थुनुवा युवतीलाई राति कार्यकक्षमा ल्याएर डिएसपीद्वारा ‘बलात्कार’


काठमाण्डौ, २४ साउन । चोरीको अभियोगमा पक्राउ परेकी एक युवतीलाई आफ्नै कार्यकक्षमा बोलाएर बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) भेषराज श्रेष्ठमाथि छानबिन सुरु भएको छ । श्रेष्ठलाई सोमबार महानगरीय प्रहरी आयुक्तको कार्यालयमा सरुवा गरी छानबिन सुरु गरिएको छ ।

चोरीको आरोपमा श्रेष्ठ थरकी युवती ४ साउनदेखि हिरासतमा थिइन् । मदिरा पिएर लट्ठिएका डिएसपीले गत आइतबार राति १ बजे ती युवतीलाई आफ्नो कोठामा बोलाएर बलात्कार गरेको उजुरी परेको छ ।

‘सोधपुछ गर्नु छ उसलाई मेरो कोठामा पठाउ भन्दै’ डिएसपी श्रेष्ठले महिला प्रहरीलाई निर्देशन दिएका थिए । थुनुवा श्रेष्ठ आउनासाथ उनले संवेदनशील अंग चलाई जर्बजस्ती गरेको पीडित युवतीले महिला प्रहरी र अन्य थुनुवालाई बताएकी थिइन् । डिएसपी श्रेष्ठले घटना लुकाउन ती युवतीलाई सोमबार बिहान आफ्नो कार्यकक्षमा ढोका थुनेर राखेका थिए । तर, थुनामा रहेका अभियुक्त र डयुटीमा रहेका सबै प्रहरीले घटना’bout राति नै थाहा पाएका थिए । केही प्रहरीले घटनाको विषयमा एसपी खड्कालाई फोन गरी बिहान २ बजेतिर नै जानकारी गएका थिए ।

प्रारम्भिक सोधपुछमा डिएसपी श्रेष्ठको गम्भीर लापरबाही देखिएपछि सोमबार बेलुका नै उनलाई आयुक्त कार्यालयमा सरुवा गरिएको थियो । उनको ठाउँमा भने आयुक्त कार्यालयका डिएसपी विष्णुबहादुर केसीलाई काज सरुवा गरिएको छ । आयुक्त कार्यालयका एसएसपी माधव नेपालको संयोजकत्वमा गठन गरिएको समितिमा डिएसपी सुकदेव न्यौपाने र इन्स्पेक्टर बाबुकाजी गिरी छन् । छानबिन समितिले मंगलबार नै भक्तपुर परिसर पुगी छानबिन सुरु गरेको छ ।

छानबिन संयोजक एसएसपी नेपालले अनुसन्धान पूरा नभई बोल्न नमिल्ने बताए । बलात्कार प्रयास गरेको पुष्टि भइसकेको, तर बलात्कार नै भए/नभएको भने खुल्न नसकेको प्रहरी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार १७ वर्षिया ती युवती ४ साउनमा खरिपाटीस्थित कालिका डेरीमा चोरी गरेको आरोपमा पक्राउ परेकी हुन् । डेरीमा तीन लाखको चोरी भएको थियो । चोरीमा उनको संलग्नता पुष्टि भइसकेको र मुद्दा बुझाउने तयारी भइरहेको भक्तपुर परिसरका एसपी नारायणसिंह खड्काले बताए । त्यही अभियोगमा अर्का एक व्यक्ति पनि हिरासतमा छन् ।

डिएसपी श्रेष्ठ करिब दुई महिनाअघि मात्र प्रहरी प्रधान कार्यालयबाट भक्तपुर परिसरमा सरुवा भएका थिए । ५० वर्ष नाघिसकेका उनको सेवावधि पनि करिब दुई वर्षमात्र रहेको स्रोतको भनाइ छ ।

Posted by: Jay Ale

Source: नयाँ पत्रिका

Advertisements

One response to “थुनुवा युवतीलाई राति कार्यकक्षमा ल्याएर डिएसपीद्वारा ‘बलात्कार’

  1. we r on .believe Nepalis police doing dirty thing things bull set that police

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.