दसैं आउन ठ्याक्कै डेढ महिना बाँकी छ तर नेपालका अधिकांश हास्यकलाकारको दसैं आज शुक्रबारदेखि नै प्रारम्भ हुँदैछ। वर्षमा एकपटक आउने गाईजात्रा पर्वलाई हास्यकलाकारको दसैं नै मानिन्छ । नमानियोस् पनि किन ? करिब दुई सातासम्म रंगमञ्चमा प्रस्तुत भएर हजारौं दर्शकलाई हँसाउन पनि पाउने, दर्शक हँसाएपछि दाम पनि पाइने भएपछि गाईजात्रा उनीहरूका लागि दसैं नहुने त कुरै भएन नि ! पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 17/08/2011
दुई साता हाँसेको हाँस्यै
जग्गा किन्दै हुनुहुन्छ ? होस गर्नुस्
कागजातका भरमा मात्रै जग्गाको कारोबार गर्दै हुनुहुन्छ भने होस गर्नुस् । मंगलबजारका विकासमान प्रधानजस्तै तपाईं ठगिन पनि सक्नुहुन्छ । नचिनेका मान्छेसँग जग्गा किन्दा उनी ठगिएनन् मात्रै, जेलसमेत परे । ‘त्यो कुरो सम्झ्यो कि मलाई त्यसै दिक्क लागेर आउँछ,’ गहना तथा मुद्रा विनियमका व्यापारी प्रधानले भने, ‘नचिनेको मान्छेलाई विश्वास गर्दा पाउनु गोता पाएँ ।’ पढ्नेक्रम जारी राख्नुहोस्
सार्वजनिक बाटोमा प्लटिङ
ललितपुरको बुङमतीमा जग्गा व्यवसायीले सार्वजनिक बाटोमाथि नै प्लटिङ गरेको भेटिएको छ । भिवोर डेभलपर्सले बुङमतीको भण्डारीटोलमा तीन फिट फराकिलो सार्वजनिक बाटो नै नरहने गरी प्लटिङ गरेको हो । गाविस, नापी हुँदै नगर विकास समितिले समेत डेभलपर्सलाई सार्वजनिक बाटोमाथि प्लटिङ गर्न अनुमति दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार, रोचक समाचार
सुनको भाउ फेरि आधा लाख नाघ्यो
एकै दिन ७ सय ५० बढ्यो-
काठमाडौँ, साउन ३२ – केही दिनदेखि घटिरहेको सुनको भाउ आज फेरि आधा लाख नाघेको छ। स्थानीय बजारमा आज सुन प्रति तोला ५० हजार २ सय ५० मा कारोबार भइरहेको छ। नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार हिजोको तुलनामा आज एकै दिन सुनको भाउ प्रति तोला ७ सय ५० रुपैयाँले बढेको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र
प्रधानमन्त्रीमा देउवाभन्दा भट्टराईको पल्ला भारी
काठमाण्डौ । झलनाथ खनालको राजीनामासँगै सुरु भएको नयाँ सरकार निर्माणको दौडमा एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा देखिएका छन् । माओवादीले यसअघि नै भट्टराईलाई आगामी उम्मेदवार घोषणा गरेको थियो भने देउवालाई मंगलबार बिहान कांग्रेस शीर्ष नेताहरूको बैठकले सहमतिको सरकारको लागि उम्मेदवार बनाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
स्त्रीमाथि जाइलाग्ने अनौठा अपराधी
श्रीलंकामा अचम्मका मानसिक रोगीको बिगबिगी बढेको छ । रातिमा घरमै छिरेर महिलाको स्तन तथा घाँटी टोकिदिने, काटिदिने र बलत्कारको प्रयास गर्ने जस्ता मनोरोगीको आक्रमणबाट अहिलेसम्म ३ जना महिलाको ज्यान गईसकेको छ । ग्रीज डेविल्स नामको अपराधिक समूहसँग सम्बन्ध रहेको मानिएका आक्रमणकारीले आक्रमण गर्ने समयमा कट्टु मात्र लगाउने र प्रहरीबाट फुत्किन शरिरभरी तेल दल्ने गरेको बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार