दुई साता हाँसेको हाँस्यै


दसैं आउन ठ्याक्कै डेढ महिना बाँकी छ तर नेपालका अधिकांश हास्यकलाकारको दसैं आज शुक्रबारदेखि नै प्रारम्भ हुँदैछ। वर्षमा एकपटक आउने गाईजात्रा पर्वलाई हास्यकलाकारको दसैं नै मानिन्छ । नमानियोस् पनि किन ? करिब दुई सातासम्म रंगमञ्चमा प्रस्तुत भएर हजारौं दर्शकलाई हँसाउन पनि पाउने, दर्शक हँसाएपछि दाम पनि पाइने भएपछि गाईजात्रा उनीहरूका लागि दसैं नहुने त कुरै भएन नि !

‘हास्यकलाकारहरूको दसैंको हार्दिक शुभकामना’, गत सोमबार साँझ लाजिम्पाटस्थित ब्यांकेट क्लबमा आयोजित अनौपचारिक कार्यक्रममा हास्यकलाकार दीपकराज गिरी भन्दै थिए- ‘हामीलाई दसैं लागिसकेको छ।’ सोही कार्यक्रममा उपस्थित हास्यकलाकार दीपाश्री निरौलाले ठ्याक्कै एक वर्षअघिको घटनाक्रम सम्झँदै भनिन्— ‘गत वर्ष हामी -दीपा र दीपक) ले गाईजात्रे दसैं मनाउन पाएनौं। हामी सांस्कृतिक कार्यक्रमका क्रममा अमेरिका थियौं।

जति-जति गाईजात्रा नजिकिन्थ्यो, त्यति-त्यति हाम्रो मुटु दुख्थ्यो।’ दीपक र दीपाले गत वर्षको गाईजात्रामा नेपालमा कार्यक्रममार्फत दर्शक हँसाउन नपाए पनि यसपटक भने लगातार दुई सातासम्म दर्शकलाई ‘मुच्र्छा पार्ने गरी’ हँसाउने प्रण गरेका छन्।

काठमाडौं उपत्यकामा मल्लकालदेखि परम्परागत रूपमा मनाइँदै आएको गाईजात्रा पर्व अहिले देशव्यापी रूपमा मनाइन्छ। गाईजात्राको दिन एक वर्षको अवधीमा मृत्यु भएका परिवारका सदस्यहरूलाई सम्झँदै गाई तथा जोगीका रूपमा झाँकी निकाली बाजागाजासहित सहरका मुख्य-मुख्य भागमा परिक्रम गराउने परम्परा छ।  यो पर्वमा राजा-महाराजादेखि शासक वर्गलाई समेत छेड-छाड गर्न छुट भएकाले सर्वसाधारणमा यसको प्रभाव विगतदेखि नै पर्दै आएको छ। विगतमा काठमाडौं उपत्यकामा मात्र केन्दि्रत नेवार जातिको बसोबास अहिले देशभरि फैलिएपछि गाईजात्राले राष्ट्रिय पर्वको रूप लिएको हो। विगतमा राजा-महाराजा तथा शासकहरूलाई व्यंग्य गर्नेहरू अहिले परिवर्तन भएका छन्। अहिले व्यंग्य गर्ने सम्पूर्ण जिम्मा हास्यकलाकारहरूले लिएका छन् अनि राजा-महाराजाको स्थान देशको राजनैतिक परिस्थिति तथा नेताहरूले।

यसपटकको गाईजात्रा पर्सि आइतबार मनाइँदैछ। यही अवसरलाई सदुपयोग गर्दै काठमाडौंका दुई पे्रक्षालयमा दुई सातासम्मका लागि गाईजात्रे हास्य-व्यंग्य महोत्सव आयोजना हुँदैछ। यसपटक प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आज शुक्रबारदेखि नै ‘झ्याइँकुटी जय होस् गाईजात्रा महोत्सव-२०६८’ हुँदैछ भने प्रज्ञा-भवनमा भोलि शनिबारदेखि ‘तीते जिरे मेरीबास्सै गाईजात्रा हास्यव्यंग्य कार्यक्रम’ सञ्चालन हुँदैछ। विगतमा झैं यसपटक पनि दुबै प्रेक्षालयमा टेलिभिजनका लोकपि्रय हास्यश्रृंखलाका कलाकारहरूका साथै व्यंग्यकार, कवि, संगीतकार तथा नृत्यांगनाहरू आकर्षणको केन्द्र बन्दैछन्।

