सुनको भाउ फेरि आधा लाख नाघ्यो


 एकै दिन ७ सय ५० बढ्यो-
काठमाडौँ, साउन ३२ – केही दिनदेखि घटिरहेको सुनको भाउ आज फेरि आधा लाख नाघेको छ। स्थानीय बजारमा आज सुन प्रति तोला ५० हजार २ सय ५० मा कारोबार भइरहेको छ। नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार हिजोको तुलनामा आज एकै दिन सुनको भाउ प्रति तोला ७ सय ५० रुपैयाँले बढेको हो। यसअघि गएको बिहीबार पनि सुनको भाउ ५० हजार ५ सय रुपैयाँसम्म पुगेर कीर्तिमान कायम गरेको थियो। शुक्रबारदेखि भाउ घट्न थाले पनि हिजो ४ सय रुपैयाँ र आज ७ सय ५० रुपैयाँले सुनको भाउ बढेको हो।
युरोपबाहेक अन्य क्षेत्रको सेयर बजारमा खासै हुन नसक्नु र युरोजोनमा सुनको खपत बढेकोले सुनको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

Posted by: Shiva Paudel

Source: Nagarik

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.