प्रधानमन्त्री खनालले पर्सी संसदबाट राजीनामा घोषणा गर्ने


माधव ढुङ्गेल, काठमाडौं

नागरिक न्युज, साउन २८ । प्रधानमन्त्री झलनाथ खनालले पर्सी सोमबार बस्ने संसदको बैठकबाट राष्ट्रका नाउँमा सम्बोधन गरी राजीनामा घोषणा गर्ने तयारी गरेका छन् । आज बिहानको तीन दलीय बैठक परिणाम आफ्नो पक्षमा ल्याउन असफल भएपछि उनी राजीनामा गर्ने निष्कर्षमा पुगेका हुन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार पुरुषोत्तम पौडेलका अनुसार प्रधानमन्त्री खनालले आजै अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दल र मधेसी मोर्चासँग अर्को बैठक राखेका छन् । त्यस बैठकमा प्रधानमन्त्री खनालले शान्ति प्रक्रिया ’bout आफ्नो दृष्टिकोण प्रस्ट राख्ने उनले बताए ।

सल्लाहकार पौडेलले भने- ‘शान्ति प्रक्रिया ’bout सहमति नजुटेमा प्रधानमन्त्रीले संसदको अर्को बैठकमा राष्ट्रका नाममा सम्बोधन गरी राजीनामा घोषणा गर्नेछन् ।’ बैठकमा प्रधानमन्त्रीको प्रस्तावमा सहमति जुट्ने सम्भावना छैन । शुक्रबार बसेको माओवादी पदाधिकारी बैठकले शान्ति प्रक्रिया ’bout कुनै धारणा प्रस्तुत गर्न जरुरी नभएको र राजीनामाको विषय प्रधानमन्त्रीको विवेकको कुरा भएको निर्णय गरेको थियो। माओवादी निर्णयपछि प्रधानमन्त्रीको अवस्था कमजोर बनेको हो ।

प्रधानमन्त्रीले शान्ति प्रक्रिया ’bout ठोस सहमति नजुटेमा साउन २८ भित्र राजीनामा गर्ने भनी संसदमा यसअघि घोषणा गरिसकेका छन् । संसदको अर्को बैठक सोमबार ३ बजेका लागि तोकी सकिएको छ ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.