सुन मूल्यमा रेकर्ड, चाँदी मूल्य स्थिर


अन्तर्राष्ट्रिय बजारमा भएको उच्च मूल्य वृद्धि पछ्याउँदै स्थानीय बजारमा यस साता सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । झन्डै २ वर्षदेखि लगातार बढेको बहुमूल्य पहेंलो धातुको मूल्यमा यस साता तोलामा झन्डै १ हजार ५ सय रुपैयाँ वृद्धि भएपछि मूल्य उच्च बिन्दुमा पुगेको हो । 

सुनचाँदी व्यवसायी संघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य ४४ हजार ७ सय -दस ग्राममा ३८ हजार ३ सय २५) रुपैयाँ कायम भएको थियो । शुक्रबार यो बढेर तोलामा ४६ हजार १ सय ५० (दस ग्राममा ३९ हजार ५ सय ६५) रुपैयाँ कायम भयो । यो वृद्धिदर र अन्तर्राष्ट्रिय बजारमा भएको अनुमानले छिट्टै सुन मूल्य तोलामा ५० हजार रुपैयाँ पुग्ने सम्भावना प्रवल बन्दै गएको सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले बताए । उच्चदरमा बढेको मूल्यले स्थानीय बजारमा सुनको मागसमेत घटाएको उनको भनाइ छ । 

युरोपमा देखिएको बैकिङ समस्यासँगै हाल अमेरिकामा पुनः आर्थिक संकट बढ्ने सम्भावनाको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको हो । अमेरिकी आर्थिक संकटको डरले अन्य विदेशी मुद्राको दाँजोमा अमेरिकी डलर कमजोर भएको र सेयर बजारमा समेत गिरावट आएपछि लगानीकर्ताहरू सुरक्षित लगानी क्षेत्रको रूपमा सुनतर्फ आकषिर्त भएका हुन् । लगानी भित्रिएपछि बढेको मागको कारण सुनको मूल्यमा उच्च वृद्धि भएको हो । 

अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिआउन्स सुनको मूल्य १ हजार ६ सय २९ अमेरिकी डलर कायम भएको थियो । शुक्रबार यो बढेर १ हजार ६ सय ५८ अमेरिकी डलर पुगेको थियो । स्थानीय बजारमा भने आइतवारको दाजोमा सोमबार मूल्यमा केही गिरावट आई प्रतितोलामा ४४ हजार ३ सय (दस ग्राममा ३७ हजार ९ सय ८०) रुपैयाँ कायम भयो । मंगलबार पुनः वृद्धि भई तोलामा ४४ हजार ७ सय रुपैयाँ कायम भयो । 

बुधबार भने स्थानीय बजारमा दुईपटक मूल्य निर्धारण गर्‍यो । मध्याह्नअगाडि तोलामा ४५ हजार ७ सय र मध्याह्नपछि बढेर तोलामा ४६ हजार रुपैयाँ कायम भयो । ‘बुधबारको अन्तिम मूल्य अघिल्लो दिनको भन्दा तोलामा १ हजार ३ सय रुपैयाँ बढी हो,’ संघका अध्यक्ष तेजरत्न शाक्यले भने, ‘एकै दिनमा भएको यो वृद्धि अहिलेसम्मकै उच्च हो ।’ बिहीबार भने अघिल्लो दिनको भन्दा केही गिरावट आई प्रतितोला सुनको मूल्य ४५ हजार ९ सय ५० रुपैयाँ कायम भयो ।

यस साता साता चाँदीको मुल्य भने स्थिर रहेको छ । साताको पहिलो दिन आइतबार प्रतिदस ग्राम चाँदीको मूल्य ९ सय ६२ रहेकोमा शुक्रबार दस ग्राममा २ रुपैयाँ घटेर कारोबार भयो ।

Posted by: Dambar Rimal                                                       Source : ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.