काठमाडौं, श्रावण २६ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधबार सन् २०१२ मा अस्ट्रेलियामा हुने यू-नाइनटिन विश्वकपको ‘ड्र’ जारी गरेको छ । त्यसमा नेपाल समूह ‘ए’ मा परेको छ ।
Daily Archives: 11/08/2011
नेपाल अस्ट्रेलिया र इङ्ल्यान्डको समूहमा
Posted in खेलकूद
म म नै हु !!!
– जिबिहाङ राई
म म नै हु !!!
किनकी …
म म जस्तै छू
किनकी मसँग मेरो आफ्नै परिभाषा छ
आफ्नै बुझाई छ, आफ्नै भोगाई छ
म संग मेरो आफ्नै जीवन दर्शन छ
म मेरो लागी म सिबाय केही हैन !!! पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
स्तनपानले सौन्दर्य बिग्रिन्न, रोगबाट बचिन्छ
आईएनजीओमा कार्यरत एक उच्च शिक्षित महिला आफ्नो शिशुलाई स्तनपान गराउँदिनन् । स्तनपान नगराउनुको कारण उनी कार्यालयमा बस्नुपर्ने बाध्यता बताउँछिन् । तर बढी कर गर्दा उनी साथीभाइलाई के बताउँछिन् भने स्तनपान गराए शारीरिक सौन्दर्य बिग्रिन्छ । केही वर्षसम्म विकसित मुलुकका आमाहरूसमेत शारीरिक सौन्दर्य बिग्रिने डरले शिशुलाई स्तनपान गराउँदैनथे, बट्टाको दूधमा निर्भर हुन्थे । हाल ती मुलुकमा समेत यो गलत प्रकृया कम हुँदै गएको छ । तर नेपालमा अझै शिक्षित आमाहरू स्तनको आकारप्रकार बिग्रिने डर वा कार्यालयमा बस्नुपर्ने बाध्यताले बट्टाको दूधमा निर्भर हुने क्रम रोकिएको छैन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in स्वास्थ्य शिक्षा
शान्तीलाई थप उपचारको लागि न्यूरो अस्पतालमा लैजान पाटन अस्पतालको सुझाव
जय आले, कुवेत
बैदेशीक रोजगारिको लागि ६ वर्ष पहिला कुवेत आएर, आएको १ वर्षपछि आफुले काम गर्ने घरको ५ तलाबाट हाम फाली बिगत ५ वर्षदेखी कुवेतको फर्वानिया अस्पतालमा कोमामा उपचाररत ‘सुकौरा-२, मकवानपुर नेपालकी’ शान्तिमाया दोङ्लाई १ हप्ता पहिला ‘४ अगष्तका दिन’ मेडिकल स्कर्टिङमा स्वदेश पठाईएको छ । के-कती कारणले शान्ती कुवेतीको घरको ५ तलाबाट हाम फाल्न पुगिन र जीबनको एउटा पाटानै अस्पतालको शैयामा कोमामा गुजार्न विवश भईन ? पढ्नेक्रम जारी राख्नुहोस्
बर्षौं भयो नभेटेको (गीत)
मिन रानाभाट, युएई
बर्षौं भयो नभेटेको के होला खै भोलि
धर्तिको कुन कुनामा के गर्दैछिन् होली
दुई मुटुको ढुकढुकीको एउटै थियो चाल
छटपटी मै काट्थें रात उस्तै उनको हाल
घुर्क्याएर कहिले काहिं बस्थिन् नबोली
धर्तिको कुन कुनामा के गर्दैछिन् होली पढ्नेक्रम जारी राख्नुहोस्
नवीना-नमुना अपहरण प्रकरण: बाबु नै शंकाको घेरामा
अनैतिक सम्वन्धका कारण नवीना र नमुनाको हत्या गरिएको आशंका !
पर्वत साउन २६ । पर्वत पिपलटारी गाविस वार्ड नं ९ को बहुचर्चित नवीना-नमुना अपहरण प्रकरण कुनै अपहरणको घटना नभएर स्वयं बाबु कृष्ण तिवारीको जघन्य अपराधको तानावाना भएको श्रोतको दाबी छ । यतिबेला गाउँका चौतारी मेलापात जताततै अन्य महिलासंगको अनैतिक सम्वन्धका कारण नवीना र नमुनाको हत्या गरिएको हो भन्ने गाँईगुँई चलिरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार