पहिरोका कारण तनहुमा पाँच घरपरिवार विस्थापित


 तनहुँ, श्रावण २९ – तनहुँको पोखरीभञ्ज्याङ गाविस वडा नं १ बेलवासका पाँच घरपरिवार पहिरोका कारण विस्थापित भएका छन् ।आइतबार राति देखि परेको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले स्थानीय मोतीलाल थापा, मदन गुरुङ, बलबहादुर थापा, शिवबहादुर थापा र शर्मिला गुरुङका परिवार विस्थापित भएका हुन् ।

पहिरो प्रभावित घरपरिवारलाई आइतबार बिहानै स्थानीयवासीको सहयोगमा छिमेकीको घरमा सारिएको स्थानीय यामबहादुर थापाले जानकारी दिए  ।

पहिरोकै कारण सोही वडाका कान्छा तिमिल्सेनाको गाई भैँसी फार्मसमेत खतरामा रहेकाले त्यहाँ रहेका गाई भैँसी अन्यत्रै सारिएको उनले बताए  ।

त्यसैगरी अविरल वर्षाका कारण जामुने गाविस वडा नं २ गुणादीमा पहिरोले अवरुद्ध बनेको पृथ्वीराजमार्ग अन्र्तगत पर्ने दमौली–थर्पु सडकखण्ड पाँच घन्टापछि सुचारु भएको जिल्ला प्रहरी कार्यालयले  जनाएको छ ।

Posted by: Shiva Paudel

Source: ekantipur

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.