Daily Archives: 14/08/2011

एनआरएनए नेदरल्याण्डको निर्वाचनमा झडप


जय आले, कुवेत

एनआरएनए नेदरल्याण्डको निर्वाचन कार्यक्रम १३ अगष्त २०११ का दिन सम्पन्न भएको छ । निर्वाचन कार्यक्रम र मतगणना सम्पन्न भईसकेपश्चात दुई पक्षिय झडप भएको छ । झडपमा केही व्यक्तिहरु घाइते भएका छन भनें झडप बिपक्षका एक जनाले मादक पदार्थ सेवन गरी होहल्ला गर्दै अरुलाई आक्रमण गरेकोले भएको निर्वाचित अध्यक्ष नारायण प्रसाद आचार्यले बताउनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

पारसलाई बैंककमा फ्ल्याट उपहार


पूर्वयुवराज पारस शाहले बैंककमा सुविधा सम्पन्न फ्ल्याट उपहार पाएका छन् । उपहार दिएका छन् पूर्वराजा ज्ञानेन्द्रका साथी प्रभुशमशेर राणाले । अब पारसका छोरा र एक छोरी उतै बस्ने भएका छन् ।

स्रोतका अनुसार पूर्वयुवराज्ञी हिमानी, छोरा हृदयेन्द्र र छोरी पूणिर्कालाई लिएर सोमबार बैंकक जाँदै छिन् । दिउँसो १२ बजे उनीहरूको उडान छ । पढ्नेक्रम जारी राख्नुहोस्

अब टिभीबाटै इन्टरनेट


काठमाडौं, साउन २९-  अब नेपालीले पनि टेलिभिजनमै कम्प्युटरमा जस्तै गरी इन्टरनेट चलाउन सक्ने भएका छन्। सोनी कम्पनीले बजारमा ल्याएका इन्टरनेट टिभी नेपाल भित्रिएकाले ग्राहकले यस्तो सुविधा पाउने भएका हुन्। सोनीको आधिकारिक बिक्रेता नेपाहिमा ट्रेडलिंकले नेपाली बजारमा १२ थरी थ्रीडी इन्टरनेट टेलिभिजन ल्याएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

पहिरोका कारण तनहुमा पाँच घरपरिवार विस्थापित


 तनहुँ, श्रावण २९ – तनहुँको पोखरीभञ्ज्याङ गाविस वडा नं १ बेलवासका पाँच घरपरिवार पहिरोका कारण विस्थापित भएका छन् ।आइतबार राति देखि परेको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले स्थानीय मोतीलाल थापा, मदन गुरुङ, बलबहादुर थापा, शिवबहादुर थापा र शर्मिला गुरुङका परिवार विस्थापित भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतको महबुल्लामा मैत्रीपूर्ण भलिबल खेल हुने


आशिष कुँवर, कुवेत

यहि आगामी १९ अगष्त २०११ को दिन, कुवेतको महबुल्लास्थित एकान्त टोल भलिबल मैदानमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने भएको छ । कुवेतको सबैभन्दा पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबको भलिबल आयोजनाको ठिक एक महिना अगाडिको यो खेल प्रतियोगिताको लागि पूर्व तयारीको साथै गर्मि मौसमको कारणले धेरै लामो समयदेखी पढ्नेक्रम जारी राख्नुहोस्

‘महिला नबेचिने देशमा जिउन चाहन्छु’


पाँच पश्न…

१३ असार २०६८ मा अमेरिकी सरकारबाट आधुनिक दासता अन्त्यका लागि क्रियाशील नायक-२०११ सम्मान पाएकी चरिमाया तामाङ भन्छिन्, “हिजो नेपाली चेलीहरू गाउँबाट भारतको मुम्बई पुर्‍याइन्थे आज गाउँ र शहरबाट खाडी देशमा पुर्‍याइन्छ ।”

तपाईंले पाउनुभएको सम्मानको के महत्व छ ?
मैले पाएको सम्मान मानवता विरोधी अभियानमा योगदान पुर्‍याउने जुनसुकै क्षेत्रका व्यक्तिलाई अमेरिकाले दिने सम्मान हो । यो सम्मान व्यक्तिगत रूपमा मैले पाएको भन्दा पनि नेपालले पाएको हो, मानव बेचविखन विरोधी हाम्रो अभियानले पाएको हो । सबै मिलेर नेपाललाई महिला नबेचिने देश बनाउने कुरामा यो सम्मानको महत्व छ । पढ्नेक्रम जारी राख्नुहोस्

बडीबिल्डरको आहारा


दिपक राना, काठमाडौँको बत्तीसपुतलीका पेसाकर्मी प्रसिद्घ अधिकारी अचेल दिनहुँ मांसपेशी बढाउने ‘मसल गेनर प्रोटिन’ खान्छन् । उनलाई आफ्नो शरीर सुगठित बनाउनु छ अर्थात् उनी बडीबिल्डिङ् गररिहेका छन् । यो खाद्य पाउडर हो, जसलाई शारीरकि सुगठनको क्षेत्रमा ‘डायटरी सप्लिमेन्ट’ भनिन्छ । नेपालमा केही वर्षअघि मात्रै भित्रिएको यो शक्तिबर्द्धकको चलन अहिले बढिरहेको छ । चर्चित सुगठक अर्थात् बडीबिल्डर मिलन सिजापति हुन् या सानु गुरुङ, नेपाली बडीबिल्डरले अचेल अन्तर्राष्ट्रिय मञ्चमा पनि आफ्नो कौशल र क्षमता देखाउन थालेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्