Daily Archives: 09/08/2011

‘सफल कलाकार बन्ने अपेक्षा छ’ – अपेक्षा बस्नेत


नृत्य तथा अभिनयमा रुचि राख्ने घाचोक पोखराकी अपेक्षा बस्नेत प्रतिभाशाली कलाकार हुन् । भविष्यमा सफल कलाकार बन्ने अपेक्षा राख्दै प्रगतिपथतिर अघि बढ्दै गरेकी अपेक्षाले कलाकारितामा प्रवेश गरेको १ वर्षको अवधिमा २०/२२ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

मिनी वर्ल्ड कप फुटवल च्याम्पियनशिपमा नेपाल सिनेगलद्वारा ३-१ गोलले पराजित (फोटो फिचरसहित)


राष्ट्रको नाम विश्वको सामु परिचित गराउन माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले गरेको सहयोग र खेलाडीहरुको राजदूत मधुवन पौडेलद्वारा उच्च प्रशंसा:

जय आले, कुवेत

कुवेतको बिदेश मन्त्रालयद्वारा आयोजित कुवेतस्थित बिभिन्न बिदेशी दूतावास/दूतावासबीच सञ्चालित मैत्रिपूर्ण खेल “मिनी वर्ल्ड कप फुटवल च्याम्पियनशिप” मा नेपाल अफ्रिकी मुलुक सिनेगलसँग ३-१ गोलको अन्तरले पराजित भएको छ । हवाली कुवेतको एयर कन्डिसनयूक्त हल, आँखै तिर्मिर्‍याउने रोशनी, जुत्तै चिप्लिने आर्टिफिसियल ग्राउण्डमा ६/६ जना खेलाडी र जम्मा २० मिनटको समयभित्र खेलाईएको यो च्याम्पियनशिप शायद प्रवासी नेपाली खेलाडिहरुको खेल जीबनमै पहिलो र नौलो अनुभव रह्यो । पढ्नेक्रम जारी राख्नुहोस्

जन्म ठाउँलाई माया गर !


ईन्द्र भूषाल, कुवेत

जन्म ठाउँलाई भुल्ने होईन
माया गर्न सिक्ने गर
शहरी जीवन अन्धकार छ
भविष्यको छैन भर
जताततै फोहोर मैला
कोलाहालले छाएको छ पढ्नेक्रम जारी राख्नुहोस्

चोलिको तुनाले (गजल)


मनोज काफ्ले ‘मनसुन’

मोहनी लागे झैँ टुना र मुनाले
तिम्रै हातखोजे चोलीको तुनाले

पलंगको छेवैमा म एक्लै सुसाएँ
रातभरि उनैलाई कुर्‍यो कुनाले

तिम्रै हातखोजे चोलीको तुनाले
त्यो घर रुन्छ मन डुलाई डुलाई पढ्नेक्रम जारी राख्नुहोस्

Nepali maid screams, frightens away kidnappers


KUWAIT CITY, Aug 7: Police are looking for two men for attempting to kidnap a runaway Nepali housemaid, reports Al-Rai daily. The incident happened in Jleeb Al-Shuyoukh. The housemaid was allegedly standing by the roadside waiting for ‘someone’ and two men riding in a taxi offered to take her to her destination. पढ्नेक्रम जारी राख्नुहोस्