प्रधानमन्त्रीमा देउवाभन्दा भट्टराईको पल्ला भारी


काठमाण्डौ । झलनाथ खनालको राजीनामासँगै सुरु भएको नयाँ सरकार निर्माणको दौडमा एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा देखिएका छन् । माओवादीले यसअघि नै भट्टराईलाई आगामी उम्मेदवार घोषणा गरेको थियो भने देउवालाई मंगलबार बिहान कांग्रेस शीर्ष नेताहरूको बैठकले सहमतिको सरकारको लागि उम्मेदवार बनाएको हो । भट्टराई यसअघि माओवादी नेतृत्वको सरकारमा अर्थमन्त्री थिए भने देउवासँग तीन पटक प्रधानमन्त्री बनेको अनुभव छ । सहमतिको सरकार निर्माणका लागि राष्ट्रपतिबाट आह्वान भइसकेकाले माओवादी र कांग्रेस आ-आफ्ना उम्मेदवारलाई समर्थन जुटाउन आन्तरिक छलफल र गृहकार्यमा व्यस्त हुन थालेका छन् । तर जानकारहरू भन्छन्, जति नै दौडधुप र गृहकार्य गरे पनि सहमतिको सरकार बन्ने सम्भावना छैन ।

१२ बुँदे सहमतिपछि संविधानसभाको चुनावसम्म सहमतिमा चलेको नेपालको राजनीति चुनावलगत्तैबाट अघि बढ्न सकेन । अनपेक्षित रुपमा माओवादी सबैभन्दा ठूलो दल बनेपछि सहमति भाँडियो । त्यसयता माओवादीले एकपटक र नेकपा एमालेले दुई पटक बहुमतीय सरकारको नेतृत्व गरिसकेका छन् । सहमतिको माला जप्दाजप्दै पनि दलहरू बहुमतीय खेलमै लागिरहेका छन् । यसपटक पनि स्थिति त्यसभन्दा भिन्न हुने सम्भावना देखिएको छैन । संविधानसभा को पहिलो र दोस्रो ठूला दल नै प्रधानमन्त्रीको दौडमा छन् । एकले अर्कोलाई समर्थन गर्ने अवस्था नरहेसम्म सहमतिको सरकारको सम्भावना देखिँदैन । तेस्रो दल एमालेले माओवादी र कांग्रेसमध्ये जसलाई समर्थन गरेपनि सहमति बन्दैन । दलहरू फेरि करिब दुई वर्षअघिको स्थितिमा फर्किएका छन् ।

माओवादीले यसपटक पनि आफू सबैभन्दा ठूलो दल भएकाले र शान्तिप्रक्रियाको एउटा हिस्सा भएकाले सरकारको नेतृत्व गर्न पाउनु पर्ने दावी गर्दै आएको छ । त्यहीँ नेपाली कांग्रेसले माओवादी र एमालेले नेतृत्व गरिसकेको, दोस्रो ठूलो दल भएको र १२ बुँदेदेखि संविधानसभासम्म नेतृत्व गरेकाले पनि अबको निकासका लागि कांग्रेसको नेतृत्व अपरिहार्य रहेको बताउँदै आएको छ ।

राजनीतिक विश्लेषक सीके लाल भन्छन्, ‘यी दुवै दलका दलिलमा कुनै दम छैन । अहिलेको प्रमुख कार्यभार शान्ति र संविधान भएकाले माओवादीलाई कांग्रेसले या कांग्रेसलाई माओवादीले खुला दिलले समर्थन गरेर अघि बढ्न सकेमात्र राष्ट्रिय सहमति बन्न सक्छ ।’ लालका विचारमा फेरि पनि कांग्रेस र माओवादी लडिरहे विगतमा जस्तै तेस्रो दल एमालेले फाइदा उठाउने सम्भावना छ । यथार्थलाई बेवास्ता गर्दै दलहरू सरकार निर्माणको काममा तल्लिन भए पनि शान्तिप्रक्रियाको विषयमा स्पष्टता नआएसम्म सहमतीय सरकार बन्ने देखिँदैन । माओवादीले शान्तिप्रक्रियाको विषयमा कांग्रेसलाई विश्वस्त पार्न सक्नु पर्ने या कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनेपछि माओवादीलाई शान्तिप्रक्रिया सहजढंगले टुंगिने विश्वास दिलाउनु पर्ने अवस्था विद्यमान छ । तर तत्काल त्यसो हुन सक्ने अवस्था छैन । सेना समायोजनसम्बन्धी माओवादी प्रस्ताव कांग्रेसले स्वीकार गरेको छैन भने कांग्रेसले त्यस्तो कुनै प्रस्ताव नै तयार पारेको छैन। पार्टीभित्रका आन्तरिक संघर्षले पनि यतिबेला खेल्ने पक्का छ ।

