काठमाण्डौ, २४ साउन । चोरीको अभियोगमा पक्राउ परेकी एक युवतीलाई आफ्नै कार्यकक्षमा बोलाएर बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) भेषराज श्रेष्ठमाथि छानबिन सुरु भएको छ । श्रेष्ठलाई सोमबार महानगरीय प्रहरी आयुक्तको कार्यालयमा सरुवा गरी छानबिन सुरु गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 10/08/2011
थुनुवा युवतीलाई राति कार्यकक्षमा ल्याएर डिएसपीद्वारा ‘बलात्कार’
Posted in अपराध समाचार
नेपालकुवेत मजदुर सँघको परिचय तथा उद्देश्य
जय आले/राजु गुरुङ्, कुवेत
“संसारभरिका मजदुरहरु एक हौं” भन्ने मुल नाराका साथ २०११–०२–१० को दिन नेपाल कुवेत मजदुर संघको नामांकरण भई संस्था बिस्तारको क्रममा २०११–०६–१० को दिन कुवेतको इतिहासमा पहिलो पटक नेपालदेखी केन्द्रिय मजदुर नेताहरु र सम्पूर्ण कुवेतवासी सँघ–संस्था एवं मजदुर दाजुभाई, दिदीबहिनीहरुको उपस्थितमा २१ सदस्यीय कार्यकारिणी समिति सहित नेपालकुवेत मजदुर सँघको गठन भएको हो, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, परिचय/चिनारी
अप्जसी बुद्धिबहादुर र शिला दिदी
इन्द्रेनी शर्मा “जलद”
लिस्बोन, पोर्तुगल
हामी उसलाई बुद्दु भनेर पुकार्थ्यौं, एक नम्बरको मतलबी थियो उ, सानो देखिनै उसले आफ्नो रूप प्रकट गरिसकेको थियो, सारा मानिस उसंग हार मानी सकेका थिए घरकाको लागी त परपीड़क नै थियो, नाम भने बुद्धिबहादुर रे कस्तो नाम राखेको होला ? उसकी आमा सुत्केरी ब्यथाले ऊ सात बर्षको हुदा मरेकी थिइन, डम्बर बहादुरले आखिर साली नै बिबाह गरेर ल्यायो, भकाभक ६ जना छोराछोरी जन्मिए, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कथा/लघुकथा, कहानी/उपन्यास
आँशु झार्दो रहेछ (गजल)
– आचार्य प्रभा,
नखाएको बिषले अझ ज्युँदै मार्दो रहेछ
परिबन्द बिग्रिँदा नि जालमा पार्दो रहेछ
लेखनकै साहारामा बाँचिरहेछु अझै
कलमले नि कहिले काहीं आँशु झार्दो रहेछ
अबुझको माहौलमा कती पटक फसें
ब्यर्थ दोषी बन्नु पर्दा मन हार्दो रहेछ पढ्नेक्रम जारी राख्नुहोस्