News update/08.08.2011 (11.00 a.m.)
नेपाली दूतावासबाट भर्खरै प्राप्त सूचनाका अनुसार “मिनी वर्ल्ड कप च्याम्पियनशिप कुवेत” कुवेतस्थित बिभिन्न देशका दूतावासहरुबीच मात्र हुने र हरेक देशका कुटनैतीक नियोग प्रमुख लगायत अन्य कर्मचारीहरुको उक्त समारोहमा उपस्थिती रहने भएकोले सुरक्षाको कारण कुटनैतीक कर्मचारी र खेलाडिहरु शिवाय अरु कसैलाई पनि खेल हेर्न र टिम सपोर्टको लागि खेल मैदानमा प्रवेश गर्न कुवेत सेक्युरिटी फोर्सले रोक लगाएको जानकारी गराईन्छ ।
जय आले, कुवेत
कुवेतको बिदेश मन्त्रालय (Ministry of Foreign Affairs Kuwait) को आयोजनामा कुवेतस्थित बिभिन्न बिदेशी राजदूतावासहरु बीच “मिनी वर्ल्ड कप” मैत्रिपूर्ण फुटवल च्याम्पियनशिप हुने र नेपाल भोली ‘अगष्त ८ तारिखका दिन’ कुवेतको हावालीस्थित फुटवल मैदानमा सिनेगलको बिरुद्द बेलुकिको ठीक ८.३० बजेदेखी खेल्ने दूतावास श्रोतले खुलाएको छ ।
खासगरी, मिनी वर्ल्ड कप च्याम्पियनशिप कुवेतस्थित बिदेशी दूतावास-दूतावासहरुबीच मात्र खेलाईने मैत्रिपूर्ण च्याम्पियनशिप भनिएता पनी हामो नेपाली दूतावासमा कर्मचारीहरुको न्युनतम संख्याले गर्दा टिम पुरा नहुने स्पष्ट कारण र माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत बिगत लामो समयदेखी कुवेतमा कृयाशिल रहि खेलकुद क्षेत्रलाई अवलम्बन गरी अगाडि बढ्नुका साथै राष्ट्रिय स्तरमा समेत मान्यता प्राप्त गरेको एउटा स्पोर्टिङ्ग क्लव भएकोले गर्दा पनि नेपाली दूतावासले क्लवका अध्यक्ष श्री धर्मराज गिरीलाई सम्पर्क गरी कुवेतमा कार्यरत ७ जना नेपाली खेलाडीहरु छनौट गरी खेलमा सहभागी गराई दिन अनुरोध गरेकोले, क्लवको प्रतिनिधित्वमा कुवेतमा हुने गरेका हरेक अन्तर्राष्ट्रिय टुर्नामेण्टहरुमा नेपालको तर्फबाट सहभागीता जनाई आफ्नो कुशल खेल प्रदर्शन गरी कुवेतवासी नेपालीहरुको मन जित्न सफल भईसकेका ७ सशक्त फुटबल खेलाडिहरुलाई मिनी वर्ल्ड कप च्याम्पियनशिपमा समावेश गराउनको निम्ती खेलाडिहरुको छनौट समेत गरी सकिएको क्लव अध्यक्ष श्री गिरीले बताउनु भएको छ ।
मिनी वर्ल्ड कप कुवेतमा नेपाली दूतावासको प्रतिनिधित्व र दूतावास कर्मचारी भुवन पौडेलको साथमा नेपालको तर्फबाट निम्न ७ खेलाडीहरुलाई समावेश गराइने छ ।
१) भुवन पौडेल – नेपाली दूतावास, कुवेत
२) कालिका गुराव – के.पि.टि.सी
३) उदय लिम्बु – एजिलिटी लोजिस्टिक
४) राजन खड्का – जासिम ट्रान्सपोर्ट
५) जितेन थिङ् – अल्घानिम सेक्युरिटी
६) मनोज नेपाली – अल्घानिम सेक्युरिटी
७) रत्न तामाङ् – अल्घानिम सेक्युरिटी
८) राहुल गुरुङ् – अल्घानिम सेक्युरिटी, जम्मा ८ जना खेलाडिको टिम रहने छ ।
wish you all the best.khelaadi pariwartan garna jaruri dekhidaina .all are good
Wish you all the best….
भोली हुने खेलमा नेपालीको जित हुने प्रवल सम्भावना छ र कुवेतमा यस खेलमा भाग लिने सबै दूतावासलाई पछि पार्दै नेपाली दूतावासले विजय हासिल गरोस् भन्दै सम्पूर्ण खेलाडीको मनोवल उच्च राख्न नेपाली दूतावास कुवेतले सक्दो पहल गर्ने छ भन्ने आशा गर्दछु । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबले गरेको सहयोगको उच्च मुल्याङ्कन गर्दै मुरी मुरी धन्यवाद दिन चाहन्छु । Best Of Luck
lala we wish you all best
Amar Tamu
wish you all the best