Daily Archives: 06/08/2011

आमाको यादमा..


ईन्द्र भूषाल, कुवेत

जन्मदिने मेरी आमा चिन्नै नपाई छाडि गयौ
तातेताते सिकाउने बेला आफै लामो यात्रा रोज्यौ
निष्ठुरी कालले रोजेपछी रुँदैरुँदै छाड्यौ होला
स्कुल हिंड्ने बेला हुँदा रित्तै थियो मेरो झोला
सम्झनाको लागि मैले तिम्रो तस्बिर खोजी हिंडे
पाईन कतै तस्बिर तिम्रो एक्लै बाटो रोजि हिडे पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

जन-जाग्रिती युवा समाजले नेरु. २,७०,२७७ आर्थिक सहयोग गर्‍यो शान्तीमाया दोङ्लाई


जय आले, कुवेत  

कुवेतवासी नेपालीहरुबीच सकृयरुपमा कृयाशिल नेपाली संस्था जन-जाग्रिती युवा समाज कुवेतले बिगत ५ बर्षदेखी कुवेतको फर्वानिया अस्पतालमा शुरुदेखीनै कोमामा उपचाररत मकवानपुरकी शान्तीमाया दोङ्को उद्वारार्थ नेपालदेखी चर्चित गायिका रेश्मा सुनुवारलाई कुवेत झिकाई एक च्यारिटी शो प्रदर्शन गरेको र उक्त शो’बाट संकलित केही रकम शान्तीमायाको उपचारार्थ आर्थिक सहयोग गर्ने भनिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

सल्बलाए (गजल)


मनोज काफ्ले ‘मनसुन’

खुसि नै खुसिका खात सल्बलाए
झनझन मनभर बात सल्बलाए

प्रियाका संगमा म रमें रंगरंगमा
साँच्चिकै अनिदा रात सल्बलाए

सुनसान छ शहरमा रहरै रहरमा
हातमाथि उनका हात सल्बलाए पढ्नेक्रम जारी राख्नुहोस्

बिषको प्याला उठाएँ


ज्ञानेन्द्र गुरुङ्, साउदी अरब


पिडा भित्रको दर्द निखार्न
बिषको प्याला सुस्तरी उठाएँ
थोरै थोरै गरि धेरै पिएँ
जहर मार्ने बिषको ताकत भेटिएन
म दुनियाँको चर्तिकलाबाट प्रताडित भई
आफुले साँचेको उपकार उनैलाई
उपहार स्वरूप सुम्पी
म विलीन हुन चाहन्थे
त्यसैले त्यो रात… पढ्नेक्रम जारी राख्नुहोस्

‘कठै बिचरी’ गईन् उनी..


भीमराज पाराङ, कुवेत   

त्यो कालो रात जहाँ आफ्नो इज्जत लुटिएको
बिधताले नलेख्दा नलेख्दै पनि कर्म फुटिएको
मन भित्र उब्जिएका ज्वारभाटाहरु..
भित्रभित्रै पिल्सिएका थुप्रै वेदनांहरु..
ओकेल्न खोज्दै थिईन् उनी
बताउन खोज्दै थिईन् उनी
खुसुक्क, कसैलाई औल्याएर !!
‘उ त्यही हो- मान्छे त्यो..’ पढ्नेक्रम जारी राख्नुहोस्

फेसबुकः नबुझ्नेलाई खुर्पाको बिंड


हावर्ड विश्वविद्यालयका विद्यार्थी मार्क जुकेनबर्गले सन् २००४ फेब्रुअरी ४ देखि सञ्चालनमा ल्याएको सामाजिक सञ्जाल (फेसबुक)  अहिले विश्वभरका २ सय १३ मुलुकमा फैलिसकेको छ। मार्कले आफ्ना साथीहरू एकबोर्डो साभरिन, डस्टिन मोस, रक्रिस ह्युसजेसका साथ सञ्चालन गरेको यो सञ्जालमा अहिले विश्वभरका ७५ करोड (जुलाई २०११ सम्म) सदस्य आबद्ध भएको आधिकारिक तथ्यांक छ, जसमध्ये ११ लाख २० हजार नेपाली रहेको तथ्यांक पनि सार्वजनिक भएको छ। फेसबुक प्रयोगकर्ताका आधारमा नेपाल विश्वको ७२ औं स्थानमा छ। फेसबुकको प्रयोग गर्न १३ वर्ष पुग्नैपर्ने नियम छ, तर अहिले सामान्य जानकारी भएकाले पनि यसको प्रयोग गरिरहेका छन। पढ्नेक्रम जारी राख्नुहोस्