छोरी नबीना र नमुनाको खोलामा फालेर हत्या गरेको कृष्ण प्रसादले स्वीकारे


बोर्डिङमा पढाउने खर्च धान्न नसकेर हत्या गरेको तिवारीको भनाई अपत्यारिलो !!

पर्वत साउन २७ । अज्ञात समूहले आफ्नै घरबाटै अपहरण गरि लगेको भनिएका पिपलटारीका २ वालिका नविना र नमुनालाई आफ्नै बाबु कृष्ण प्रसाद तिवारीले हत्या गरेको सार्वजानिक भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले आज शुक्रवार एक पत्रकार सम्मेलनको आयोजना गरि उक्त कुरा सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा प्रहरीले बच्चाको कारण आफु र श्रीमतीलाई बढी आर्थिक बोझ भएको भन्दै २ छोरीलाई खोलामा फाली हत्या गरेका कृष्ण तिवारीले बताएको प्रहरीले जनाएको छ । घटनाका राति कृष्णले बाहिरबाट मदिरा सेवन गरी घरमा आएर ११ बजेको समयमा रामु अंकलको घरमा जान भनी सुतेका छोरीहरुलाई उठाई मोदीखोलको मोटरेबल पुलको विचमा लगी पहिला माहिली छोरी र त्यसपछि कान्छी छोरीलाई मोदी खोलामा फालेको प्रहरीले जनाएको छ ।

छोरीहरुलाई पुलतिर लगिरहेको बेला माहिली छोरी नवीनाले ‘हामी कहाँ जाने बुबा ?’ भन्दा केहि जवाफ नदिईकनै बाबुले उनिहरुलाई पुलको बीचमा पुराएपछि मोदीमा फालेर घरतर्फ फर्केको बताएको प्रहरीले जनाएको छ ।

निज तिवारीकी जेठी छोरी पिपलटारीको घरमा हजुरबुबा मुमासंग बस्ने गरेकी र बोर्डिङमा पढाउन माहिली र कान्छी छोरीलाई पकुवा गाविस स्थित सिल्मी फाँटको आफ्नै घरमा ल्याई आफुसमेत त्यिहं बस्नु परेकॊले बोर्डिङमा पढाउन धेरै आर्थिक भार परेकोले यसबाट बच्न उनिहरुको हत्या गरेको बाबु कृष्णले बताएको प्रहरीले जानकारी दिएको छ ।

बालिकाका बाबु कृष्ण प्रसाद तिवारीले गत १५ गते राती ११ बजेको समयमा मुखमा नकाव लगाएका अज्ञात समुहद्वारा अपहरण गरेको नाटक रची बालिकाहरुको खोजी गरिदिन आग्रह गरेका थिए । बालिकाका बाबु कृष्णप्रसाद तिवारीले चार।पांच जनाको संख्यामा आएका अपहरणकारीले पुलसम्म ल्याए पनि आफुलाई घर फर्काई छोरीहरुलाई मात्रै लगेको वताएका थिए । हतियारसहित आएका अपहरणकारीले १ लाख फिरौती मागेको र ‘छोरीहरु लिन भक्तपुरको गल्ली नं ३ मा आउनु’ भनेर गएको बताएका थिए ।

नकाबधारी समुहले अण्डा पकाइरहेको समयमा घरबाहिर निकालेर मोदीखोलाको मोटरेबल पुलसम्म दुई छोरी र आफुलाई सँगै लगेको र पुन आफुलाई घरलगि कसैलाई भनिस भने तेरा  बच्चा अनि प्रेम भाईको बच्चा पनि मारदिन्छु भनेर धम्की दिएकोले आफुले चाँडै प्रहरी र आफन्तलाई खबर गर्न नसकेको जस्ता कुराहरु बालिकाका बाबु कृष्णप्रसाद तिवारीले पत्रकार सम्मेलनमा बताएका थिए ।

बालिकाहरुले सदरमुकाम कुस्माबजारस्थित राष्ट्रिय बालशिक्षा सदन आवासिय माबिमा नमुना दुई र नबिनाले एक कक्षामा अध्ययन गर्दै आएका थिए । तिवारी ६ महिना पहिले इराकबाट रोजगारीबाट फर्केका थिए भने श्रीमती राधिका इजरायलमा रोजगारीका लागि रहेकी छन । बाबु आमा बिदेश हुँदा काकी हुमा तिवारीले पालनपोषण गर्दै आएकी थिईन् ।

