दोषी डाक्टरलाई कार्बाही, पीडितको सम्पूर्ण उपचार खर्च अस्पतालले व्यहोर्ने


चितवन साउन २८ । स्वास्थ्यमन्त्री लोकेन्द्र विष्टले भरतपुरको वीपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा घाँटीको विरामीको पाठेघरको शल्यकृया गर्ने चिकित्सक तथा कर्मचारीलाई कारबाहि गर्ने बताउनुभएको छ । चिकित्सकले यो घटनालाई सामान्य भन्दै ढाकछोपको प्रयास गरिरहेका वेला मन्त्री विष्टले दोषीलाइृ कारबाही गर्ने जानकारी दिनुभएको हो । सन्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री विष्टले दोषीलाई क्षमा दिन नसकिने बताउनुभएको हो । स्वास्थ्यमन्त्रीको यस्तो प्रतिकृया आएपछि पीडित छमकुमारीका आफन्तले राहतको महशुस गरेका छन् ।

यसैबीच छमकुमारी बोहराको सम्पूर्ण उपचार खर्च भरतपुर क्यान्सर अस्पताल चितवनले बेहोर्ने भएको छ । पीडित पक्ष र अस्पताल प्रशासनबीच गएराती अबेर भएको वार्तामा यस्तो सहमति भएको अस्पतालद्धारा गठित छानबिन समितिका प्रवक्ता डा देजकुमार गौतमले जानकारी दिनुभयो । अहिलेसम्मको सबै खर्च र आगामी दिनमा उपचारमा लाग्ने खर्च तथा विदेश लानुपरे पनि अस्पतालले नै खर्च बेहोर्ने सहमति भएको गौतमले जानकारी दिनुभयो । हिजोको छलफलमा घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नेसमेत सहमति भएको छ ।

Posted by: Jay Ale

Advertisements

One response to “दोषी डाक्टरलाई कार्बाही, पीडितको सम्पूर्ण उपचार खर्च अस्पतालले व्यहोर्ने

  1. Note to be pointed your owner!!! HAHAHAHAHAHAHHh
    “Nepal KA doctor” how they become doctor yaar they have dublicate certificate that they gain from money not well study…great

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.