भट्टराईले आफू सहमतीय सरकारको नेतृत्व पाएमात्र प्रधानमन्त्री बन्ने अन्यथा पछाडि हट्ने स्पष्ट बताइसकेको र कांग्रेसले देउवालाई सहमति जुटेमात्र उम्मेदवार बनाउने शर्त तेर्स्याएको अवस्था छ । बहुमतीय प्रक्रियामा जाँदा भट्टराईको अनिच्छामाभित्र र देउवाको उत्कट चाहनाभित्र खेल्ने कोशिश धेरै हुने देखिन्छ । सरकार निर्माणको कामलाई बहुमतीय प्रक्रियामा पुर्‍याउन पाए भट्टराईले छाड्ने र आफूले मौका पाउने स्वार्थले माओवादीका केही नेतालाई, त्यसैगरी देउवालाई असफल पार्न पनि सहमतिको सम्भावना तोड्ने र बहुमतीयमा आफू अघि बढ्ने रामचन्द्र पौडेलको स्वार्थले चलखेल नगर्दा भन्न सकिन्न ।

विगतमा जस्तै यसपटक पनि विदेशी चलखेल पनि स्पष्ट हुने देखिन्छ । विगतमा भारतको मात्र चलखेल हुने गरेकोमा संयोग नै सही नेपालमा प्रधानमन्त्री चयनको पारो उत्कर्षमा पुगिरहेका बेला आठ वर्ष यताकै शीर्षस्थ चिनियाँ अधिकारीको भ्रमण भइरहेको छ । चीनको चाहना पनि आफू अनुकुलको सरकार बनोस् भन्ने नहोला र ? विदेशी कोणबाट हेर्ने हो भने चाहिँ पल्ला भट्टराईकै भारी हुने देखिन्छ । चीनले उनलाई रुचाउने सम्भावना ज्यादै बलियो छ, किनकी देउवा चीनले रुचाएका व्यक्ति होइनन् । भारतसँग पनि यही सत्यले काम गर्न सक्छ । व्यक्ति–व्यक्तिलाई हेर्दा भट्टराई भारतकालागि रुचीका मान्छे लाग्न सक्लान् । तर देउवा भारतले विगतमा पनि नरुचाएका व्यक्ति हुन् । देउवाको होम भारतसँगभन्दा अमेरिकाप्रति देखिँदै आएकाले त्यस्तो देखिएको हो ।

भारतले विशेष खेल्दै र चलाउँदै आएको मधेसी मोर्चाअन्तर्गतका दलले पनि देउवालाई भन्दा भट्टराईलाई सहमतिको प्रधानमन्त्री मान्न सकिने बताइसकेका छन् । तर सबै यथार्थका बाबजुद अन्तिम सत्य भनेको कांग्रेसले माओवादीलाई स्वीकार्ने या माओवादीले कांग्रेस भन्ने नै हो, जुन सहज देखिँदैन । त्यसैले राष्ट्रपतिले दिएको भदौ ४ गतेको समयसीमाभित्र राष्ट्रिय सहमति सम्भव छैन । यस्तो अवस्थामा दलहरूले सहमतिको पहल गर्न थप केही समय राष्ट्रपतिसँग माग्नसक्ने देखिन्छ ।

Posted by: Jay Ale

Source: Weeklynepal

One response to “प्रधानमन्त्रीमा देउवाभन्दा भट्टराईको पल्ला भारी

  1. bidawan baburam ko kadma deshko netrityo sumpanu pra6. ani matra deshle nikasa pau6. tyo sosak deauba,poudelle feri mouka payo bhane desh khokro parne6.hosiyar nepali janata.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.