फोटो टाँसेर फर्के झलनाथ खनाल, एमालेमा पनि अब रहेन इज्जत


ईन्द्र भूषाल, कुवेत

सहमतिय सरकारको नेत्रित्व गर्छु र नेपालमा गणतान्त्रिक संविधान लेखाउँछु भन्दै प्रधान्मन्त्री बन्नु भएका एमाले अध्यक्ष झलनाथ खनाल इतिहासको कालखन्दमा सबैभन्दा असफल प्रधान्मन्त्री हुन सफल भई अन्तत संविधान सभाको समय सकिन २ हप्ता मात्र बाँकी हुँदा पदबाट राजिनामा दिएका छन । प्रधान्मन्त्री बन्नको लागि खनालले जे-जस्तो कसरत गरे त्यो नेपाली जनताको अगाडि छर्लङ्ग छ । आफ्नै पाटिका बरिष्ट नेता जस्ले मदन भण्डारीको मृत्‍युपछी एमालेलाई लामो समय नेत्रित्व दिए ‘माधव कुमार नेपाल’को सरकारलाई हर कुनाबाट असहयोग गर्दै र आफु पक्षका नेताहरुलाई माधव नेपाल नेत्रित्वको सरकारलाई राजिनामा दिन खुल्लम खुल्ला मोर्चाबन्दी गरेका खनाल एउटा निरिह नेताको रुपमा मात्र गनिएनन् ताकी आफ्नो पदको लागि पार्टिले दिएको निर्देशन समेत नमान्ने अनुशासनहिन अध्यक्षको रुपमा चिनिए ।

रामचन्द्र पौडेलको विश्व रेकर्ड पछी माओवादीको ललिपपमा रल्लिएका खनाल अन्तत माओवादीकै कारण आफुले शान्ती प्रकृयालाई अगाडि बढाउन नसकेको भन्दै ललिपप खाँदा मिठो भएपनी डकार्दा अमिलो भएको स्विकार गर्दै सत्ताबाट बाहिरिए । नेपालको राजनीतिमा शायद झलनाथ खनाल नै यस्तो नेता हो जस्ले राष्ट्रिय सहमतीको गीत सबैले भन्दा धेरै गाए तर गीत ‘गीत’नै हो भने जस्तै उनले आफ्नो गितलाई प्रयोगमा ल्याउने चेष्ठा नै गरेनन् । राष्ट्रिय सहमती कुर्चीमा पुग्ने भर्‍याङ् मात्र भयो । माओवादीको अरुलाई असफल बनाउ र घुमाइ फिराइ आफ्नो नीतिलाई माथि राख भन्ने मुल मन्त्र झलनाथले राम्ररी बुझे होलान या त बुझेर पनि बोल्न नहुने साह्रै अफ्ठ्यारो परेको हुनुपर्छ ।

के पाए खनालले के गुमाए ?

पाउने भन्ने बित्तिकै मनुष्य लम्किने गर्छ जुन स्वाभाबिक पनि हो तर लम्किदा खेरी अरुलाई किच्दै लम्किदा त्यती स्वभनिय हुँदैन आखिर झलनाथ खनाल त्यस्तै अरुलाई किच्दै अगाडि बढे । खनालले पाए त केबल बालुवाटारमा प्रधान्मन्त्रीहरुको फोटोको लस्कर छ भन्छन त्यो लस्करमा आफ्नो पनि फोटो टाँस्न । नेपालको इतिहासमा भबिष्यका पुस्ताहरुले झलनाथ खनाल पनि नेपालका प्रधानमन्त्री थिए रे भन्ने जान्ने भए यही नै उनको प्राप्ती हो । उनले जती पाए त्यो खनालको लागि ठुलो चिज हो किनकी राजनीति गर्नेले कुर्ची त खोज्दछ नै तर उनको यो प्राप्ती सँगै नेपाली र नेपालीहरुले धेरै गुमाएका छन । आफ्नै पार्टीको निर्णय नमान्ने, माओबादीको पिछालग्गु, निर्णय गर्न नसके अरुको मुख ताकुवा, कुर्चीको लागि एमालेको पहिचाहन नै धरापमा पारेको भन्दै आफ्नै पार्टीका कार्यकर्ताहरुको ठुलो जमातले चिनेको नेताको रुपमा आफुलाई राखे यो नै उनले गुमाएको चिज हो । प्रचण्डको सरकारबाट बहिर्गमन पश्चात धेरै समय सत्तामा रहेको एमाले अन्तत नेपालीहरुको बिचमा एउटा असफल पार्टीको रुपमा पुग्यो यो पनि खनालले गुमाएको एउटा पाटो हो । बल्खुको बैठकमा के.पी. ओली र माधव नेपालले फोटो टाँस्न मात्र सरकारमा जानु हुँदैन भन्दा आफुहरुले पनि के नै गरेका छौ र भन्दै जवाफ दिनेले आफु पनि केवल फोटो टाँसेर मात्रै फर्किएका छन । नेपाली जनताको बिचमा खनालको साथमा अब एमाले को पनि इज्जत रहेन ।

Cartoon: Nagarik

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.