रमजान परिचय र यसको पवित्रता


– मोहम्मद रमजान अली मियाँ

रमजान इस्लामी क्यालेन्डरको नवौं महिनाको नाम हो । इस्लाम धर्मको प्रमुख आधारमध्ये तेस्रो अनिवार्य उपासना ‘रोजा’ अर्थात् उपवास हो । यो रोजा के हो त ? जुन पाठलाई नमाजले प्रतिदिन पाँचपल्ट सम्झना दिलाउँछ त्यसलाई रोजाले वर्षमा एकपल्ट पूरा एक महिनासम्म हर समय याद दिलाइरहन्छ । रमजान लागेपछि बिहान सूर्योदयभन्दा पहिलादेखि बेलुकासम्म खानपिन बन्द हुन्छ  । ‘सेहरी’ खाइरहेको बेला एक्कासि अजानको आवाज सुनिएमा हामी तुरुन्त खान छोड्छौं । त्यसपछि जति मीठो खाना भए पनि, जति खाने इच्छा भए  पनि हामी साँझसम्म कदापि खाँदैनौं । मान्छेले देख्ने गरी नखाने मात्र नभई लुकेर वा कसैले नदेख्ने गरी एक थोपा पानी वा एक दाना अन्न पनि खानु हाम्रा निम्ति उचित हुँदैन । अनि यस्तो प्रतिबन्ध एक निश्चित समयसम्म मात्र हुन्छ । मग्रिबको अजान हुनासाथ हामी इफ्तार गछौर्ं । अनि रातभरि निसंकोच जे इच्छा लाग्छ खान्छौं । विचार गरौं यो के गरेको हो ? यस कामको पछाडि अल्लाहको डरको हात छ । उनी सर्वव्यापी र सर्वज्ञाता हुन् भन्ने उपवासकमा पूर्ण विश्वास छ, आखिरतको जीवन र अल्लाहको अदालतमा विश्वास छ, कुरआनका आदेशहरू र सन्देष्टाको पूर्ण आज्ञापालन, कर्तव्यको पूर्ण अनुभूति, धैर्य र संकटहरूसित संघर्षको अभ्यास र अल्लाहलाई प्रसन्न गराउनका निम्ति मनको इच्छालाई रोक्ने र वशमा गराउने शक्ति लुकिरहेको छ ।
प्रत्येक वर्ष पूरा तीस दिन राखिएका ती रोजाहरूले हामीलाई प्रशिक्षित गर्न र हामीमा पूरा र पक्का मुसलमान बन्ने गुण उत्पन्न गर्न रमजानको महिना आउने गर्छ । साथै यी गुणले हामीलाई उपासनाको योग्य बनाउँछ जुन एउटा मुसलमानले आफ्नो जीवनमा हरेक समय गर्नुपर्छ । रमजान वास्तवमै आत्माशुद्धिको एक विशेष प्रतीक हो । अर्कोतर्फ अल्लाहले सम्पूर्ण मुसलमानहरूका निम्ति बेग्लाबेग्लै नभई सबैका निम्ति सामूहिक रूपमा, एकैचोटि, एकैसाथ एउटै विशेष महिनामा रोजालाई अनिवार्य घोषित गरेका छन् । इस्लामी समाजमा पूरा एक महिना पवित्रताको महिना हुन्छ । सम्पूर्ण वातावरणमा इमान छाएको हुन्छ । सम्पूर्ण समाजलाई ईशभय तथा नैतिक पवित्रता र आचरणको सोन्दर्यले ढाकेका हुन्छ । फलस्वरूप यस्तो वातावरणमा नराम्रो काम हुँदै हुँदैन ।
बरु असल काम मात्र हुन्छ । असल मानिसहरू असल काममा एक अर्कालाई सहयोग गर्छन् र खराब मानिसहरू खराब काम र उनीहरूले अल्लाहको बाटोमा धन खर्च गर्छन् । त्यसबेला सम्पूर्ण मुसलमानहरू समान अवस्थामा हुन्छन् । समान अवस्थामा हुँदा सबैले एकै जमात वा समुदायमा भएको अनुभव गर्छन् । यो उनीहरूबीच बन्धुत्व, सहानुभूति तथा पारस्परिक सुसम्बन्ध कायम गर्ने एउटा प्रभावकारी उपाय हो । रमजानको महिनाले हामीलाई भोक्का व्यक्तिहरूको भोक कस्तो हुन्छ भन्ने कुराको अनुभव समेत दिलाउँछ ।यी सबै कार्यबाट हामीलाई लाभैलाभ हुन्छ । हामीलाई भोकै राख्दा अल्लाहलाई कुनै लाभ हुँदैन । उनले त हाम्रो भलो होस् भनेर रमजानका रोजा हाम्रो लागि अनिवार्य गरेका हुन् । कुनै उचित कारणबिना नै कसैले रोजा राख्दैन भने उसले आफैमाथि अत्याचार गरेको हो ।
