फेसबुकमा अनुहार हेरेर भविष्य बताउन सक्छन – भवानी


– पर्वत संवाददाता,
तपाईं फेसबुक त पक्कै चलाउनु हुन्छ ? त्यसो भए कि च्याट गर्न की त साथी बनाउन मात्र फेसबुकलाई माध्यम बनाउनु हुन्छ होला होईन ? तर पर्वतका भवानीप्रसाद शर्मा-३५ ले भने फेसबुकबाट ज्योतिषीको रुपमा काम गर्छन । चिना र हात हेरेर भविष्यका ’boutमा बताउन सडकका गल्ली र चोकमा कार्यालय खोलेर बस्ने ज्यातिषको संख्या धेरै भएपनि उनले नयाँ प्रविधि प्रयोग गरेर कम्प्युटर मार्फत फेसबुकबाट अनुहार हेरेर भविष्य बताउने गरेका छन् । उनले फेसबुकमा फेसबुक ज्योतिष फोटो हेरेर भनी नाम राखी अनुहारबाट सबैकॊ ग्रहदशा आनी वानी तथा भुत वर्तमान र भविष्यको वारेमा बताउने गरेका छन् ।

‘सुरुमा त म अनुहार हेरेर तपाईको ’boutमा बताउँ भन्दा कसैले पत्याउंदैनन’ उनले भने-’तर फोटो हेरेर सबैको भविष्य बताएपछि सबैले धन्यवाद नदिई सुखै पाउंदैनन् ।’ करिव ८ वर्ष अगाडी देखी अनुहारवाट मानिसको ग्रहदशा आनी वानी तथा भुत वर्तमान र भविष्यको वारेमा अनुसन्धान गरिरहेका छन् । शर्माले पछिल्लो समयमा फेसवुक मार्फत आफ्नो अनुसन्धानलाई अगाडी बढाएका छन् । यसो त शर्माले अनुहार हेरेर हालसम्म १ हजार भन्दा बढीको ग्रहदशा आनी वानी तथा भुत वर्तमान र भविष्यको वारेमा बताएका छन् भने फेसबुक मार्फत ७ महिना भित्र करिव १ सय ७० भन्दा बढीको भविष्यका ’boutमा बताई सकेका छन् ।


पेशाले पत्रकार उनले ज्योतीष शास्त्र हस्तरेखा वाट जस्तै अनुहारवाट समेत मानिसको ग्रह दशा तथा आनीवानीको वारेमा बताउन सक्ने नयाँ विधि पत्ता लगाएको दावी गर्दछन् । शर्माले आफुले हस्तरेखावाट पनि भविष्यका ’boutमा बताउने काम गरेका छन् । विदेशमा बस्ने विद्यार्थी तथा जागीरेहरुले सवैभन्दा बढी फेसवाट भविष्यको वारेमा जान्न फेसवुक मार्फत सन्देश पठाउने गरेको शर्माले बताए । यसो त शर्माले विभिन्न फरक-फरक मानिसहरु जस्तै डाक्टर प्रोफेसर पत्रकार कानुन व्यवसायी व्यपारी नेता राजनितिज्ञ तथा साहित्यकार जस्ता पेशामा लागेकाहरुलाई पनि अनुहार रेहेर उनीहरुको वारेमा जानकारी गराई अचम्म पारीसकेका छन् । उनले भविष्यका ’boutमा भनिदिन आग्रह गरेपछि पालैपालो फेसबुकमा अनुहार हेरी सबैकुरा बताउंदै आएका छन् ।

भविष्य तथा आफ्नो आनीवानी सवैको ’boutमा सोध्नेजति सबैले मिलेको भनी उनलाई धन्यवाद सहित आफुहरु यो विधिवाट अचम्म परेको उत्तर पठाउने गरेका छन् । ‘पहिला त फेसबुकमा थोरै साथी हुन्थे र सहज रुपमा भविष्यका ’boutमा सोधेका उत्तर दिने गर्थे’ उनले भने-’अहिले त ३ सय साथी पुग्न लागे त्यही भएर समय मिलाएर पालैपालो भविष्य बताउने गरेको छु ।’ शर्माले अनुहारका अंगवाट मानिसको वारेमा अध्ययन गर्दै नयाँ कुराको खेजि गरि आफ्नो प्रतिभा देखाउन यस्तो कार्यको सुरुवात गरेको बताउँछन् । आंखा नाक कान ओठ दाँत आँखि भौं निधार गाला र चिउँडो हेरेर सबैको भविष्य बताउने गरेको शर्माले बताए । आफुले ९५ प्रतिशत मिल्नेमा दावि गरेपनि अहिले सम्म सोध्ने जतिको सय प्रतिशत नै मिलेको भन्दै कसैले फेसबुकमै त कसैले मोवाईलमा फोन गरेर शर्मालाई धन्यवाद दिने गरेका छन् ।

