एनआरएनए नेदरल्याण्डको निर्वाचनमा झडप


जय आले, कुवेत

एनआरएनए नेदरल्याण्डको निर्वाचन कार्यक्रम १३ अगष्त २०११ का दिन सम्पन्न भएको छ । निर्वाचन कार्यक्रम र मतगणना सम्पन्न भईसकेपश्चात दुई पक्षिय झडप भएको छ । झडपमा केही व्यक्तिहरु घाइते भएका छन भनें झडप बिपक्षका एक जनाले मादक पदार्थ सेवन गरी होहल्ला गर्दै अरुलाई आक्रमण गरेकोले भएको निर्वाचित अध्यक्ष नारायण प्रसाद आचार्यले बताउनु भएको छ ।

करिव वेलुकी ७ वजे भएको सो झडपमा घाइतेहरु सामान्य उपचारपछि फर्केका छन भने झडप गर्नेलाई स्थानिय प्रहरीले प्रकाउ गरेको छ । श्रोतका अनुसार, एनआरएनए नेदरल्याण्डको निर्वाचनमा प्रजातान्त्रिक पक्षधर नारायण प्रसाद आचार्यले नेतृत्व गरेको समुहले विजय प्राप्त गरेको छ ।

निर्वाचनमा ५०० भन्दा वढी मत खसेको थियो । अध्यक्षमा विजयी नारायण आचार्यले २८२ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी फडिन्द्र काफ्लेले २१६ मत प्राप्त गरे । यसैगरी निर्वाचित अन्य पदाधिकारीहरुमा: उपाध्यक्ष – प्रेम सिहं गुरुग, सिब गुरुग, कोडिनेटर – श्रीराम कंडेल, ज्वाइन्टकोडिनेटर- विष्णु प्रसाद बास्तोला, कोषाध्यक्ष- डम्मर प्रसाद चुडाल, सहकोषाध्यक्ष- झलक बिक्रम जिसी, सदस्यमा अच्युत कट्टेल, भिम रोका, बिनोद गौतम, चन्द्र सम्सेर केसी, हरि बराल, जितेन्द्र कुमार श्रेष्ठ, खेम बहादुर गुरुग, राजु हमाल, रुदीप खनाल, सबी रिजाल, टेक प्रसाद पाण्डे, उत्तम कंडेल र आइसिसी सदस्यमा शारादा बराली निर्वाचित भएका छन ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.