नेपालका चार अभिनेत्रीसँग ‘सुन’ संवाद


१. सुनको भाउ तोलाको साढे ४९ हजार पुगेको सुन्दा तपाईलाई कस्तो लाग्यो ?

सञ्चिता लुइँटेल: यो त अत्याचार नै हो । चाडपर्व सुरु हुने बेलामा अचाक्ली महँगो भएको छ । सुनको लक्ष्मी बनाउने रहर अहिले पूरा नहुने भएको छ ।
नम्रता श्रेष्ठ: कुनै पनि सामानको मूल्य बढ्नु ठिक होइन । सुन नभई नहुनेलाई यसले अप्ठेरो पार्छ ।
निशा अधिकारी: आफूले बिहे गर्न लागेको भए वा आमालाई सुनको केही उपहार दिनु परेको भए निकै गाह्रो हुन्थ्यो होला । त्यस्तो केही नभएकोले मलाई खासै चासो छैन ।
अरूणिमा लम्साल: पहिले नै केही जोडेर राखेको हुँदा खुसी लागेको छ । अहिलेको भाउमा बिक्री गर्दा राम्रै फाइदा हुने भएको छ ।

२. तपाईं सुनको के लगाउनु हुन्छ ?

सञ्चिताः सिक्री र औठी लगाउँछु ।
नम्रताः म सुनको पारखी होइन । तैपनि ग्रह-दशाको कारण आमाको करले दुइटा औंठी लगाएकी छु, सुनको अरु केही छैन ।
निशाः आमाले दिनुभएको ‘गुडलक’को औंठी मात्र लगाउँछु ।
अरूणिमा: म सुन पाएसम्म लगाउँछु । औँठी, सिक्री, ब्रासलेट र बाला ।

३. गहना लगाउन सुनको विकल्प के हुनसक्ला ?

सञ्चिता: नक्कली सुन पनि छ । सेतो सुनको माग पनि धेरैले गर्ने हुँदा सुन नै लगाउनुपर्छ भन्ने छैन । तीज नजिँकिदै छ । सुन लगाएर हिँड्दा ज्यानमाथि आक्रमण नहोला भन्न सकिन्न । गएको तीजमा मेरो घरबाट झन्डै १९ लाखको सरसामान चोरी भएको थियो । त्यसमा सुनकै गरगहना बढी थिए ।
नम्रता: प्लाटिनको सिक्री र सेतो सुन प्रयोग गर्दा राम्रो हुन्छ ।
निशा: चाँदी र सेतो सुन राम्रो विकल्प हो ।
अरूणिमा: म चाहिँ चाँदीलाई छनोट गर्छु ।

४. ‘ल्हासामा सुन छ कान मेरो बुच्चै’ उखान अहिले पनि सान्दर्भिक छ ?

सञ्चिता: नयाँ पुस्तामा सुनप्रतिको रुचि कमै देखिन्छ । त्यसैले यो उखान सान्दर्भिक नहोला कि ।
नम्रता: कहिलेकाहीँ पारिवारिक जमघटमा मात्र प्रयोग हुन्छ, यो सान्दर्भिक छैन ।
निशा: पैसा छ भने सहरमा जहाँ गए पनि किन्न सकिन्छ नि, ल्हासा पुग्नु पर्दैन ।
अरूणिमा: महँगो छ, त्यसैले जोकोहीलाई सुन लगाउन सजिलो छैन । उखान सान्दर्भिक नै छ ।

५. सुन किन महँगो भएको होला ?

सञ्चिता: चाडपर्वको कारणले माग बढ्दा अन्यको तुलनामा महँगो भएको हो कि ।
नम्रता: धेरैको रोजाइ नै सुन भएर हुन सक्छ ।
निशा: माग बढी तर पाउन गाह्रो भएकोले महँगो भएको हो ।
अरूणिमा: यसको उत्पादन पनि कम र डलरसँग समायोजन हुने हुनाले महँगो भएको हो ।

६. मान्छेको स्तर सुनको गहनाले निर्धारण गर्छ ?

सञ्चिता: बिल्कुलै गर्दैन । कतिपय समुदायले सांस्कृतिक रूपमा नै सुन लगाउँलान् तर सहरमा बस्नेले सुन खासै लगाउँदैन पनि ।
नम्रता: मान्छेको स्तर र सुन अलग कुरा हुन् । कसैलाई नभई हुँदैन । कसैले भए पनि लगाउँदैन ।
निशा: गर्दैन । तर कुनैकुनै ठाउँ वा समारोहमा शोभनीय नै हुन्छ होला ।
अरूणिमा: सबै धनी मान्छेले सुन लगाउँदैन । त्यसैले सुनलाई मान्छेको स्तर मान्न मिल्दैन ।

Photo/Posted by: Jay Ale

Source: Nagarik

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.