जग्गा किन्दै हुनुहुन्छ ? होस गर्नुस्


कागजातका भरमा मात्रै जग्गाको कारोबार गर्दै हुनुहुन्छ भने होस गर्नुस् । मंगलबजारका विकासमान प्रधानजस्तै तपाईं ठगिन पनि सक्नुहुन्छ । नचिनेका मान्छेसँग जग्गा किन्दा उनी ठगिएनन् मात्रै, जेलसमेत परे । ‘त्यो कुरो सम्झ्यो कि मलाई त्यसै दिक्क लागेर आउँछ,’ गहना तथा मुद्रा विनियमका व्यापारी प्रधानले भने, ‘नचिनेको मान्छेलाई विश्वास गर्दा पाउनु गोता पाएँ ।’

सात वर्षअघि उनले धापासीको १२ आना तीन पैसा जग्गा किने १२ लाखमा । अहिलेको मूल्य अनुसार उनी करोडपति हुनुपर्ने हो । तर उनी नाफा त के, साउँ पनि गुमाएर बसेका छन् । ‘जसले उनलाई जग्गा बेच्यो, त्यो जग्गा उसको थिएन,’ ललितपुर जिल्ला अदालतका तहसिलदार देवकुमार श्रेष्ठ भन्छन्, ‘सस्तोमा पाएँ भन्दैमा उनले हत्त न पत्त पैसा हालेर ठगिने काम गरें ।’

गुल्मीका पीताम्बर अर्यालको उक्त जग्गा आफ्नो भनेर बेच्ने काम गरेका रहेछन् लमजुङ अर्चलबोटका बलबहादुर कुँवरले ।

चिन्नु न जान्नुका कुँवरले ५ लाख उधारोमा जग्गा बेच्दा पनि प्रधानलाई आफू ठगिएको पत्तो भएनछ । उनका छिमेकी मंगलबजारका वडा सदस्य बेखराज शाक्यले ‘त्यो मेरै मान्छे हो, चिन्ता नलिनु’ भनिदिएकाले उनी ढुक्क थिए रे । जग्गा पास गर्न मालपोतमा जाँदा पोल खुल्ला भनेर कुँवरले घरमै ‘डोर’ (कारोबारी बिरामी पर्दा वा अड्डामा जान नसक्दा मालपोतका कर्मचारी घरमै पुगेर जग्गा पास गर्ने काम) झिकाएछन् ।

तेह्रथुमका दलबहादुर लिम्बू, मालपोतका अधिकृत तथा रामचन्द्र केसी र पुष्कर शाह उनको सहयोगी बनेर प्रधानको घरैमा पुगेछन् । बेखराज शाक्य साक्षी बसिदिएछन् । र पूरै नक्कली कागज तयार पारेर ७ लाख रुपैयाँ नगद र पछि पाँच लाख फुत्काएछन् । ‘जग्गा जोडेकामा म त दंग थिएँ,’ प्रधानले दिकदारी पोखे, ‘पछि व्यापारका लागि अलिकति ऋण झिक्न भनेर बैंकमा जग्गा धितो राख्न जाँदा पो छाँगाबाट खसेजस्तो भएँ ।’

बंगलादेश बैंकले धितो स्विकार्नुअघि मालपोतको दर्ता उतार ल्याउन उनलाई भन्यो । ‘म त्यहाँ जाँदा त मलाई नै ठग भन्दै प्रहरीले पक्रियो,’ उनी भन्छन्, ‘ठगहरूले पूरै जालो बुनेर बसेका रहेछन् ।’ प्रहरीले १७ दिन थुनिदिएपछि उनलाई अदालतले छाडिदियो । पछि उनले आफूलाई ठग्ने सबै विरुद्ध मुद्दा दायर गरे ।

ललितपुर जिल्ला अदालतले मतियारको अभियोग लागेका दलबहादुर लिम्बूलाई ५ वर्ष कैद र झन्डै ६ लाख रुपैयाँ जरिवाना गरिदियो भने बेखराज शाक्यलाई २ वर्ष कैद र त्यति नै जरिवाना फैसला गरिदियो । मुख्य अभियुक्त र मतियार चाहिँ फरार थिए । यसविरुद्ध लिम्बू र शाक्य पुनरावेदन गए । पुनरावेदन अदालत पाटनले कैद सदर गर्दै जरिवाना १ लाख ७४ हजार मात्रै तिर्नुपर्ने फैसला गरिदियो ।

उनीहरू थुनामा परे पनि र आफ्नो पैसा फिर्ता नभए पनि मुख्य अभियुक्त फरार भएकामा प्रधानलाई दुःख लागिरहेको थियो । पछि २०६५ मा अर्कै एक ठगी मुद्दामा कुँवरलाई प्रहरीले पक्राउ गर्‍यो । प्रकाशमानलाई पनि ठग्ने उनै भएको पत्तो पाएपछि उनीविरुद्ध फेरि ललितपुरमा मुद्दा चल्यो ।

झन्डै दुई वर्ष अदालत धाएपछि न्यायाधीश लेखनाथ ढकालको इजलासले फैसला सुनायो, जसअनुसार कुँवर ९ वर्ष जेल बस्नुपर्ने भयो भने ११ लाख ७९ हजार ३ सय ५० रुपैयाँ बिगो तिर्नुपर्ने भयो । उनीसँगै फरार मतियार पुष्करराज शाहले पनि ६ वर्ष जेल र ११ लाख ९४ हजार जरिवानाको सजाय पाए । अर्का मतियार रामचन्द्र केसी अझै फरार छन् । शाक्य र लिम्बू जेलबाट छुटिसके भने कुँवर र शाह अहिले जेलमै छन् ।

‘तर मेरो चित्त बुझेको छैन,’ विकासमान भन्छन्, ‘मेरो पैसा पनि फिर्ता आएन, जग्गा पनि पाइनँ, समय पनि बडो तनावमा बित्यो । मुद्दा लड्दा उल्टै डेढ लाख रुपैयाँ खर्च पनि भयो ।’

Posted by: Dambar Rimal                                                       Source: ekantipur

Advertisements

One response to “जग्गा किन्दै हुनुहुन्छ ? होस गर्नुस्

  1. sunera dukha lagyo.jasle thagera dui din aafulaai khushi raakhchha ek din tyo pani awashya parchha.na aattinu hos tapaiko parishramko kamai kasari sittaima khalan ta?awashya aaune chha bhagawansanga praarthana mero.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.