दर्शकहरूले प्रज्ञा भवनको

‘तीते जिरे मेरीबास्सै’ गाईजात्रा महोत्सवको मुख्य आकर्षण मानिएको एउटा प्रहसनको शीर्षक नै ‘थ्री इडियट्स’ राखिएको छ। टेलिश्रृंखला ‘जीरे खुर्सानी’ मुख्य कलाकारहरू यो प्रहसनमा थि्र इडियट्सका रूपमा प्रस्तुत हुँदैछन्। जितु नेपाल, शिवहरि वैरागी तथा राजाराम पौडेलले तीन मुर्खको भूमिका निर्वाह गरेका छन्। ‘हामीले नेपालका तीन मुख्य राजनैतिक दलका तीन नेताको चरित्र निर्वाह गरेका छौं, हास्यकलाकार जीतु नेपाल भन्छन्— ‘हाम्रो देशका यी तीन नेताले गर्ने कामका आधारमा यो प्रहसन तयार पारिएको हो।’

हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ दुई साताका लागि एउटा फेन्सी पसलको ‘डमी’ बन्दैछन्। ‘मेरी बास्सै’ हास्य श्रृंखलाका यी लोकपि्रय कलाकार भोलि शनिबारदेखि भदौ ११ गत बुधबारसम्मका लागि डमी बन्न लागेका हुन्। यो प्रसहनमा धुर्मुससँगै उनकी श्रीमती सुन्तु अर्थात् कुञ्जना घिमिरे र सूरवीर पण्डित पनि डमी बन्दैछन्। यो प्रहसनमा धुर्मुसले दोहोरो भूमिका निर्वाह गर्दैछन्। एउटा भूमिकामा उनी डमीका रूपमा प्रस्तुत भैरहेका छन् भने अर्को भूमिकामा उनी एमाले नेता केपी ओलीको भेषमा प्रस्तुत हुँदैछन्। ‘प्राण भएका नेताहरूले देश बिगारे, सीताराम भन्छन्— ‘त्यसैले अब देश चलाउने जिम्मा निर्जीव डमीहरूलाई दिनु उचित होला भन्ने सन्देश दिन खोजेका छौं।’

दुवैतिरका गाईजात्रे महोत्सवमा उद्घोषणको भूमिका विशेष हुनेछ। प्रज्ञाभवनको महोत्सवमा चर्चित व्यंग्यकार मनोज गजुरेलको व्यंग्यात्मक उद्घोषणले दर्शकको मन जित्ने पक्का छ। सभागृहमा भने आवाजको दुनियाँका साथी दिनेश डिसीले उद्घोषणसँगै दर्शकलाई हँसाउने व्यंग्य तथा प्रहसनसहितको उद्घोषण गर्दैछन्। डिसीले उद्घोषणसँगै तीनवटा छोटा हास्यव्यंग्य प्रस्तुतिमार्फत दर्शकलाई हँसाउनेछन्। जसमध्ये एउटा प्रस्तुतीमा उनी दूध पिउने बच्चाको भूमिकामा प्रस्तुत हुनेछन् भने अर्को प्रस्तुतिमा उनी गाउँले व्यक्ति टेलिफोन अपरेटर भएको भूमिका निर्वाह गर्नेछन्। तेस्रो प्रस्तुतीमा उनी कौन बनेगा करोडपति शैलीमा देखिनेछन्। दिनेश डिसीलाई ‘झ्याइँकुटी झ्याइँ’ श्रृंखलामा नेताको भूमिका निर्वाह गरिरहेका प्रदीप सिलवालले पनि साथ दिनेछन्।

