जन-जाग्रिती युवा समाजले नेरु. २,७०,२७७ आर्थिक सहयोग गर्‍यो शान्तीमाया दोङ्लाई


जय आले, कुवेत  

कुवेतवासी नेपालीहरुबीच सकृयरुपमा कृयाशिल नेपाली संस्था जन-जाग्रिती युवा समाज कुवेतले बिगत ५ बर्षदेखी कुवेतको फर्वानिया अस्पतालमा शुरुदेखीनै कोमामा उपचाररत मकवानपुरकी शान्तीमाया दोङ्को उद्वारार्थ नेपालदेखी चर्चित गायिका रेश्मा सुनुवारलाई कुवेत झिकाई एक च्यारिटी शो प्रदर्शन गरेको र उक्त शो’बाट संकलित केही रकम शान्तीमायाको उपचारार्थ आर्थिक सहयोग गर्ने भनिएको थियो ।

यसै क्रममा भनें बमोजिमनै समाजले ०४ अगष्त ‘शान्ती नेपाल गएकै’दिन उनको पिता तेज बहादुर दोङ्को नाममा के.डी. १०४४ (नेरु. २,७०.२७७), अक्षररुपी दुई लाख ७० हजार २ सय ७७ रुपैयाँ, नेपाली समाज कुवेतका केहि अग्रज व्यक्तित्वहरुको रोहवरमा नेपाल पठाई दिएको समाजका अध्यक्ष श्री दिपक क्षेत्रीले बताउनु भएको छ । जसलाई आधिकारीकताको लागि तलको टेलेक्स रिसिप्ट् हेर्न सकिने छ ।

हाल शान्तीमाया दोङ् नेपाल पुगिसकेकी छिन । PIA को फ्लाईटबाट कराँची हुँदै यहि ०४ अगष्तमा उनी नेपाल गएकी हुन । कोमामा रहेकी शान्तीमायाको अवस्था चिन्ताजनक रहेको र फ्लाईटमा उनलाई रेखदेख र स्याहार सुसार गर्दै लैजान जरुरी भएकोले नेपाली दूतावास कुवेतको पहलमा नेपालदेखी स्वास्थ्यकर्मीहरु उनलाई लिन कुवेत आएका थिए जसले गर्दा फ्लाईटमा बिना कुनै समस्या शान्तीमाया ०४ अगष्तकै दिन, ५ घण्टा कराँचीमा ट्रान्जिट रहि नेपाल पुग्न सफल भएकी छिन भनें उनको थप उपचारको जिम्मा पाटन अस्पतालले लिएको छ र उनी जाँदाजाँदै पाटन अस्पतालमा भर्ना भईसकेकी छिन । शान्तीसँग स्वास्थ्यकर्मीहरुको साथमा नेपाली दूतावास कुवेतका दित्तिय सचिव श्री पुष्पराज भट्टराई पनि नेपाल जानुभएको छ ।

प्रवासमा आई यो दयनिय अवस्थामा पुग्न विवश हाम्री प्यारी चेली शान्तीमाया दोङ्को शिघ्र स्वास्थ्य लाभको हामी कामना गर्दछौं… कुवेतनेपाल डटकम परिवार !!

Advertisements

2 responses to “जन-जाग्रिती युवा समाजले नेरु. २,७०,२७७ आर्थिक सहयोग गर्‍यो शान्तीमाया दोङ्लाई

  1. NRNA KWT Chairman Rajendra tamang has done great example of great human being job. also Mt.Everest club advisor Bal kumar gurung & Dipak chhetri you all are great heart person. we all Nepalese are proud of yours great heart & great job. Lot of thanks all of you.

  2. The great job has been executed by Jana Jaagriti Youba Club. Thanks for raising so big fund for one helpless personnel. I’d like to thanks personaly to all the members of Jana Jagriti Youba Club for this deed they have executed.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.