मानवअधिकार आवाजको शिक्षामन्त्री तुलाधरद्वारा लोकार्पण


संघर्ष कलम, पोखरा

मानवअधिकार पत्रकार संघ(हुर्जा) कास्कीले प्रकाशन गरेको मासिक पत्रिका “मानवअधिकार आवाज” को शनिबार एक कार्यक्रमकाबीच नेपाल सरकारका प्रवक्ता एवं माननीय शिक्षामन्त्री गङ्गालाल तुलाधरले मानवअधिकारका ’boutमा कलम चलाउने पत्रकारहरुको समूह मानवअधिकार पत्रकार संघ हुर्जा कास्कीले प्रकाशन गरेको पत्रिकाले सबै क्षेत्रबाट पीडित मानवअधिकारका घटनाहरुलाई समेट्नुपर्ने भन्दै पत्रिकाले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

मानवअधिकारका घटनासँग राजनीति पनि जोडीने भएकाले सो क्षेत्रमा पत्रकारहरुलाई संयमतापूर्वक काम गर्न आग्रह गर्नुभयो । राष्ट्रिय सहमतीका लागि वातावरण बनाउन प्रधानमन्त्रीले श्रावण २८ गतेसम्मको समय दिएको भन्दै उँहाले अब आउने सरकार पनि बहुमतीय नै हुने ठोकुवा गर्नुभयो । राष्ट्रिय सहमतिका लागि कसैले पनि विकल्प नदिएकाले जती सरकार आएपनि काम गर्न गाह्रो हुने भन्दै उँहाले भदौ १४ गते अगाडि सहमती नबने संविधानसभाको म्याद नथपीने स्पष्ट पार्नुभयो । वर्तमान सरकारका लागि प्रधानमन्त्री झलनाथ खनालले ठूलो जोखीम मोलेको भन्दै श्रावण २८ गते अगाडि नै माओवादी आफूले गरेका सहमतीय प्रतिवद्धताको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सभासद् रविन्द्र अधिकारी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा सभासद विनोद पहाडी, प्रेस स्वतन्त्रताका सेनानी एवं पाल्पाका वरिष्ठ पत्रकार मेघराज शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्ट, राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका निर्देशक यज्ञप्रसाद अधिकारी, नेपाल प्रेस युनियनका प्रथम केन्द्रीय उपाध्यक्ष गङ्गाधर पराजुली, नेपाल पत्रकार संघ कास्कीका पूर्व सभापती एवं अग्रज पत्रकार कृष्णप्रसाद बाँस्तोला, वरिष्ठ मानवअधिकारवादी नेता टेकनाथ बराल, प्रेस चौतारी कास्कीका अध्यक्ष श्रीराम सिग्देल, महिला अधिकारकर्मी विना सिलवाल, मानवअधिकार पत्रकार संघ (हुर्जा) कास्कीका उपाध्यक्ष राजेश पराजुली, महासचिव वीरेन्द्र सापकोटा लगायतका वक्ताहरुले मानवअधिकार संरक्षणका लागि मानवअधिकार पत्रकार संघ (हुर्जा) कास्कीले प्रकाशन गरेको पत्रिकाले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम मानवअधिकार पत्रकार संघ (हुर्जा) कास्कीका अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

मानवअधिकार पत्रकार संघ हुर्जा कास्की क्रियाशील पत्रकारहरुको एक मात्र छाता संगठन हो । जसको मुखपत्रको रुपमा प्रकाशित मानवअधिकार आवाजको सम्पादन मण्डलको संयोजकमा असफल गौतम र सदस्यहरुमा वीरेन्द्र सापकोटा, कृष्ण अञ्जान ज्ञवाली, राजेश पराजुली र दिनेश आचार्य रहनुभएको छ ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.