दिल सुब्बा (आँशु कवी)
हाँस्न त भुली सकें
रुँदारुँदै थाकी सकें
बाँच्न त साहश बोकें
अतित सम्झी तड्पीरहें
तर पनि जिउन भनी
आधा श्वास फेरी रहें.. आधा श्वास फेरी रहें !
बिहानीको किरण बोकी
आँशुहरु उदायनन्
सपनीको धड्कन छोपी
आँखाहरु निदायनन्
तिम्रो हजार चोटहरु
भुल्न मैले नसकेर
टुक्रा टुक्रा मनहरु
जोड्न मैले नसकेर
अतित सम्झी तड्पिरहें
तर पनि जिउँछु भनी
आधा श्वास फेरी रहें.. आधा श्वास फेरी रहें !
रातैभरी आँशु पिउँदा
सिरानी नै रुझाई दियो
नयनभरी पहिरो चल्दा
परेली नै बगाई दियो
रित्तो-रित्तो संसारमा
साहारा नै नपाई-नपाई
भौंतारिंदै आधा रातमा
बसेको छु छट्पटाई
अतित सम्झी तड्पिएर
तर पनि जिउँछु भनी
आधा श्वास फेरी रहें.. आधा श्वास फेरी रहें.. आधा श्वास फेरी रहें !!
हाँस्न त भुली सकें…
Posted by: Shiva Paudel
हैन टाईटल चै ‘आँशु कबी’ अनि यसरी बारम्बार रर्या रर्या, उदायन्न, निदायन्न भन्ने शब्द चै कुन भाषाको शब्दकोषबाट आएको होला? कुन शब्दकोषमा भेट्न सकिन्छ होला ? यसो बुझ्न पाए धेरै आभारी हुने थिए कबी जी! जधौ…
Suraj Jii, Thanx for the comment. Ahile correction gariyeko chha.