कोरियामा दुई नेपाली खेलाडी वेपत्ता


कोरिया साउन ३१ । दक्षिण कोरियाको नामयङजु सिटिमा विश्व तेक्वान्दो हानमादाङृ सभागिता जनाउन आएका दुई नेपाली खेलाडी कोरियामा वेपत्ता भएका छन् । गत अगस्त १० तारिख देखि १३ तारिख सम्म भएको खेलमा उनीहरुले अनुपस्थित भएपछि यस्तो रहस्य खुलेको हो । विश्व तेक्वान्दो महासंघ तथा कोरिया तेक्वान्दो संघको संयुक्त आयोजनामा आयोजित एक कार्यक्रममा सहभागी हुन उनीहरु गत जुलाई ९ तारिखमा कोरिया आएका थिए ।

विश्वकिर्तीमानी तेक्वान्दो खेलाडी संगिना वैध सहित १२ जनाको टोलीसंगै कोरिया आएका भुपेन्द्र मगर र उत्तम रिमाल विश्व तेक्वान्दो हानमादाङृ खेलमा सहभागीता जनाउन कोरिया गएका थिए । सो खेलमा विश्वका ८० वटा राष्ट्रका ११ सय भन्दा बढी खेलाडीको सहभागीता रहेको थियो ।

नेपाल तेक्वान्दो संघको खेलाडी छनौट प्रक्रियामा भएको लापारवाही, नातावादक्रितावाद र भ्रष्टचारी प्रवृतीको कारण यस्तो अवस्था आएको खेलाडीहरुले गुनासो गरेका छन् ।

Posted by: Indra Bhusal

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.