भवानीप्रसाद शर्मा
फेसबुकबाटै आफ्नो आनीवानी तथा भविष्यका ’boutमा जान्न पाउंदा फेसबुक प्रयोगकर्ता समेत आश्चर्यमा पर्ने गरेका छन् । काठमाण्डौकी निलम सिंह बस्नेतले आफ्नो वारेमा लेखिएका सबै कुराहरु मिलेको भन्दै आफु उक्त कलाले अचम्मित परेको फेसवुकमै लेखेकी छिन् । त्यसैगरी बनेपाकी दिपा मिमिल्सीना, कैलालीकी अनु अधिकारी तनहुँकी भावना खतिवडा, सिन्धुलीकी भावना गुरुङ लगायतले फेसवुकमा नै आफ्नो वारेमा वताएको सत प्रतिशत मिलेको भन्दै धन्यवादको साथमा आफु अचम्म परेको लेखेका छन् । शर्माको यो कलावाट काठमाण्डौस्थित रेडियो सगरमाथाका स्टेशन म्यानेजर घमराज लुइटेल र एटेना फाण्डेसनका कमल कोइराला पनि अचम्ममा परेको बताउनुहुन्छ ।

त्यसैगरी विदेशवाट पनि त्यस्तै खालका प्रतिकृया आउने गरेका छन् । दोहा कतारवाट विमल अधिकारी, इजरायलवाट प्रभा शर्मा, जर्मनीवाट प्रविना पुढासैनी लगायतले फेसवुकमा नै आफ्नो वारेमा वताएको सत प्रतिशत मिलेको भन्दै धन्यवादको साथमा आफु अचम्म परेको लेखेका छन् । त्यसो त उनले फरक र नयाँ खालको फेस देखेमा आफैले पनि साथी बनाएर उनको भविष्यका ’boutमा जानकारी दिने गरेका छन् । फेसबुकबाट भविष्य बताउने कार्य आफुले पहिलोपटक सुरु गरी सबैलाई आश्चर्यमा पारेको उनी बताउंछन् । फोटो हेरीसकेपछि शर्माले प्रत्येक व्यक्तिको वारेमा ३ पेज भन्दा बढी लेखेर म्यासेज पठाउने गरेका छन् । ‘एक जनाको वारेमा ५० बटा भन्दा बढी कुराहरु लेखिन्छ यो देख्दा सबै आश्चार्यचकित पर्ने गरेका छन्’ शर्माले भने । यसरी विहान र बेलुका १/१ घण्टा कम्प्युटरमा बसेर विना शुल्क इन्टरनेट मार्फत भविष्य बताउने गरेका छन् ।

धौलागिरि पोष्ट साप्ताहिक तथा प्रेक्षा मासिकका सम्पादक तथा पर्वतको कुश्मास्थित रेडियो शालिग्रामका स्टेशन म्यानेजर समेत रहेका शर्माले पत्ता लगाएको यो विधि अहिले विवाह प्रयोजनमा पनि उपयोग भैरहेको छ । कसैले आफुले विवाह गर्न खोजेको केटा अथवा केटीको फोटो इमेल गरेर वा फेसवुकमा राखेर उसको आनीवानीको वारेमा बुझीदिन पनि अनुरोध आउने गरेका छन् । यसरी फेसवुकवाटै केटा केटीको ’boutमा हेरेर उपयुक्त भएको भनेर म्यासेज पठाएपछि उनीहरुको विवाह समेत हुने गरेको उनको भनाई छ ।

अपराध पत्रकारितामा लामो समय अगाडी देखी कलम चलाउँदै आएका शर्माले अपराध कथा लेख्ने क्रममा अपराधि तथा आरोपितहरुको अनुहार र उनीहरुको ’boutमा बुझ्न थालेपछि यसको शुरुवात गरेको बताए । यसको लागि उनले विभिन्न पेशा तथा व्यवसायको साथै फरक फरक स्वभाव तथा अनुहार भएका एक हजार भन्दा बढी मानिसहरुको ’boutमा अनुसन्धान गरेको जानकारी दिए । शर्माले अनुहार लक्षण सम्वन्धी पुस्तकको तयारी समेत गरेका छन् । लेखेर तयार भेसकेको छ अझै एक वर्ष प्रयोग तथा अनुसन्धान गरेपछि मात्र प्रकाशन गर्ने छु -शर्माले भने ।
Cell-9857630046
email-luckybhawani2009@gmail.com

Posted by: Jay Ale                                         Source: Dhaulasri

Advertisements

11 responses to “फेसबुकमा अनुहार हेरेर भविष्य बताउन सक्छन – भवानी

  1. very nice i like so much

  2. bhawani g mero bhabisy ko barema khi janna echalagyo tapaile khi bataunu saknu huncha bhanee asa raakhe ko chu

  3. Hora Vanya….Malai yo Fotuneteller haru sanga fittikai biswash 6ina…Tesma jhan Facebook bata kasari Bisshwas Garne ho..??

  4. hoyna ho yo ta acham bho ta plg i ko pane bhabesay bhanoona bro la

  5. plz vawani jee mero pani vabishya batai dinu hunthyo ki!

  6. hi friend, yadi tapai sanga yahoo masanger 6 bhana ‘bhawani2032′ ma ra skipe 6 bhana ‘lucky bhawani’ ma ad garnu hola, mero harna time rati 8-11 baja samma ho, yadi nepal bata ho bhana u can call 9857630046 in this time. thanks………

  7. mali pane yo sunda ta achamma lagyo ra mali pane dekhau jasto lagyo tesko lage chalanu parne kadama haru pauna sakenacha ke…………?

  8. acham lagirako6 mero pani herna pau….

  9. अनुहारवाट मानिसको आनी–वानी, भुत, वर्तमान तथा भविष्य हेर्ने बिधि र मेरो अनुभव

    नमस्कार, मनिसको अनुहार÷फेस वाट उसको आनी, वानी, भुत, बर्तमान र भविष्य हेर्ने यो एउटा नया“ तरिका हो । अहिले सम्म चिना, चिर्कटा र हस्तरेखाको साथै इश्वरिय शक्तिको आधारमा मानिसको ’boutमा बताईदै आएको अवस्था थियो । अनुहार हेरेर मानिसको वारेमा जान्न सक्ने विधी पत्ता लगाउन र मानिसको वारेमा बुझ्न मलाई ९ वर्ष लाग्यो । शुरुका बर्षहरुमा चित्रकार (Artist) लाई अनुहारका अंगको फोटो बनाउन लगाएर वा कसैको फोटो मागेर या किनेर वा प्रत्यक्ष रुपमा हेरेर हेराउने गर्दथे । त्यसको साथै विभिन्न जिल्लाहरुमा उद्घोषण, पत्रकारिताको साथै भाषण तालीम दिने क्रममा मैले सहभागिहरुलाई हेराउने गर्दथें । तर पछिल्ल्लो १ वर्ष यता इन्टरनेट मार्फत गुगल र फेसवुक लगायत अन्य विभिन्न सामाजिक संजालको प्रयोग वाट बिभिन्न देश, जात, धर्म र बर्गका हजारौं मानिसको फेस÷अनुहार हेर्ने र बुझ्ने मौका मिल्यो ।

    शुरुमा मैले फेसबुक ज्योतीष फोटो हेरेर भन्ने नामको फेसवुक आईडि खोलेर धेरै साथीहरुलाई अनुरोध गरेपनि धेरैको यसमा विश्वास भने थिएन । तर पनि एकादुईले मलाई हेरिदिन अनुरोध गर्नुभएपनि मैले उहाँहरुको फोटो हेरेर कम्तीमा ५० वटा कुराहरु लेखेर पठाईदिन्थे । उक्त कुराहरु पढेपछि मात्र बल्ल उनहिरु विश्वास मान्ने गर्दथे । विस्तारै मेरो यो विधिको वारेमा प्रचार हुँदै गयो । जसको कारण यो विधिलाई सार्थक बनाउन मलाई धेरै समय लागेन ।