पर्वत जिल्लाको पीपलटारी गाविस वार्ड नं ९का घर भई छिमेकी पकुवा गाविस स्थित सिल्मी फाँटको घरमा आफ्नै बाबुसँग बस्दै आएका ९ वर्षीया नमूना र ७ वर्षीया नवीनाको खोजिको लागि प्रहरीको जिल्ला क्षेत्रीय र केन्द्रीय स्तरको छानविन टोली बनाई खोजी गरिरहेको थियो ।

घटनाका एक मात्र साक्षी बालिकाका बाबु कृष्ण तिवारी मात्रै भएको र कृष्णको भनाई नाटकीय भएको कारण छानविन टोलीले पहिलो शंकाको घेरामा कृष्ण तिवारी नै बनाएर अनुसन्धान गरिरहेको थियो ।

नवीना र नमुनालाई बोर्डिङ पढाउने आर्थिक भारबाट बच्नकै लागि मात्र हत्या गरेको बाबु कृष्ण तिवारीको भनाईप्रति स्थानीयवासी विश्वास गर्न सकिरहेका छैनन् । यस हत्याकाण्डको पछि अरुपनि कारण हुनसक्ने उनिहरुको आशंका रहेको छ । हालै बुबा कृष्णप्रसादले काटपत्ती जुवामा धेरै पैसा हारेको उनी परस्त्रीसंग पल्कोको जस्ता गाँईगुँई समाजमा चलिरहेको तिरपनि अनुसन्धान अघि बढाउनु आवश्यक रहेको उनिहरुको तर्क छ । आफनै छोरीहरुलाई जीवीतै अवस्थामा खोलामा फालेर नुशंस हत्या गर्ने क्रुरता बुबामा आउनुमा बोर्डिङमा पढाउने खर्च धान्न नसकेर हो भन्ने कुरा स्वयंमा विश्वासिलो छैन ।

उनकी श्रीमती राधिका तिवारी इजरायलमा रोजगारीमा कार्यरत रहिरहेकी र बाबुपनि ६ महिना पहिले मात्र इराकबाट फर्केको अवस्थामा आर्थिक भार धान्न नसकेर छोरीहरुलाई हत्या गरेको भन्ने बाबुको भनाई रहस्यमय छ । ‘खर्च धान्न नसके पिपलटारी स्थित घरमा लगेर जेठी छोरीलाई जस्तै सामुदायिक बिद्यालयमा पढाए भैहाल्थ्यो नि !’ नाम नबताउने सर्तमा एक स्थानीयले धौलाश्रीसंग भने-‘ बोर्डिङको खर्च धान्न नसकेर आफनै दुई नाबालिग छोरीहरुको हत्या गर्ने मनस्थितिमा बाबु पुगेको भन्ने दलिल पत्यारिलो छैन । स्वयं छोरीहरुको नृशंस हत्या पछि अपहरणको त्यत्रो नाटक गरेर अनुसन्धान र समाजलाईनै दिग्भ्रमित पार्न सक्ने खुबी भएका कृष्ण प्रसादको आर्थिक अभावको यो दलिलपनि अर्को नाटक हुनसक्दैन भनेर कसरी विश्वास गर्ने ?’

‘छोरीहरुलाई बोर्डिङमा पढाउने खर्च धान्न नसकेकै कारणले मात्रै कृष्ण प्रसादले नवीना र नमुनालाई क्रुरतापूर्वक मोदी खोलामा फालेर हत्या गरेका हुन् त ?’ यहि प्रश्न अहिले पर्वतमा मात्र नभएर यत्रतत्र सर्वत्र उठिरहेको छ । पर्वतमा अपहरण जस्ता घटना घट्यो भनेर त्रसित समाज अहिले अपहरणको त्रासबाट भने मुक्त भएका महसूस गरेका छन् ।

Posted by: Jay Ale

Source: Dhaulashree

Advertisements

3 responses to “छोरी नबीना र नमुनाको खोलामा फालेर हत्या गरेको कृष्ण प्रसादले स्वीकारे

  1. yo haramilai tehi pulama jhundayara marnu parcha .

  2. ke ke janeka hun!!!??? bado aaschhaya lagyo. ei ta nepali hudai hoainan kinaki asali nepalile yesta danabko kam gardinan.

  3. Teslai ta hat ra khutta bhachhera ,aankha futaediyara ani jibro pani katideyara jiubhari sisno pani lagaunu par6 .Tyo babuko namama kalanka ho .Teslai deyeko sajaye le garda agami dinharuma jo kohi danava bevaraka babu ko man darawos……

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.