रमजानमा खुल्लमखुल्ला कसैले खान्छ वा पिउँछ भने त्योभन्दा धेरै लाजमर्दो कुरा अरू के हुन सक्छ ? यसो गर्नेहरूलाई इस्लामको आदेशसँग कुनै सरोकार छैन । उनीहरूले जसलाई अल्लाह भनी मान्छन् तिनको आज्ञाको खुल्लम खुल्ला उलंघन गरी आफ्नो उद्दण्डता प्रदर्शन गर्दछन् । तसर्थ आफ्नो सम्प्रदायलाई चटक्क त्याग्न सक्ने, आफ्नो सृष्टिकर्तासित विद्रोह गर्न सक्ने मानिसहरूबाट बफादरी, सदाचार र विश्वसनीयता तथा कर्तव्यपरायणताको आशा गर्न सकिँदैन ।
रमजान महिनामा प्रत्येक बालिक -व्यशक) मानिस, सन्तुलन ठीक भएको सम्पूर्ण पुरुष, महिलाहरू माथि रोजा अनिवार्य ठहर्‍याइको छ । यसै गरी रात्री ‘ईशा’ को नमाजपछि २० रकआत एक विशेष नमाज जसलाई तराबीह भनिन्छ त्यो पनि अनिवार्य रूपमा पढ्नुपर्छ । रमजान महिनाका इस्लामिक कानुन र विधिहरूमध्ये एक यो पनि हो कि जस कसैले  पनि जानी-जानी रोजा तोड्छ उसले ठूलो पापको भागीदार हुनुपर्छ र पछि त्यसको ‘कजा’ पूर्ण कार्यन्वयन गर्नुपर्छ, यसो नगरे ऊ पापी ठहरिन्छ । बिहान सूर्योदयभन्दा करिब एक-डेढ घन्टा अगावैबाट खान-पिउन बन्द गरिदिनुपर्छ यो कार्य सूर्योस्तसम्म रहन्छ । यस अवधिभर कुनै पनि वस्तु, धूवाँ, खान पिउन, शारीरिक सम्पर्क बर्जित छन् । त्यसैगरी झैझगडा, फाल्तु बहस पनि प्रतिबन्धित छन् । रोजा नाम हो उपासना र उपवासको रोजाका सुरुका १० रात अति नै महत्त्वपूर्ण छन् । यी १० रातहरूलाई ‘रकमत’ विशेष कृपाको रात भनी उल्लेख गरिएको छ । बीचमा १० रातहरूलाई ‘मग्फिरत’ विशेष माफीका रात भनी उल्लेख गरिएको छ । यी बीस -२०) दिनमा ठूलाभन्दा पाप कार्य गर्नेलाई पनि अल्लाहले माफ गरिदिन्छन् भन्ने कुरा ग्रन्थ र इस्लामिक किताबहरूमा पर्याप्त आधारका साथ वर्णन गरिएका छन् । त्यसैगरी अन्तिमका १० रातहरू पनि अति नै महत्त्वपूर्ण छन् । ती रातहरूको ’boutमा भनिएको छ कि यी दस दिनमा धेरैभन्दा धेरै मानव जातिलाई नर्कबाट मुक्ति प्राप्त हुन्छ । अल्लाहले क्षमा गरिदिन्छन् र स्वर्गमा प्रवेश गराइन्छ । तसर्थ सम्पूर्ण मुस्लिम समुदायले रोजालाई अत्यन्तै महत्त्व दिनु उनीहरूको मौलिक हक हो । रोजाको समाप्तिसँगै अल्लाहले इदउल फित्रको रूपमा खुसी प्रदान गरेका छन् । रमजानको अन्तिम दस रातमा अन्तिम सन्देष्टा हजरत मुहम्मद विशेष ध्यान ‘एतकाफ’ मा बस्नुहुन्थ्यो र इद-उल फित्रको चन्द्रमा देखिनेबित्तिकै बाहिरिनुहुन्थ्यो । ईदको प्रारम्भसँगै रोजाको समापन हुन्छ ।

Posted by: Raju Gurung                                                                   Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.