कास्कीमा बाख्रा चराउँदै बंगलादेशी युवा


अर्जुन गिरी/कास्की, ३० साउन । रोजगारीका लागि दैनिक सयौं नेपाली युवा विदेश पलायन भइरहेका बेला विदेशी नागरिक पनि नेपालमा रोजगारका लागि आउँछन् भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर, कास्कीको एउटा गाउँमा बंगलादेशी नागरिक बाख्रा गोठालाका लागि भिसा अनुमति लिएर काम गरिरहेका छन् ।

यसरी बाख्रा गोठालोको काम गर्ने बंगलादेशी नागरिक मोहम्मद आसराफुल आलम हुन् । उनी विगत ७ महिनायता कास्कीको भरतपोखरी गाविस-३, सिगारेवासमा रहेको चन्द्रकान्त आचार्य र विजय आचार्यको संयुक्त लगानीमा सञ्चालित बाख्रा गोठमा काम गरिरहेका छन् । उनले बाख्रा हेरे बापत खाइलाई माशिक ८ हजार तलब पाउँछन् । आचार्यद्वयको गोठमा १५० बाख्रा छन् । “म नेपालमा रु २ लाख २० हजार कमाएर तीन वर्षपछि मात्र आफ्नो मुलुक बंगलादेश फर्कनेछु’ निकै उत्साही मुद्रामा भेटिएका आलमले भने ।

२५ वर्षीय आलमले एक बंगलादेशै मेनपावर कम्पनीले इराक पठाइदिने भन्दै २ लाख २० हजार लिएको तर, पछि नेपालमा जाने भए बाख्रा गोठालाको काम पाइन्छ भनेपछि आफू नेपाल आएको बताए । नेपाल आएर काम गर्न पाएकोमा उनी प्रशन्न छन् । ‘मलाई काम गर्न कुनै अप्ठ्यारो भएको छैन’ आलमले भने ‘आफ्नै देशमा काम गरे जस्तै सजिलो लागेको छ ।’ नेपालको हावापानी मन परेको र नेपालीहरुको व्यवहार आफूलाई राम्रो लागेको उनको भनाइ छ ।

उनी नेपाल आएको एक वर्षपछि छुट्टी मनाउन घर जाने योजनामा छन् । आलमले नेपाल र नेपाली मन पराएका मात्र होइनन्, आलमलाई पनि बाख्रा गोठका धनी आचार्यद्वय र अन्य गाउँलेले मन पराएका छन् । ‘उ आफ्नो काम जिम्मेवारीपूर्वक गर्छ’ चन्द्रकान्तले भने ‘यो बंङलादेशी मिहेनती छ, दिनको ४ घण्टा बाख्रा हेर्ने काम गर्छ तर यसले नजानेको काम केही पनि छैन ।’ आचार्यले आफूले काम नभ्याउने भएकाले दुई जना कामदारको खोजी गरे पनि नपाएको बताए ।

‘मलाई दुईजना कामदार चाहिएको थियो, गाउँका एकदुई जना केटाहरुले काम गर्छु भनेका पनि थिए । तर, बाख्रा हेर्ने काम भने पछि तर्किए । नेपालीहरु विदेश गएर शौचालय सफा गर्न पनि पछि पर्दैनन् तर आफ्नो देशमा बाख्रा हेर्ने भने पछि गाह्रो मान्दछन्’ आचार्यले भने । १८ वर्ष विदेशमा विताएर आएका स्थानीय विष्णुकुमार गुरुङले आफ्नै देशमा अरुले काम गरेर पैसा कमाएको देखेर विदेश जाने चक्कर छाडेर तरकारी खेती र माछा पालन सुरु गरेको बताए ।

Posted by: Jay Ale

Advertisements

2 responses to “कास्कीमा बाख्रा चराउँदै बंगलादेशी युवा

  1. katai sujata koairalako jowai ta parenan yo bangaladesi gothalo.

  2. I’m very happy to read this news. dherai khusi lagyo yo chhuttai kisism ko news padhna pauda thank you kuwaitnepal

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.