    पहिलो पटक मेरो वारेमा नयाँपत्रिका राष्ट्रिय दैनीकको साथै एकै साथ दर्जनौ वेवसाईड र एफ.एम. रेडियोहरुमा समाचार प्रकाशित र प्रशारित भएपछि मेरा सवै आईडिमा साथीहरुको अनुरोध आउन थाल्यो । फेसबुक र इमेलको मात्रै प्रयोग गरेको मैले त्यसपछि याहुम्यासेन्जर, स्काईपको प्रयोवाट क्यूको आधारमा विदेशमा रहेकाहरुलाई तत्काल लाईभवाट र नेपालमा भएकाहरुलाई फोनवाट भएपनि हेराउन शुरु गरे । हालसम्म ६ हजार भन्दा बढी मानिसहरु लाई हेराईसकेको छु । यस सम्वन्धमा विभिन्न खालका समाचार तथा हेराई सकेका मित्रहरुको सकारात्मक प्रतिक्रियाको कारण अहिले मैले प्रयोग गर्ने विभिन्न ७ बटा फेसबुक आईडि, याहुम्यासेन्जर, स्काईप र जिमेलमा गरि करिव २६ हजार भन्दा धेरै साथीहरु बनिसक्नुभएको छ ।

    मेरो वारेमा अक्सफेर्ड युनिभर्सिटी यु.के. वाट डा. योगेश उपाध्याय र बेल्जीयम वाट हाम्रो खवर डटकमका सम्पादक आलोक शर्माले लेख्नुभएको अनुभवको साथै सयौ मित्रहरुले लेखेको प्रतिक्रिया मेरो लागि मार्ग दर्शन समेत बनेको छ । एउटा कुनै अपरिचित व्यक्तिको वारेमा उसको फोटो हेरेर नै उसको जिवनको वारेमा जानकारी दिनु कुनै चानचुने कुरा होईन । यसमा सवैभन्दा ठुलो कुरा त सिद्धि प्राप्त गर्नु भगवानको कृपा अनि सम्पुर्ण मित्रहरुको आर्शिवाद नै प्रमुख हो भन्ने लाग्छ ।

    म एउटा व्यवसायीक पत्रकार÷संचारकर्मी, प्रशिक्षकको साथै कफी किसान समेत हुँ । अपराध कथा लेख्ने क्रममा अपराधको आरोप लाग्ने गरेका व्यक्ति तथा मेरो आफ्नै जिवनको कष्टकर भोगाईवाट मैले यतिका कुराहरु सिक्न पाएँ । यसमा मेरो आफ्नै खोज, अनुसन्धान तथा अनुभवको उपजको साथै यो एउटा बैज्ञानीक प्रयोग समेत हो । अनुहारका विभिन्न अंगहरुको रंग, आकार तथा त्यसको बनावटको आधारमा उसको आनी–वानी, भूत, वर्तमान तथा भविष्यको ’boutमा बर्णन गर्ने यो एउटा विश्वकै नयाँ विधि हो भन्ने मलाई लाग्छ । हेराईसकेपछि विभिन्न साथीहरुवाट आएको प्रतिक्रियाले पनि यसकुराको पुष्टि गर्दछ । यस विषयमा मैले सयौ ज्योतिषिहरु सँग पनि बुझ्ने प्रयास गरैं तर उनीहरुको हेराउने विधि र तरिका मेरो यो तरिका नै अलग्यै छ ।

    अर्को तर्फ संसारभरका मैले थाहा पाएका र सम्पर्कमा आएका सवै बर्ग, जात, रंगका मानिसहरुलाई पनि मैले अध्ययन गरि उनीहरुलाई हेर्ने काम पनि भएको छ । म एउटा नेपालको एउटा दुर्गम जिल्लामा रहेपनि यो विधिलाई मैले इन्टरनेट मार्फत धैरै जसो विदेशमा बस्ने नेपालीको साथै विदेशीहरुलाई पनि प्रयोग गरेँ । जसबाट मैले सफल भएको र सकारात्मक प्रतिक्रिया समेत पाए“ । तिनै साथीहरुको सुझाव सल्लाह अनुसार आज यो कलाले विश्वरभरका नेपाली र विदेशीहरुमाझ व्यापकता पाएको छ । यो विधि अहिले विशेष गरि नेपालको साथै बेल्जीयम, पोर्चुगल, इजरायल, अष्ट्रेलीया, जापान, युके, डेनमार्क, कतार, युएई, रस्सीया, स्वीजरल्याण्ड, अमेरीका, आइसल्याण्ड र भारत जस्ता देशमा बस्ने नेपालीहरुको साथै त्यस देशका नागरिकहरुलाई पनि प्रयोग भैरहेको छ ।

    नयाँ विधि पत्ता लगाएर अहिले विश्वभर प्रयोग गरेपछिको सकारात्मक प्रतिक्रियाको कारण नै आज म यो विधिमा सफल भएको छु भन्ने लाग्छ । तर पनि मेरो मैले ९५ प्रतिशत भनेपनि साथीहरुले यतप्रशितसत मिलेको प्रतिक्रिया मौखिक र लिखित रुपमा समेत दिनुभएको छ । विदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदी वहिनीहरुले आफ्नै देशमा यस्तो विधि पत्ता लाग्नु आफुहरुको शिर ठाडो भएको प्रतिक्रिया लिखित रुपमा दिनुभएको छ ।

    अन्त्यमा स्वदेश तथा विदेशमा रहने मेरा साथीभाई आफन्त तथा शुभचिन्तकको सल्लाहअनुसार यो विधिलाई अझै विश्वभर फैलाउनुको साथै सिक्न चाहनेहरुलाई यो विधिको वारेमा जानकारी दिनु अझै सार्थक हुने छ भन्ने मलाई लागेको छ । काठमाण्डौमा रहनुभएका मेरा अग्रज तथा संचारकर्मी मित्रहरुको साथै हेराईसक्नुभएका मित्रहरुको सल्लाहअनुसार मैले यो विधिलाई काठमाण्डौको कुनै एक ठाउ“मा कार्यालय स्थापना गरि ‘अनुहारवाट मानिसको आनी–वानी, भुत, वर्तमान तथा भविष्य अनुसन्धान केन्द्र’ स्थापना गर्ने सोच बनाएको छु । त्यसैले यस सम्वन्धमा यहा“हरुको अमुल्य सुझाव, सरसल्लाह तथा सहयोगको अपेक्षा समेत गर्दछु ।
    साथै तपाईहरुले आफ्नो ’boutमा जान्नको लागि मेरो फेसवुक, स्काईप, याहुम्यसेन्जर र इमेलहरुमा साथी बनाउनुभएको छ । यस्ता मित्रहरुको संख्या लगभग २६ हजारभन्दा धेरै पुगीसकेको छ तर मैले दिनमा ३ देखी ५ जना सम्मको मात्र हेर्न सक्छु । केहि महिना भित्रै अनुसन्धान केन्द्र स्थापना भएको खण्डमा दैनीक २० जना सम्मलाई हेर्न सकिने हुन्छ । त्यसैले मलाई साथी बनाएर पनि पालो नपाउनुभएका मित्रहरुलाई धैर्य गरेर पालोको प्रतिक्षा गरिदिनुहन अनुरोध गर्दछु । पक्कैपनि एक दिन तपाईहरु आफ्नो वारेमा जान्न पाउनुहुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु । “धन्यवाद”

    भवानीप्रसादप्रसाद शर्मा (लक्की भवानी)
    कुश्मा पर्वत ९८५७६३००४६
    luckybhawani2009@gmail.com
    bhawani2032@yahoo.com

  10. मान्छे को अनुहार हेरेर उस्को भुत, बर्तमान र भविस्य जान्न सकिन्छ भन्ने सुन्दा अचम्म लाग्यो । यदी यो सहि हो भने ज्योतिश शास्त्र मा एक नयाँ अध्याय को सुरुवात । बधाई छ हाम्रो पर्बत् निवासी ज्योतिस शास्त्री श्री भवनी शर्मा लाई ।। मेरो भुत , बर्तमान र भबिस्य थाहा पाउने अपेछा सहित् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.