नवीना-नमुना अपहरण प्रकरण: बाबु नै शंकाको घेरामा


अनैतिक सम्वन्धका कारण नवीना र नमुनाको हत्या गरिएको आशंका !

पर्वत साउन २६ । पर्वत पिपलटारी गाविस वार्ड नं ९ को बहुचर्चित नवीना-नमुना अपहरण प्रकरण कुनै अपहरणको घटना नभएर स्वयं बाबु कृष्ण तिवारीको जघन्य अपराधको तानावाना भएको श्रोतको दाबी छ । यतिबेला गाउँका चौतारी मेलापात जताततै अन्य महिलासंगको अनैतिक सम्वन्धका कारण नवीना र नमुनाको हत्या गरिएको हो भन्ने गाँईगुँई चलिरहेको छ । श्रोत भन्छ- श्रीमती राधिका इजरायल फर्के पछि कृष्ण र ती महिलाबीच अनैतिक सम्वन्ध रहेको छोरीहरु नवीना र नमुनाले देखेपछि गाउँमा हल्ला गरिदिने र इजरायलमा आमा राधिकालाई भनिदिने डरले उनिहरुको बिभत्स हत्या गरी मोदीमा फालेर यस जघण्य काण्डलाई अपहरणको जामा पहिराएको हो ।

घटनाका एक मात्र साक्षी बालिकाहरुका वावु कृष्ण तिवारीका अनुसार चार/पांच जनाको संख्यामा आएका अपहरणकारीले पुलसम्म ल्याए पनि आफुलाई घर फर्काई छोरीहरुलाई मात्रै लगेका थिए । हतियारसहित आएका अपहरणकारीले छोरीहरुलाई कहां लगे र के गरे भन्ने’bout परिवार र प्रहरी अनभिज्ञ छ । अपहरणकारीले १ लाख फिरौती मागेको भने पनि अहिले सम्म कोहि पनि फिरौती रकम लिन आएको छैन र फोन मार्पत कुनै संपर्क भएको छैन ।

रोजगारीका सिलसिलामा ५ वर्ष अगाडी देखी इजरायल रहेकी बालिकाकी आमा राधिका भने गत जेठमा आएर इजरायलमै फर्किएकी छिन् । दुवै बालिका सदरमुकामस्थित राष्ट्रिय बाल शिक्षा सदनमा कक्षा १ र २ मा अध्ययनरत थिए ।

नकाबधारी समुहले अण्डा पकाइरहेको समयमा घरबाहिर निकालेर मोदीखोलाको मोटरेबल पुलसम्म दुई छोरी र आफुलाई सँगै लगेको र पुन आफुलाई घरलगि कसैलाई भनिस भने तेरो बच्चा अनि प्रेम भाईको बच्चा पनि मारदिन्छु भनेर धम्की दिएकोले आफुले चाँडै प्रहरी र आफन्तलाई खबर गर्न नसकेको बावु कृष्णप्रसाद तिवारीले पत्रकार सम्मेलनमा बताएका थिए । कसैसँग आफ्नो व्यक्तिगत रिसइवी नभएको तिवारीले बताएका थिए ।

घटनाको अनुसन्धानको लागि ३ दिन अगाडीवाट केन्द्रीय अनुसन्धान व्यूरोको विशेष टोली पर्वत आई छानविन गरिरहेको छ । केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी उपरिक्षक शेरवहादुर बस्नेतको नेतृत्वमा ३ सदस्यीय अनुसन्धान टोलीले छानविन शुरु गरेको हो ।

अपहरणमा संलग्न व्यक्ति घटनाको प्रकृतिको वारेमा परिवारका सदस्यहरुले सहि सुचना दिन नसकेका कारण अनुसन्धान निष्कर्षमा पुग्न नसकेको प्रहरीले जनाएको छ । अनुसन्धान टोलीले घटनाका एकमात्र साक्षी वा प्रत्यक्षदर्शी अपहरित भनिएका वालिकाका वावुलाई नै शंकाको घेरामा राखेको छ । प्रहरीले घटनास्थल आसपासका घरहरुमा खोजतलास गर्ने तथा शंका लागेका व्यक्तिहरुलाई बुझ्ने क्रमलाई तिब्र पारेको जनाएको छ ।

यसैबीच  बालिकाका बाबु कृष्ण तिवारीको मदिरा सेवनको कुलत रहेको कुरा सार्वजनिक भएको छ । घटनामा कथित अपहरणकारीले रक्सी खुवाएको र बाबुसमेत छोरीहरुलाई लगेकोमा अपहरणकारीले बाबुलाई फेरी घरमा नै फर्काएर छोडेको भनिएको प्रतिपनि स्थानीयवासीहरुको विश्वास नरहेको श्रोत बताउछ । अपहरणकारीसंग संगै बसेर मदिरा सेवन गर्नु घटनाको तत्काल हारगुहार नगर्नु र प्रहरीसमक्ष तत्कालै त्यसको सूचना नदिनुलेपनि निज कृष्ण पसाद शंकाको दायरामा रहेको टिप्पणी पर्वतमा गर्न थालिएको छ ।

कृष्णप्रसादले केहि दिन पहिलेमात्र काटपत्ती जुवामा एकलाख भन्दा बढी रकम हारेको श्रोतको दावी छ । श्रीमती बिदेशमा रोजगारीमा गएकी र घरमा कारोबार बिग्रदै गएकाले विक्षिप्त तिवारी स्वयंबाटनै छोरीहरु गायब बनाउने काम भएको हुनसक्ने आशंकापनि गर्न थालिएको छ । अडानका कुरा नगर्ने र बारम्बार कुरा फेरिरहने गरेकाले उनीमाथी शंकाको सुई तेर्सिएको अनुमान गर्न सकिन्छ ।

यता प्रहरी स्रोतले अव छिटै नै घटनाको रहस्य पक्ता लाग्ने जनाएको छ । शुक्रबार अपराधीलाई सार्बजनिक गर्ने प्रहरी स्रोतले बताएको छ  उक्त घटनाको अनुसन्धानका लागि पश्चिामाअन्चलका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डि आई जी उपेन्द्रकान्त थापा धौलागिरी अन्चलका प्रहरी प्रमुख पूर्ण सिंह खड्का लगायतको टोलीले अनुसन्धान गरिरहेकै अवस्थामा केन्द्रीय अनुसन्धान टोली पर्वत आएको हो ।

Posted by: Jay Ale

Source: Kanekhusi

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.