Daily Archives: 13/08/2011

धेरै रोएं !!


ईन्द्र भूषाल, कुवेत


धेरै रोए तिम्रो सम्झनामा धेरै पल बिताए
धेरै सोंचे तिम्रो लागि धेरै गीत गाएं
मेरो गीत किन सुन्थ्यौ चिप्ले माया पाएपछी
गीत खल्लो भयो होला दु:खी गीत गाएपछी
खुशी भई जिउनु तिमी सम्झनाको तरेलिमा
बिर्सन त गाह्रो भयो निर्दोशिको परेलिमा पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

दोषी आँखा !!


ईन्द्र भूषाल, कुवेत


दोषी मेरा आँखाहरु सधै तिमलाई पर्खी रहे
कती बसन्त आए अनी कती बर्षात बिती गए
बिहानिको झुल्के घाम तिमलाई पर्खि बस्दापनी
आफ्नो जस्तो मानेनौ कि मैले कम्मर कस्दा पनि पढ्नेक्रम जारी राख्नुहोस्

मेरी आमा !!


ईन्द्र भूषाल, कुवेत


जन्म दिने मेरी आमा जन्म सँगै बिदा भयौ
कोर्का माथि म रुँदा मलाई छाडी कता गयौ
बाल्यकाल बित्यो आमा तिमलाई चिन्न सकिएन
मुहार हेरौ भने पनि साथमा फोटो राखिएन   पढ्नेक्रम जारी राख्नुहोस्

नेपालका चार अभिनेत्रीसँग ‘सुन’ संवाद


१. सुनको भाउ तोलाको साढे ४९ हजार पुगेको सुन्दा तपाईलाई कस्तो लाग्यो ?

सञ्चिता लुइँटेल: यो त अत्याचार नै हो । चाडपर्व सुरु हुने बेलामा अचाक्ली महँगो भएको छ । सुनको लक्ष्मी बनाउने रहर अहिले पूरा नहुने भएको छ ।
नम्रता श्रेष्ठ: कुनै पनि सामानको मूल्य बढ्नु ठिक होइन । सुन नभई नहुनेलाई यसले अप्ठेरो पार्छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री खनालले पर्सी संसदबाट राजीनामा घोषणा गर्ने


माधव ढुङ्गेल, काठमाडौं

नागरिक न्युज, साउन २८ । प्रधानमन्त्री झलनाथ खनालले पर्सी सोमबार बस्ने संसदको बैठकबाट राष्ट्रका नाउँमा सम्बोधन गरी राजीनामा घोषणा गर्ने तयारी गरेका छन् । आज बिहानको तीन दलीय बैठक परिणाम आफ्नो पक्षमा ल्याउन असफल भएपछि उनी राजीनामा गर्ने निष्कर्षमा पुगेका हुन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार पुरुषोत्तम पौडेलका अनुसार प्रधानमन्त्री खनालले आजै अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दल र मधेसी मोर्चासँग अर्को बैठक राखेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

लेबनानमा अपांग बनाइएकी मंगलीको बिचल्ली


श्रावण २८ । वैदेशिक रोजगारमा लेबनान जाँदा घर मालिकले कुटपिट गरी दुवै खुट्टा भाँचेर फर्काइदिएकी पोखरा, बाँझापाटनी ३१ वर्षिया मंगली परियारको बिचल्ली भएको छ । श्रीमान्को मृत्युपछि छोराछोरी पाल्न आर्थिक समस्याले लेबनान पुगेकी उनलाई मालिकले यातना दिई डेढ वर्षअघि घर पठाइदिएका थिए । खुट्टाका औंला दबिएका कारण हिँड्डुल राम्ररी गर्न नसक्ने उनले कमाउन नसकेका कारण सन्तान पाल्न समस्या भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

दोषी डाक्टरलाई कार्बाही, पीडितको सम्पूर्ण उपचार खर्च अस्पतालले व्यहोर्ने


चितवन साउन २८ । स्वास्थ्यमन्त्री लोकेन्द्र विष्टले भरतपुरको वीपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा घाँटीको विरामीको पाठेघरको शल्यकृया गर्ने चिकित्सक तथा कर्मचारीलाई कारबाहि गर्ने बताउनुभएको छ । चिकित्सकले यो घटनालाई सामान्य भन्दै ढाकछोपको प्रयास गरिरहेका वेला मन्त्री विष्टले दोषीलाइृ कारबाही गर्ने जानकारी दिनुभएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

युवा क्रिकेटर फर्किए


श्रावण २८, काठमाण्डौ । नेपाली युवा क्रिकेट टिमको सफलतामा अलराउन्ड प्रदर्शन महत्त्वपूर्ण रहेको प्रशिक्षक जगत टमाटाले बताएका छन् । आयरल्यान्डमा सम्पन्न आईसीसी यू-१९ छनोट प्रतियोगितामा दोस्रो हुँदै स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार उनले यस्तो प्रतिक्रिया दिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्