सहमतिको सरकारको विकल्प छैन: नेम्वाङ


काठमाण्डौ, ३० साउन । सभामुख सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री झलनाथ खनालले आफ्नो पदबाट राजीनामा दिइसक्नुभएको अवस्थामा राष्ट्रिय सहमतिको सरकार गठन हुनुको अर्को विकल्प नरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो- ‘पाँचबुँदे सहमतिअनुसार प्रधानमन्त्रीले राजीनामा दिनुभएको छ । अब त्यसै सहमतिमा टेकेर राष्ट्रिय सहमतिको सरकार गठन गरिनुपर्दछ ।’

अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार कमिटीद्वारा परिवर्तित सन्दर्भमा नेपालको विदेश नीति’bout आज संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै सभामुख नेम्वाङले अब राष्ट्रिय सहमतिको सरकार गठन हुने कुरामा कुनै शङ्का छैन भन्नुभयो ।

सभामुख नेम्वाङले राष्ट्रिय सहमतिको सरकारले नै शान्ति र संविधानका बाँकी कामहरु पूरा गर्ने विश्वास व्यक्त गर्दै यथाशीघ्र राष्ट्रिय सहमतिको सरकार गठन गर्न राजनीतिक दलहरुसँग आग्रह गर्नुभयो । पाँचबुँदे सहमतिलाई संसद्ले अनुगमन गरिराखेको चर्चा गर्दै उहाँले भन्नुभयो – अब पाँचबुँदे सहमतिअनुरुप नै सरकार बन्नुपर्छ । मुलुक अहिले अप्ठ्यारो अवस्थामा रहेकाले यसलाई पार लगाउन सबै एक ढिक्का हुनुपर्छ , उहाँले भन्नुभयो ।

सरकार परिवर्तनसँगसँगै परराष्ट्र नीति परिवर्तन हुन नहुने विचार व्यक्त गर्दै उहाँले नेपालको परराष्ट्र नीति तयार गर्न आयोजित कार्यक्रमले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उपसभामुख पूर्णकुमारी सुवेदीले सुखी र खुसी हुने नेपालको परराष्ट्र नीति हुनुपर्छ र यस्तो परराष्ट्र नीति बनाउँदा दीर्घकालीन र तत्कालीन असरहरुलाई ध्यान दिनुपर्छ भन्नुभयो ।

अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिका सभापति पद्मलाल विश्वकर्माले परिवर्तित अवस्थामा नेपालको परराष्ट्र नीति कस्तो हुनुपर्छ भनेर समितिले मस्यौदा तयार गरेको जानकारी दिनुभयो । सोही मस्यौदामा विज्ञहरुद्वारा आज सुझाव सङ्कलन गरिने कार्यक्रम रहेको छ ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.