हास्यकलाकार राजाराम पौडेल प्रज्ञा भवनको गाईजात्रे कार्यक्रमबाट नेपालका तीन ठूला राजनैतिक दलले धेरै कुरा सिक्ने सक्ने बताउँछन्। पौडेल भन्छन्- ‘हाम्रो देशमा तीन ठूला दल छन् तर कहिल्यै मिल्दैनन्, नेपाल टेलिभिजनबाट तीनवटा लोकपि्रय टेलिश्रृंखला प्रसारण हुन्छन्। तीनवटै श्रृंखलाबीच कडा प्रतिस्पर्धा हुन्छ, तर गाईजात्रा कार्यक्रमका लागि भने हामी तीनवटै टेलिश्रृंखलाका कलाकारहरू मिलेका छौं। हामीले दुई सातासम्म एउटै रंगमञ्चमा मिलेर कार्यक्रम सञ्चालन गरेजस्तै तीन ठूला दलले मिलेर काम गरे हाम्रो देश कहाँबाट कहाँ पुग्थ्यो होला !’

रमाइलो कुरा के छ भने, यसपटकको गाईजात्रा महोत्सव देशले समयमा संविधान नपाएको, प्रधानमन्त्रीको कुर्सीका लागि भएको प्रतिस्पर्धा, जेठ १४ देखि भदौ १४ सम्मको प्रसंग तथा राजनैतिक खिचातानीमा मात्र केन्दि्रत छैन। थुप्रै हास्यकलाकारले यसपटक सामाजिक विषयवस्तुमाथि पनि व्यंग्य गरेका छन्। किरण केसी, शिवहरि पौडेल, मनोज आचार्यजस्ता कलाकारको ‘छोडपत्र’ शीर्षकको प्रहसनले अहिले सहरी क्षेत्रमा मौलाइरहेको डिभोर्स गर्ने फेसनमाथि तीखो व्यंग्य गर्दैछ। समाजमा सानो कारणले श्रीमान्-श्रीमती अलग हुन थालेको प्रसंगलाई हास्य व्यंग्यात्मक शैलीबाट चित्रण गरिएको छ।

सभागृहमा मञ्चन हुने ‘र्फक स्वदेश’ शीर्षकको प्रहसनमा पनि राजनैतिक विषय केन्दि्रत छैन। यो प्रहसनले विदेश पलायन हुनेहरूलाई व्यंग्य गर्दै स्वदेशमै बसेर अथवा स्वदेश फर्किएर देशको सेवा गर्नुपर्छ भन्ने सन्देश बोकेको छ। पुराना हास्यकलाकार खेम शर्माले विदेशबाट दुःख पाएर फर्किएको नेपालीको प्रतिनिधित्व गर्दै विदेशमा पैसाभन्दा बढी दुःख कमाइन्छ भन्ने सन्देश दिन खोजेका छन्।

सभागृहमै प्रस्तुत गरिने दमन रुपाखेती तथा शेखर खनालको ‘बाँदरखाना’ ले भने संविधानसभा तथा सभासद्हरूको क्रियाकलापमाथि व्यंग्य गरेको छ। नेपाली सभासदहरू कसको ईशारामा काम गरिरहेका छन् भन्ने बुझ्न यो प्रहसन हेर्नै पर्ने तर्क छ दमन रूपाखेतीको।

सभागृहकै ‘दाह संस्कार’ मा पनि चोटिलो व्यंग्य गरिएको छ। प्रधानमन्त्रीको कुर्सी पुरानो भएको, यसमा बस्ने प्रायः सबै नेता कामै नलाग्ने भएकाले उक्त कुर्सीकै दाहसंस्कार गरेर नयाँ कुर्सी निर्माण गर्नुपर्ने आशय यो प्रहसनमा समेटिएको छ। पुराना कलाकार प्रभाकर शर्मा तथा उनको समूहले यो प्रहसनमा अभिनय गरिरहेका छन्।

सभागृहको गाईजात्रामा बाँदरखाना, दाहसंस्कार, र्फक स्वदेश, नेताहरूको जय होस् तथा डाक्टरले छोयो कि गयो गरी जम्मा ५ वटा प्रहसन प्रस्तुत गरिँदैछ। भदौ ४ गते आइतबारसम्म हरेक दिन साँझ ५ः३० बजेदेखि प्रारम्भ हुने गाईजात्रे महोत्सवमा व्यंग्य कवि लक्ष्मण गाम्नाङेले एउटा व्यंग्यात्मक कवितामार्फत सभासद्हरूको झाँको झार्नेछन्।  समयमा संविधान नलेख्ने सभासदहरूलाई कवितामार्फत गरिएको व्यंग्य दर्शकलाई मनपर्ने कुरामा कवि गाम्नाङे ढुक्क छन्। महोत्सवमा चर्चित नृत्यांगना सम्झना बुढाथोकीले एउटा आइटम गीतमा नृत्य प्रस्तुत गर्दैछिन्। यो महोत्सवमा संगीतकार तथा गायक सुरेश अधिकारीले एउटा प्यारोडी गीत प्रस्तुत गरेर दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नेछन्। ग्लोबल बिजले आयोजना गर्न लागेको झ्याइँकुटी जय होस् गाईजात्रे महोत्सव करिब तीन घण्टा लामो हुनेछ। सार्वजनिक बिदाको दिन दिउँसो २ः३० बजे थप एउटा शो सञ्चालन गरिने बताइन्छ।

प्रज्ञा भवनको गाईजात्रा कार्यक्रमको आयोजना ओरियन्टल इभेन्ट्स प्रालिले गर्न लागेको हो। आयोजक संस्थाका प्रकाश पुडासैनीका अनुसार यो महोत्सव जम्मा १६ दिन चल्नेछ, जसमा कुल २० वटा कार्यक्रम प्रस्तुत गरिनेछ। भोलि शनिबार प्रारम्भ हुने प्रज्ञाभवनको महोत्सव भदौ ११ गतेसम्म जारी रहनेछ। पुडासैनीका अनुसार प्रत्येक दिन साँझ ५ः३० बजे -सार्वजनिक बिदाको दिन थप एक शो दिउँसो २ः३० बजे) प्रारम्भ हुने यो महोत्सव करिब तीन घण्टा लामो हुनेछ। यो महोत्सवमा करिब तीन दर्जन कलाकार सहभागि हुँदैछन्। यो कार्यक्रममा हास्यश्रृंखला जीरे खुर्सानीका कलाकारले ‘थि्र इडियट्स’ तथा ‘छोडपत्र’ गरी दुई प्रहसन प्रस्तुत गर्दैछन् भने मेरी बास्सैका कलाकारहरूले ‘डमी’ शीर्षकको प्रहसन देखाउनेछन्। तीतो सत्यका कलाकारले ‘शान्ति’ शीर्षकको एउटा प्रहसन प्रस्तुत गर्नेछन् भने तीनैवटा टेलिश्रृंखलाका कलाकारहरू मिलेर ‘खुरुक्क दिएर जा’ शीर्षकको प्रसहन प्रस्तुत गर्दैछन्।

प्रज्ञाभवनको गाईजात्रा कार्यक्रममा व्यंग्य कवि शैलेन्द्र सिम्खडाले एउटा व्यंग्य कविता वाचन गर्दैछन्। कार्यक्रममा संगीतकार टीका भण्डारीको प्यारोडीले दर्शकहरूलाई नचाउने छ। उक्त कार्यक्रममा नृत्यांगना सुजाता सिटौलाले एउटा आईटम डान्स प्रस्तुत गर्दैछिन् भने दम्पती नृत्यांगना राजेश केसी तथा लक्ष्मी केसीले विभिन्न गीतको सम्मिश्रणमा एउटा सामूहिक नृत्य प्रस्तुत गर्नेछन्।

Posted by: Dambar Rimal                                                          Source: saptahik

One response to “दुई साता हाँसेको हाँस्यै

  1. Hamile chahi kaha gaera herne ta? eti herna ktm janu namilne!
    Tv bata dekhae hune thiyo ki..Recorded Dekhae pani hun6 ni! baru kun Channel bata kahile kahile au6 hola?

    Pokhreli Bro..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.