Daily Archives: 18/08/2011

.. कसोगरी चुकाउँ म ??


आचार्य प्रभा, अमेरिका


जिन्दगीको हिसाब किताब कसोगरी चुकाउँ म ?
ब्यथा बढ्यो मनभरी कसोगरी लुकाउँ म ?

संसारको रित नै हो सुख-दु:ख भोग्नु पर्ने
मनभित्रका सारा पीडा कसोगरी फुकाउँ म ? पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

आफ्नै शवको लागि पत्र बुझ्दा…


होम कार्की/काठमाडौं, भाद्र १ । मोरङको इलाका प्रहरी कार्यालय बेलबारीले इन्द्रपुर-४ का शान्तराम नेपाललाई पठाएको पत्र उनकी पत्नी सविताले गत असार २८ मा हात पारिन् । पति शान्तराम परदेश गएकाले सविताले प्राप्त पत्र आफैंले खोलेर हेरिन् । पत्रमा लेखिएको रहेछ, ‘गएको डिसेम्बर ८ मा मृत्यु भएकी सविना (सविता) नेपालको शव कुवेतको फरेन्सिक अस्पतालमा छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेता र सत्ता…


सविता लामा, फर्वानिया, कुवेत


एउटा सत्तामा पुग्नासाथ अर्काले जुलुश निकाल्छ सडकमा
६ महिना कमाउने बाहिरिन्छ फेरी अर्को जान्छ सदनमा

कस्तो हो यो कुर्सीको खेल पालैपालो सत्तामा जान पाउने
एउटाको पेट नभर्दै अर्कोले थाल थाप्दै सडक पेटी चर्काउने पढ्नेक्रम जारी राख्नुहोस्

तपाईं कुन धर्म मान्नुहुन्छ ?


– बुद्धि सुवेदी,

म हिन्दु धर्मी अरे आमाले भन्नुभाको । तर मलाई हिन्दु धर्म कस्तो छ भनेर थाहा छैन । नेपालमा करिब ३ करोड जनता छन् । हिन्दु धर्ममा ३३ करोड देवता छन् । अब म कसलाई पूजा गरौं । ३३ करोड देवतामा एउटालाई माने अर्का देवता रिसाउलान् कि भन्ने डर । फेरि देवताले गरेको खराब कामहरू खराब होइनन् रे । हामीले गरेका काम भने खराब रे । ईन्द्र देवता सत्ययुगका पालामा अगाडि परिहरू राखेर लीला गर्दथे रे उनले गरेका त्यस्ता खराब काम भने गलत होइन रे । कृष्ण भगवान्का १६०० गोपिनी । पढ्नेक्रम जारी राख्नुहोस्

चटपटे बेचेरै ३० लाखको घर


“श्रमलाई हेला नगरी कुनै पनि काममा आफु लाग्ने हो भने पैसा कमाउन कै लागी विदेश जानु पर्दैन”

मासिक १० हजार रुपैयाको तलब, ५ हजार बसाई मै सकिने २ हजार यताउता , बचत ३ हजार भन्दा कम । यति सानो रकमको लागि पनि हाम्रा धेरै नेपालीहरु आफ्नो परिवार, समाज र देश छाडि परदेशीएका छन् । ‘नेपालमा बसेर के नै गर्न सकिएको छ र ? न काम छ, न पैसा नै’ यसो भनि बेरोजगारी समस्याबाट पन्छिन खोज्ने धेरैका लागि तिखो उत्तर बनेका छन् विराटनगरको छिमेकी गाविस टंकि सिनवारीका एक चटपटे व्यापारी मुन्ना साह ।

पढ्नेक्रम जारी राख्नुहोस्