकाउँ म ?

रचना: १५ अगष्त २०११

Posted by: Jay Ale

One response to “.. कसोगरी चुकाउँ म ??

  1. Touching heart creation best of lock

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.